चितवनमा शालिकरामका पक्षमा पनि जुलुस, रविका पक्षधरले गाडी ताेडफाेड गरे

  • प्रकाशित मितिः श्रावण 32, 2076
  • 1224 पटक पढिएको
  • औजार संवाददाता

चितवन । टेलिभिजन पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धानका लागि चितवन प्रहरीको हिरासतमा रहेका पत्रकार रवि लामिछानेको समर्थनमा शनिबार चितवनमा प्रदर्शन गरिएको छ । प्रदर्शनकारीले चितवनमा प्रहरीको गाडीमा तोडफोड गरेका छन् ।

प्रहरीले आन्दोलनकारीलाई तितरबितर पार्न केही सेल अश्रुग्याँस प्रहार गरेको छ । अहिले पनि प्रदर्शनकारीले प्रदर्शन गरिरहेका छन् । यसअघि शुक्रबार जिल्ला अदालत चितवनले शालिकराम प्रकरणमा रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई हिरासतमा राखेर अनुसन्धान गर्न ५ दिनको म्याद दिएको थियो ।


यसअघि आज विहान शालिकराम आत्महत्याको निष्पक्ष छानबिनको माग गर्दै शालिकराम पक्षधरले पनि जुलुस निकालेका थिए ।


संविधान पूर्ण कार्यान्वयको आवश्यकताः संविधान दिवसकाे शुभकामना !

धरान । एक नं. प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले संविधानको पूर्ण कार्यान्वयन आजको आवश्यकता भएको ब

नेकपा विवाद झनै चुलियो प्रदेश एक नेकपामा पनि तालाबन्दी

इटहरी । कमरेड पार्टीमा हाम्रो पनि लगानी छ, श्रीमती र छोराछोरीलाई दिने किसिमको अंश नसम्झिनु पार्टीलाई । ६०&

'सर्बोच्चका वकिल गर्जिए के लोकतन्त्रामा ठुला मान्छेको बिरोध गर्नै पाइन्न' ? (भिडियो हेर्नुहोस)

बरिष्ठ अधिवक्ता विष्णु प्रसाद भट्टराईले राष्ट्रपति कुनै धार्मिक क्रियाकलापमा सहभागी हुने अधिकार नभएको