हेटौँडाको बासुदेब सभागृह दुब्र्यसनीमा रमाउनेहरुको अखडा “लाईफ ड्यामेज”

  • प्रकाशित मितिः भदौ 25, 2076
  • 210 पटक पढिएको
  • औजार संवाददाता

हेटौँडा उपमहानगरपालिकाको सबैभन्दा विचको क्षेत्र अर्थात मुटु भनेर हुप्रा चौरलाई भन्ने गरिएको छ । यसै हुप्रा चौरको जग्गालाई चिरा पारेर त्यहा एउटा सभागृह निर्माण गरिएको छ ।

२०६२ सालको जनआन्दोलनका सहिद वासुदेव घिमिरेको नामबाट उक्त सिटि हललाई मानिसहरुले चिन्ने गरेका छन् । तर विडम्वना उक्त हलको कारण सहिदको नामनै बदनाम भएको छ ।

उक्त हल अहिले दुब्र्यसनीमा रमाउनेहरुको अखडा मात्र बनेको छैन, कुनै दिन उक्त क्षेत्रमा गम्भिर दुर्घटना नहोला भन्न समेत सकिदैन । मकवानपुरका सञ्चारमाध्यमले पटक पटक यो हलको हरिविजोगको समाचार बनाउँदा समेत यसको संरक्षणको दायित्व प्राप्त गरेको हेटौँडा उपमहानगरालिका भने कानमा तेल हालेर बसेको देखिन्छ ।

पछिल्लो समय उक्त हलको विषयमा धेरै जनगुनासो आएपछि खबरब्रेक टिम उक्त क्षेत्रमा अनुगमनको लागि गएको थियो । हामिले अनुगमन पछि उक्त हलको जर्जर अवस्था र दुव्र्यसनीको केन्द्र र त्यहा हुने गरेका अबैध गतिविधिको केहि प्रमाण मान्ने तस्बिरहरु खिचेक छौ । हलको गेट प्रवेश गरेर हामीले तस्बिर लिँदै गर्दा त्यहा गाँजामा मग्न रहेका केहि युवाहरु वाल नाघेर समेत भागे । हामीले ति युवाबारे चासो दिएनौ, हाम्रो चासो भनेको उक्त हललाई यस्तो अवस्थामा ल्याउने र दुब्र्यसनको केन्द्र बनाउने तर्फ थियो ।

हलको भीत्र छिर्नै लाग्दा हामीले गेटमानै केहिथान कोरेक्सका बोत्तलहरु देख्यौ । हल भित्र प्रवेश गरेपछि त्यहाको अवस्था निकै चिन्ताजनक थियो । त्यहा केहि अबैध क्रियाकलाप पनि हुने गरेको हामीले आशंका गरेका छौ । त्यसमध्य यौनजन्य क्रियाकलाप पनि हुनसक्ने अडकल गर्न सकिन्छ । हलमा हामीले महिलाले प्रयोग गर्ने ब्रा, पुरुषले प्रयोग गर्ने पेन्टी सहित कण्डमका खोलहरु समेत देखेपछि यहा अनैतिक क्रियाकलाप हुने हुनसक्ने संभावनालाई नकार्न सकिदैन् ।

उक्त स्थानमा हामिले “ब्रा” देखि “कण्डम” सम्म, “कोरेक्स” देखि “गाँजा” सम्म देख्यौ । अझ सभागृहको लागि निर्माण भएको ट्वाईलेटको प्यान प्राय फुटेको र त्यहा दुर्वशनमा रहेकाहरुले प्रयोग गर्ने गरेको केहि निशेध गरिएको औषधीहरु, चुरोटका ठुटाहरु लगाएतको बस्तुहहरु भेटिएको छ । हामीले उक्त क्षेत्रको अनुगमन गरेपछि केहि स्थानीहरुसँग कुरा गर्दा उक्त क्षेत्रमा महिला तथा पुुरुष दुबै जाने गरेको बताए । आफुहरुले पटक पटक यसबारे जानकारी गराउँदा समेत उक्त कुराको कुनै वास्ता नगरिएको स्थानीयहरुको गुनासो रहेको छ ।

-एजेन्सी


उपनिर्वाचनमा साढे ४ लाख मतदाता

काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनमा साढे ४ लाख मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले सार्

तत्काल नतिजा दिन सक्ने नेतृत्व आवस्यक

तपाई निकै वर्ष राजनीतिमा ओझेलमा पुर्न भयो नी, किन ? मलाई पहिलो संविधान सभाको निवार्चनमा पाटीले उम्मेद्धवा

'धरानकाे विकासकाेलागि कांग्रेसकाे बिकल्प छैन'

सुजेन्द्र तामाङ सुनसरी जिल्लाको युवा नेता हुन् । उनी नेपाली काँग्रेस जिल्ला कार्य समितीको सचिव एवम् प्