दुम्सिको मासु खाएको फोटो फेसबुकमा पोष्ट गर्दा '१ वर्ष जेल'

  • प्रकाशित मितिः भदौ 2, 2076
  • 1206 पटक पढिएको
  • औजार संवाददाता

काठमाडौं । मासु खाएको कारण कोही पक्राउ पर्यो भन्दा सायद धेरैलाई विश्वास नलाग्न सक्छ । तर, जंगली जनावर दुम्सी मारेर खाने पाल्पाको रिव्दीकोट गाउँपालिकाका तीन जना पक्राउ परेका छन् ।

रिव्दीकोट गाउँपालिका–५, कुसुमखोला मुरेडाँडा बसन्त बहादुर खड्का क्षेत्र, सोही गाउँपालिका ६ का भीमबहादुर गाहा, र धनबहादुर गाहा पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । डिभिजन वन कार्यालयको अनुरोधमा प्रहरीले उनीहरुलाई बुधबार पक्राउ गरेको हो । भीमबहादुर छोरा आषिश गाहाको नाममा समेत पक्राउ पुर्जी जारी गरेको प्रहरी जनाएको छ ।

उनी बिरामी भएकाले पक्राउ नगरिएको बताइएको छ । कुसुम खोलाका बसन्तले ‘बल्ल आज दुम्सीको मासु खान पाइयो’ भन्ने लेखेर सामाजिक सञ्जाल फेसबुकमा राखेका थिए । विभिन्न व्यक्तिलाई समेत ट्याग गरिएको थियो भने, मुरेको दुम्सी र मासु काुटेको देखेपछि त्यसैको आधारमा पक्राउ गरिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अर्जुन चापागाईले बताउनुभयो ।

यसरी जंगलका कुनै पनि वन्यजन्तु माुरेर वैधानिक रुपमा खान पाइदैन । उनीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कारबाही प्रक्रिया अगाडी बढाइएको अनुसन्धान अधिकृत यमलाल पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार २० हजारसम्म जरिवानाका साथै एक वर्षसम्म कैद वा दुबै सजायँको व्यवस्था छ । अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ । उनीहरुले जानेर यस्तो गल्ती गरेका हुन वा अन्जानमा भन्ने पनी खुल्न सकेको छैन ।

-एजेन्सी


संविधान पूर्ण कार्यान्वयको आवश्यकताः संविधान दिवसकाे शुभकामना !

धरान । एक नं. प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले संविधानको पूर्ण कार्यान्वयन आजको आवश्यकता भएको ब

नेकपा विवाद झनै चुलियो प्रदेश एक नेकपामा पनि तालाबन्दी

इटहरी । कमरेड पार्टीमा हाम्रो पनि लगानी छ, श्रीमती र छोराछोरीलाई दिने किसिमको अंश नसम्झिनु पार्टीलाई । ६०&

'सर्बोच्चका वकिल गर्जिए के लोकतन्त्रामा ठुला मान्छेको बिरोध गर्नै पाइन्न' ? (भिडियो हेर्नुहोस)

बरिष्ठ अधिवक्ता विष्णु प्रसाद भट्टराईले राष्ट्रपति कुनै धार्मिक क्रियाकलापमा सहभागी हुने अधिकार नभएको