बलिउडका ५ कलाकार, 'जोसँग सलमान आँखासम्म जुधाउँन चाहाँदैनन्'

  • प्रकाशित मितिः भदौ 20, 2076
  • 3701 पटक पढिएको
  • औजार संवाददाता

मुम्बई – बलिउडका सुपरस्टार सलमान खानलाई मन नपराउने दर्शकको संख्या कम नै छ । यसका साथै उनले थुप्रै अभिनेता र अभिनेत्रीलाई बलिउडमा डेब्यु गराएर सफल पनि बनाइदिएका छन् । तर, बलिउडका यस्ता केही कलाकार छन् जसको करियर सलमान खानको कारण बर्बाद पनि भएको छ ।

उनका विवादित सम्बन्ध, विभिन्न लाइभ शो र अन्य विविध कारण उनी विवादमा आइरहन्छन् । तिनै कारण उनको केही कलाकारसँग पानी बाराबारसम्मको स्थिती पनि पैदा भएको छ । जसका कारण उनी उनीहरुलाई कुनै पनि कार्यक्रम वा अन्य कुनै ठाउँमा भेट्न र देख्नसम्म पनि चाहाँदैनन् ।

कसैको करियर शिखरमा पुर्याउन वा बर्बाद पार्न सक्षम सलमान खान ती कलाकारसँग काम पनि गर्न चाहादैँनन् ।

विवेक ओबराय

सलमान खान र विवेक ओबरायको दुश्मनीको कारण ऐश्वर्या हुन् । सलमान र ऐश्वर्याको प्रेमसम्बन्धमा थिए । त्यतिनै बेला विवेकले सलमानको बदनाम गरे । उनले पत्रकार सम्मेलन गरेर नै सलमानको बारेमा नराम्रो प्रचार गरेपछि उनीहरुबीच सम्बन्ध विग्रियो । सलमानसँग शत्रुताका कारण नै विवेकको करियर विस्तारै ओरालो लाग्यो ।

अरिजीत सिंह

अरिजीत सिंह पनि सलमान खानको शत्रुहरुको समूहमा सामेल छन् । एक अवार्ड कार्यक्रममा सलमानले अरिजीतलाई ‘के तिमी सुतिरहेका थियौँ रु’ भन्ने प्रश्नको जवाफमा अरिजीतले पनि कडा उत्तर दिए । जसका कारण सलमान उनीसँग रुस्ट बने । उनले आफ्नो फिल्म ‘सुल्तान’ बाट अरिजीतको गीत हटाइदिए । पछि अरिजीतले सामाजिक सञ्जालमा माफि पनि मागे तर सलमानले त्यसको कुनै जवाफ दिएनन् ।

अर्जुन कपूर

अर्जुन कपूरसँग उनको दुश्मनीको कारण मलाइका अरोरा अर्थात उनकी भाउजू हुन् । उनले अर्जुन कपूर र मलाइकाको सम्बन्धको बारेमा थाहा पाएपछि अर्जुन कपूरलाई सोधेका थिए । तर अर्जुन कपूरले अस्वीकार गरिदिए ।

ऐश्वर्या राय

बलिउडको उदारणीय प्रेम जोडीको रुपमा चिनिएका सलमान र ऐश्वर्याको अन्ततः सम्बन्ध दुश्मनीमा बदलियो । ऐश्वर्यासँग सम्बन्धमा रहँदा विभिन्न हर्कत गरेपछि ऐश्वर्या उनीसँग टाढिइन् । सलमानलाई ऐश्वर्याले गाली र मारपीटको मुद्दा पनि चलाइन् । त्यसपछि उनीहरुबीच दुश्मनीको सुरुवात भयो ।

मलाइका अरोडा

सलमानका भाई अर्थात अभिनेता अरबाजसँग सम्बन्धविच्छेद गरेकी मलाइकाले अर्जुन कपूरसँग सम्बन्ध अगाडि बढाउन थालेपछि सलमानले उनको फिल्ममा मलाइकालाई नराख्ने निधो गरे ।

-एजेन्सी


‘अभूतपूर्व एकताका कारण धरानमा चुनाव जित्न सफल’ : सभापति देउवा

धरान । पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले अभुतपूर्व एकताका कारण धरानमा नेपाली

स्वर्गीय मेयर राईसँग जोडेर मेरो गलत प्रचारवाजी भयोः नेता आचार्य

धरान । नेपाल कम्यूनिष्ट पाटीका केन्द्रिय स्थायी कमिटी सदस्य एव्म १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्यले दि

‘कम्युनिष्टले देश कब्जा गर्न खोजे’

दमक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिस्टहरूले देश कब्जा गर्न खोजेको आरोप लगाए