यी हुन् सबैभन्दा धेरै पारिश्रमिक लिने 'पाँच नेपाली नायिकाहरु'

  • प्रकाशित मितिः भदौ 2, 2076
  • 1130 पटक पढिएको
  • औजार संवाददाता

आजभोली नायकसँगै नायिकाले पनि महंगो पारिश्रमिक लिन थालेका छन् । केही नायिकाहरुको पारिश्रमिक अहिले चर्चित नायकको भन्दा कम छैन । हुन पनि नायिकाहरुले आफ्नो क्रेज र स्टारडमको आधारमा पारिश्रमिक राम्रो पाउनु नै पर्छ । अहिलेको समयमा सबैभन्दा धेरै पारिश्रमिक लिने नेपाली नायिकाहरु यी हुन्–

स्वस्तिमा खड्का : स्वस्तिमा खड्का अहिलेसम्म आफ्नो पारिश्रमिक खुलेर बताएकी छैनन् । तर स्रोत अनुसार उनले एउटा चलचित्रबाट १०–१२ लाख लिने गरेकी छिन् । उनी अहिलेकी सबैभन्दा चर्चित नायिका हुन् । स्वस्तिमाको अभिनयलाई पनि दर्शकले रुचाउने गरेका छन् । त्यसैले निर्माता उनलाई उनको डिमाण्ड अनुसार पारिश्रमिक दिन तयार हुन्छन् ।

साम्राज्ञी राज्यलक्ष्मी शाह : साम्राज्ञी सबैभन्दा डिमाण्डेड नायिका मानिन्छिन् । उनले एउटा चलचित्रबाट १५–१६ लाख लिने गरेको स्रोतले बताएको छ ।

नम्रता श्रेष्ठ : सुन्दरतासँगै अभिनयमा पनि नम्बर वान मानिन्छिन् नायिका नम्रता श्रेष्ठ । उनी कम तर उत्कृष्ट चलचित्र मात्र गर्ने नायिका हुन् । त्यसैले नम्रताका अधिकांश चलचित्र सफल पनि छन् । उनले पनि एउटा चलचित्रबाट १५ लाखसम्म लिने गरेको बताइन्छ ।

पूजा शर्मा : पूजा शर्माले चलचित्र पोई पर्यो काले मा २० लाख बुझेकी छिन् । अहिले उनको पनि डिमाण्ड निकै हाई छ ।

प्रियंका कार्की : बहुप्रतिभाकी धनी अभिनेत्री प्रियंका कार्की पनि एउटा चलचित्रबाट ९–१० लाखसम्म लिने गर्छिन् । चलचित्रबाहेक उनी म्यूजिक भिडियो र विज्ञापनमा पनि राम्रोसँग जमेकी छिन् ।

-एजेन्सी


‘अभूतपूर्व एकताका कारण धरानमा चुनाव जित्न सफल’ : सभापति देउवा

धरान । पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले अभुतपूर्व एकताका कारण धरानमा नेपाली

स्वर्गीय मेयर राईसँग जोडेर मेरो गलत प्रचारवाजी भयोः नेता आचार्य

धरान । नेपाल कम्यूनिष्ट पाटीका केन्द्रिय स्थायी कमिटी सदस्य एव्म १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्यले दि

‘कम्युनिष्टले देश कब्जा गर्न खोजे’

दमक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिस्टहरूले देश कब्जा गर्न खोजेको आरोप लगाए