आइडल स्कुललाई ब्रिटिश काउन्सिलको आइएसए अवार्ड

  • प्रकाशित मितिः भदौ 7, 2076
  • 428 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरान–१४ स्थित आइडल स्कुललाई ब्रिटिश काउन्सिलले अन्तराराष्ट्रिय स्कुल अवार्ड (आइएसए) द्वारा सम्मान गरेको छ ।
आइडल स्कुलसँगै धरानको दिल्लि पब्लिक स्कुलले समेत सो अवार्ड जितेको छ । ४१ वटा देशमा ब्रिटिश काउन्सिलले आफ्नो कार्यक्रम सञ्चालन गरिरहेको छ । प्रत्येक वर्ष काउन्सिलले विभिन्न विद्यालयलाई अवार्ड प्रदान गर्ने गरेको छ । यसवर्ष नेपालका ४१ वटा स्कुललाई स्कुल अवार्ड प्रदान गरेको छ । काउन्सिलले २१ औं शताब्दीमा आवश्यक पर्ने व्यक्तित्वका विविध आयामलाई शिक्षा र सिपका माध्यमबाट बालबालिकामा स्थानान्तरण गर्ने उत्कृष्ट विद्यालयलाई अवार्ड प्रदान गर्ने गर्दछ । विद्यालयलाई मूल्याङ्कन गर्नु अघि काउन्सिलले विभिन्न कार्यक्रमको प्रस्ताव आह्वान गर्ने र उत्कृष्ट प्रस्तावहरुलाई स्वीकृत गरी कार्यक्रम गर्न दिने गर्दछ । कार्यक्रम गर्न दिएका विद्यालयहरुमध्येबाट उत्कृष्ट छनौट गरी काउन्सिलले अवार्ड प्रदान गर्ने गरेको छ । यसवर्ष नेपालका १ सय ५७ वटा स्कुलको प्रस्ताव काउन्सिलले स्विकृत गरेको थियो । प्रस्ताव स्विृकत भएका स्कुल मध्ये प्रस्ताव अनुसार कार्यक्रम सम्पन्न गरेको र उत्कृष्ट कार्य गरेको आधारमा ती मध्ये ४१ वटा विद्यालयलाई अवार्ड दिइएको थियो ।

idol
प्राथमिक उपचार, साइबर क्राइम, धार्मिक स्थलको संरक्षण सम्बद्र्धन गर्ने तरिका, भूकम्पबाट हुने क्षति न्यूनिकरण, बाढी पहिरो लगायत प्राकृतिक प्रकोप र तीनबाट जोगिने उपाय, स्थानीय जनवार र तीनको संरक्षण, मौलिक पोशाक र पहिचानको सम्बद्र्धन, मौलिक खाना बनाउने तरिका र विद्युतीय साक्षरता सम्बन्धि प्रोजेक्टमा आइडल स्कुलका विद्यार्थीहरुले अध्ययन अनुसन्धान गरेका थिए । त्यसका साथ साथै छिमेकी स्कुलहरु दन्तकाली मावि धरान–१४ र ज्योती प्रावि धरान–४ सँग प्रत्यक्ष तथा बेलायतको सेन्ट जोसेफ हाइ स्कुल, सेन्ट म्यारी प्राइमरी स्कुल, बंगलादेशको श्रीपुर गभर्मेन्ट हाइ स्कुल, पाकिस्तानको आर्मि पब्लिक हाइ स्कुल र गभर्मेन्ट गल्र्स हाइ स्कुलसँग मिलेर विचार आदान प्रदान गरेका थिए । यी कार्यहरु सम्पन्न गर्दा ब्रिटिस काउन्सिलले समय समयमा स्कुलमा नै आएर प्रत्यक्ष अनुगमन गरेको र रिपोर्ट बुझेका थिए भने सबै काम विद्यार्थीले गर्ने र शिक्षकले सहयोगीको भूमिका मात्रै निर्वाह गरेको स्कुलका निर्देशक सागर खड्काले बताए ।
खड्काले आइडल स्कुलका विद्यार्थीले पाकिस्तानको राष्ट्रिय गीत गाउन सक्ने तथा पाकिस्तानको पार्टनर स्कुलले नेपालको राष्ट्रिय गीत गाउन सक्ने समेत बताए । अवार्ड विजेता स्कुलका शिक्षक तथा विद्यार्थीलाई काउन्सिलले बेलायतमा विशेष किसिमको तालिम प्रदान गर्ने समेत खड्काले बताए । उनले अवार्ड जित्दा आफ्नो स्कुलको मात्र नभइ धरानको समेत गौरब बढेको महसुस भएको बताए । काउन्सिलले गत मंगलबार काठमाडौमा आयोजित भव्य समारोहमा अवार्ड वितरण गरेको थियो ।


संविधान पूर्ण कार्यान्वयको आवश्यकताः संविधान दिवसकाे शुभकामना !

धरान । एक नं. प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले संविधानको पूर्ण कार्यान्वयन आजको आवश्यकता भएको ब

नेकपा विवाद झनै चुलियो प्रदेश एक नेकपामा पनि तालाबन्दी

इटहरी । कमरेड पार्टीमा हाम्रो पनि लगानी छ, श्रीमती र छोराछोरीलाई दिने किसिमको अंश नसम्झिनु पार्टीलाई । ६०&

'सर्बोच्चका वकिल गर्जिए के लोकतन्त्रामा ठुला मान्छेको बिरोध गर्नै पाइन्न' ? (भिडियो हेर्नुहोस)

बरिष्ठ अधिवक्ता विष्णु प्रसाद भट्टराईले राष्ट्रपति कुनै धार्मिक क्रियाकलापमा सहभागी हुने अधिकार नभएको