स्वास्थ्यमात्र होइन सौन्दर्यका लागि पनि काम लाग्छ आलुको बोक्रा

  • प्रकाशित मितिः भदौ 1, 2076
  • 380 पटक पढिएको
  • औजार संवाददाता

आलु यस्तो तरकारी हो जुन लगभग सबैजसो तरकारीमा मिसाउने गरिन्छ । धेरैले आलु ताछेर पकाउँछन् तर धेरैलाई थाहा छैन कि फ्याँकिने आलुको बोक्रा विभिन्न पोषक तत्वले भरिपूर्ण हुन्छ ।

आलुको बोक्रामा क्याल्शियम, भिटामिन सी र बी कम्प्लेक्सका साथै आइरनको मात्रा पनि अत्यधिक हुन्छ । यसैकारण यसले शरीरमा विभिन्न कमीको पूर्ती गर्छ । यो सौन्दर्य निखार्नका लागि पनि निकै काम लाग्छ । डार्क सर्कलदेखि कपाललाई कलर गर्ने सम्मका कामका लागि आलुको बोक्राको प्रयोग हुन्छ । अब आलुको बोक्रालाई फ्याँक्न बन्द गर्नुहोस् र यसरी उपयोग गर्नुहोस् ।

१. रक्तचाप नियन्त्रणमा राख्छः

आलुमा पोटाशियम अत्यधिक मात्रामा पाइन्छ र यो भिटामिन सीले पनि भरिपूर्ण हुन्छ । यी दुबै रक्तचाप नियन्त्रण गर्न महत्वपूर्ण हुन्छ । आलुको बोक्रालाई राम्रोसँग धोएर यसलाई सब्जीजस्तै बनाएर खानुहोस् वा आलु पकाउँदा कहिल्यै पनि बोक्रा ताछ्ने गल्ती नगर्नुहोस् ।

२. तौल नियन्त्रणमा रहन्छः

आलुको बोक्रा फाइबरयुक्त हुन्छ र जब यो बोक्रासहित बनाइन्छ तब शरीरले कार्बोहाइड्रेटमात्र नभई फाइबर पनि पाउँछ । यसको बोक्रालाई तपाईं कुनै पनि रुपमा प्रयोग गर्न सक्नुहुन्छ । फाइबरले लामो समयसम्म पेट भरिएको महसुस गराउँछ र यसले मेटाबोलिजम रेटलाई पनि बढाउन सहयोगी भूमिका खेल्छ । यो खाँदा नसा पनि बलियो हुन्छ ।

३.रक्तअल्पत्तामा पनि फाइदाजनकः

आलुको बोक्रामा आइरनको अत्यधिक मात्रा पाइन्छ र यसैकारण यदि रगतको कमी छ भने आलुको बोक्रालाई खानामा पक्कै पनि प्रयोग गर्नुपर्छ ।

४. ऊर्जाले भरिएको हुन्छः

आलुको बोक्रामा क्याल्शियम र भिटामिन कम्प्लेक्स अत्यधिक मात्रामा पाइन्छ । यसले हड्डी बलियो बनाउँछ र शरीरले ऊर्जा पनि पाउँछ । आलु पकाउँदा जहिल्यै पनि बोक्रासहित बनाउनुहोस् ।

५. पाचन क्रिया बलियो बनाउँछः

आलुमा अत्यधिक फाइबर हुन्छ त्यसैले यसले पाचन क्रियालाई चुस्त राख्न सहयोग गर्छन । यसमा फाइबर अत्यधिक मात्रा भएकाले कब्जियत आदिबाट पनि जोगाउँछ ।

६. कपाललाई कालो बनाउँछः

यदि तपाईंको कपाल फुलिरहेको छ भने तपाईं एक कचौरा आलुको बोक्रालाई आधा लिटर पानीमा उमाल्नुहोस् । जब पानी एक वा दुई चम्चा हुन्छ तब यसलाई कपालमा लगाउनुहोस् । पटकपटक यस्तो गर्दा तपाईंको कपाल कालो हुँदै जान्छ ।

७. डार्क सर्कललाई टाढै राख्छः

आँखा मुनी यदि कालो घेरा बनेको छ वा घामले छाला ढडेको छ भने आलुको बोक्रलाई पिनेर त्यसको रस निकालेर अनुहारमा बारम्बार लगाउनुहोस् । कालोपना बिस्तारै कम हुँदै जान्छ

एजेन्सी


संविधान पूर्ण कार्यान्वयको आवश्यकताः संविधान दिवसकाे शुभकामना !

धरान । एक नं. प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले संविधानको पूर्ण कार्यान्वयन आजको आवश्यकता भएको ब

नेकपा विवाद झनै चुलियो प्रदेश एक नेकपामा पनि तालाबन्दी

इटहरी । कमरेड पार्टीमा हाम्रो पनि लगानी छ, श्रीमती र छोराछोरीलाई दिने किसिमको अंश नसम्झिनु पार्टीलाई । ६०&

'सर्बोच्चका वकिल गर्जिए के लोकतन्त्रामा ठुला मान्छेको बिरोध गर्नै पाइन्न' ? (भिडियो हेर्नुहोस)

बरिष्ठ अधिवक्ता विष्णु प्रसाद भट्टराईले राष्ट्रपति कुनै धार्मिक क्रियाकलापमा सहभागी हुने अधिकार नभएको