रोनाल्डो एक्लैले ४ गोल गरेपछि पोर्चुगलको शानदार, 'रोनाल्डोले बनाए नयाँ कीर्तिमान'

  • प्रकाशित मितिः भदौ 25, 2076
  • 353 पटक पढिएको
  • औजार संवाददाता

२५ भदौ स् युरो कप छनौटमा सुपरस्टार क्रिस्टियानो रोनाल्डोले एक्लैले ४ गोल गरेपछि पोर्चुगलले शानदार जित निकालेको छ । मंगलबार राति भएको खेलमा पोर्चुगलले लिथुनियालाई ५(१ गोल अन्तरले हराउँदा रोनाल्डो एक्लैले ४ गोल गरेका हुन् ।

खेल शुरु भएको सातौं मिनेटमा नै रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । बक्समा लिथुनियाका खेलाडीले ह्यान्ड बेल गरेपछि पोर्चुगलले पोनाल्टी पाएको थियो । खेलको २८औं मिनेटमा लिथुनियाका खेलाडी भ्याटाउटासले हेडिङ गोल गर्दै खेल १–१ बनाएपछि पहिलो हाफ बराबरीमा सकियो ।

दोस्रो हाफमा पोर्चुगलले चार गोल थप्यो भने लिथुनियाले एक गोल पनि फर्काउन सकेन । दोस्रो हाफको १५ मिनेटको बीचमा रोलान्डोले ३ गोल गरे । उनले खेलको ६१औं, ६५औं र ७६औं मिनेटमा गोल गरे । उनले ह्याट्रिक बर्नान्डो सिल्भाको पासमा गरेको थिए भने चौथो गोल पनि सिल्भाको क्रस पासमै गरेका थिए ।

त्यसपछि खेलको इन्जुरी समयमा विलियन कार्भाहालोले गोल गरेपछि खेल पोर्चुगलले ५-१ ले जित्यो । रोनाल्डो युरो छनोटको सर्वाधिक गोलकर्ता

यो खेलमा ४ गोल गरेपछि रोनाल्डो युरो छनोटमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । रोनाल्डोले आयरल्यान्डका रोबी किनको २३ गोलको कीर्तिमानलाई तोडेका हुन् ।

उनी पोर्चुगलको सर्वाधिक गोलकर्ता समेत हुन् । रोनाल्डोले हालसम्म १ सय ६० खेल खेल्दै ९३ अन्तर्राष्ट्रिय गोल गरेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलको कीर्तिमान इरानका अली दाइको नाममा रहेको छ । अलीले १ सय ४९ खेल खेल्दा १ सय ९ गोल गरेको किर्तिमान रहेको छ ।

-एजेन्सी


संविधान पूर्ण कार्यान्वयको आवश्यकताः संविधान दिवसकाे शुभकामना !

धरान । एक नं. प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले संविधानको पूर्ण कार्यान्वयन आजको आवश्यकता भएको ब

नेकपा विवाद झनै चुलियो प्रदेश एक नेकपामा पनि तालाबन्दी

इटहरी । कमरेड पार्टीमा हाम्रो पनि लगानी छ, श्रीमती र छोराछोरीलाई दिने किसिमको अंश नसम्झिनु पार्टीलाई । ६०&

'सर्बोच्चका वकिल गर्जिए के लोकतन्त्रामा ठुला मान्छेको बिरोध गर्नै पाइन्न' ? (भिडियो हेर्नुहोस)

बरिष्ठ अधिवक्ता विष्णु प्रसाद भट्टराईले राष्ट्रपति कुनै धार्मिक क्रियाकलापमा सहभागी हुने अधिकार नभएको