बिगफुट फुटबल क्लब विजयी

  • प्रकाशित मितिः भदौ 23, 2076
  • 285 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरानमा जारी प्रथम टुबोर्ग अन्तर क्लब स्तरीय फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको खेलमा बिगफुट फुटबल क्लब धरानले फेयर फुटबल क्लबलाई पराजित गरेको छ ।
बिगफुट फुटबल क्लबले फेयर फुटबल क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गरेको हो । निर्धारित समयको खेलमा ४–४ गोलको बराबरी भएपछि टाइब्रेकरमा बिगफुटले जितेको थियो । बिगफुटका लागी दिप्सो राईले दुई गोल गरे भने रिवस मास्केले एक गोल गरे एक गोल भने आत्माघाती भएको थियो । त्यस्तै फेयरका लागी सुवास तामाङ, दिवस सुनुवार, विशाल भट्टराई र साजन राईले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच बिगफुटका रिवस मास्के घोषित हुँदै नगद एक हजार सहित ट्रफि प्राप्त गरे । मंगलबार पटनाली फुटबल क्लब र कान्छो फुटबल क्लबबीच खेल हुने आयोजक शिलनशिल युथ क्लबका महासचिव डिल्ली राईले जानकारी दिएका छन् ।
प्रतियोगिताको विजेताले २० हजार र उपविजेताले १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने प्रतियोगिता असोज ४ गते सम्पन्न हुने आयोजकले जनाएको छ ।

गार्डेन फुटबल क्लबको विजयी सुरुवात


‘अभूतपूर्व एकताका कारण धरानमा चुनाव जित्न सफल’ : सभापति देउवा

धरान । पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले अभुतपूर्व एकताका कारण धरानमा नेपाली

स्वर्गीय मेयर राईसँग जोडेर मेरो गलत प्रचारवाजी भयोः नेता आचार्य

धरान । नेपाल कम्यूनिष्ट पाटीका केन्द्रिय स्थायी कमिटी सदस्य एव्म १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्यले दि

‘कम्युनिष्टले देश कब्जा गर्न खोजे’

दमक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिस्टहरूले देश कब्जा गर्न खोजेको आरोप लगाए