प्रतिष्ठान परिसरमा किरा परेर गयो ज्यान

  • प्रकाशित मितिः भदौ 23, 2076
  • 1359 पटक पढिएको
  • कृष्ण बहाब भट्टराई

इटहरी । करिब ४० बर्षको ज्यँदो युवा शरीर । कम्मर मुनिको अगाडीको भागमा बसेका हरिया ठुला झिंगा ।
कम्मर पछाडी स्याँउ–स्याँउती परेका औंसा । बाहिरबाट हरियाली र बिशाल देखिने एसियामै नाम चलेको बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको दृश्य हो,यो । प्रतिष्ठानको प्रतिष्ठा नै धरमरमा पार्ने इमर्जेन्ंसी व्लकको अगाडि बिगत १५ दिन देखि मृत्यु पर्खिरहेको एउटा वेवारिसे शरीर थियो । शनिबार १ बजे सम्म चलढल नगर्ने तर नजिकै बाट सास फेर्दा शरीर अलेली हल्लिएको देखिन्थ्यो । जिउँदै शरीरलाई किराले खाँदै गरेको दृश्य बेला–बेला अस्पतालका आएकाहरु आउने गर्थे ।बिरामीको लावारिश शरीर हेर्न आउने सग्ला मान्छेहरु भने नाक नथुनी धरै नहुने । बिरामीको ५० मिटरको क्षेत्र पुरै दुर्गन्धित ।

कसैले पनि छुने र चलाउने आँट गर्न नसक्ने अवस्था थियो ।वेबारिशे बिरामीको गन्धको कारण इमर्जेन्सीमा आफन्त रुग्न आएका निरोगी मान्छे पनि रोगी हुने स्थिति थियो । नाम र ठेगाना पत्ता नलागेकोले स्याँउ–स्याँउती किरा परेपनि प्रतिष्ठानले उपचार गरेन । बरु उनी बाहिर आएर सुते । सुतेकै अवस्थामा शनिवार दिउसो ५ बजे उनको मृत्यु भयो । बेबारिशे मृत व्यक्ति मात्र हैन अस्पतालमा भएका वेवारिसे बिरामीको अवस्था पनि उस्तै छ । केहि दिन अगाडी सम्म नारायण नाम बताउने बेबारिसे बिरामीको अर्थो बिभागमा उपचार भइरहेको थियो ।जथाभावी दिशापिसाब र फोहोर गर्न थालेपछि अर्थो बिभागले उनलाई वार्डबाट निकाल्यो ।

अर्थोको वार्डबाट निस्किएपछि खुट्टा भाँच्चिएर चटपटाउन नसक्ने नारायणलाई पुनः अस्पतालमा वेवारिसे भए । डाक्टर देवराज घिमिरेले आफ्नो पहलमा नारायणको खुट्टाको अपरेशन गराइदिए डाक्टर घिमिरे भन्छन,‘अप्रेसन त सामान्य पहलमा भयो तर दैनिक हेर्न भने नसक्ने अवस्था छ’अस्पतालले नै एउटा समिति साहारबिहिन हरुलाई सेवादिने सिस्टम बनाए समस्याको समाधान हुन्थ्यो ।’प्रतिष्ठानको इमर्जेन्सी वार्डको ड्युटीमा रहेका प्रहरी जवान मणि कुमार गिरी अधिकाश वेवारिसे बिरामीहरु उपचार र हेरचाह नभएर अकालमा मर्ने गरेको बताउँछन । गिरि भन्छन,‘सामाजिक संघ–संस्थाका मान्छेहरुले ल्याएर छाड्ने गर्छन, छाडेर गएपछि हेर्न आउने त्यति हुदैनन्,अस्पतालले प्रशासनले नि हेर्दैन,लास्टमा मर्छन् ।

नारायणसँंगै अर्का एक वेवारिसे बिरामीको पनि इमर्जेन्सी कक्षमै उपचार भइरहेको छ । केही बोल्न र चटपटाउन समेत नसक्ने उनी मृत्यु कुरेर बसि रहेका छन् । छाला भित्र हड्डी मात्र देखिने उनले सामान्य स्लाईन पानी बाहेक अन्य औषधी पाउन सकेका छैनन् ।पछिल्लो समय बढ्दै गएका वेवारिसे बिरामीको कारण अन्य बिरामीको उपचार पनि प्रभावित बन्दै गएको छ । तर प्रतिष्ठानका निमित्त उपकुलपती गुरु खनालका अनुसार संयन्त्र नै बनाएर काम गरेपनि प्रभावकारी नहुने बताउँछन् ।


‘अभूतपूर्व एकताका कारण धरानमा चुनाव जित्न सफल’ : सभापति देउवा

धरान । पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले अभुतपूर्व एकताका कारण धरानमा नेपाली

स्वर्गीय मेयर राईसँग जोडेर मेरो गलत प्रचारवाजी भयोः नेता आचार्य

धरान । नेपाल कम्यूनिष्ट पाटीका केन्द्रिय स्थायी कमिटी सदस्य एव्म १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्यले दि

‘कम्युनिष्टले देश कब्जा गर्न खोजे’

दमक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिस्टहरूले देश कब्जा गर्न खोजेको आरोप लगाए