‘चाडो बजेट खर्च गर्न निर्देशन’

  • प्रकाशित मितिः श्रावण 29, 2076
  • 416 पटक पढिएको
  • औजार संवाददाता

बिराटनगर । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले उपलब्धि देखिनेगरि समयमै शतप्रतिशत बजेट खर्च गर्न मातहतका मन्त्रालय र निकायहरुलाई निर्देशन गरेका छन् ।
चालु बर्षको बजेट खर्च समयमै शतप्रशित गराउनकालागि २८ साउनमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आयोजना गरेको समिक्षा कार्यक्रममा मुख्यमन्त्री राईले समयमै प्रभावकारी ढंगले बजेट खर्च गरेर आफ्नो क्षमता प्रदर्शन गर्ने समयको सदुपयोग गर्न निर्देशन गरेका हुन् ।

मुख्यमन्त्री राईले मन्त्रालयका मन्त्री सचिव र कर्मचारीहरुप्रति कठोर हुदै भने, –‘कसैलाई पनि बहाना बनाएर बजेट खर्च गर्न सकिएन भन्ने सुबिधा हुनेछैन चाडो भन्दा चाँडो निर्देशिका र कार्याबिधिहरु बनाएर प्रभावकारी ढंगले बजेट खर्च गर्न लागिपर्नोस् ।’ मुख्यमन्त्री राईले गत बर्ष कर्मचारी, कानून र संरचना र समन्वय अभावले गर्दा सन्तोषजक बजेट खर्चमा सरकारले चित्त बुझाउन बाध्य भएको तर चालु बर्षमा बजेट शतप्रतिशत खर्च गर्ने गरि काम गर्न कर्मचारीहरुलाई निर्देशन गरेका हुन् । मुख्यमन्त्री राईले हतारमा बजेट खर्च भएपनि प्रभाव शुन्य देखिएकोले चालु बर्षमा प्रष्ट देखिने गरि बजेट खर्च गर्न आग्रह गरे ।

उनले प्रदे्श सरकारले नीति कार्यक्रममा ल्याएका कार्यक्रमहरु चालु बर्षमा जनता सामु देखिनेगरि हाइलाईट गरेर काम गर्न आग्रह गरे । प्रदेश सरकारले बजेटमा ल्याएका नमुना कृषी परियोजना, कोशीमा कृषी खेती, राष्ट्रिय अन्तराष्ट्रिय रंगशालाको निर्माण, हिमाली र मुन्धुम पदमार्ग, लगानी सम्मेलन, हरित करिडोर निर्माण, सिचाई र पूर्वाधार बिकास, शुसासन आदि सबै खाले योजनाहरुलाई उपलब्धिमुलक बनाउन निर्देशन गरे । उनले मन्त्री र सचिवहरुलाई कडा निर्देशन गर्दै भने,–‘हामीले धेरै जनाताले अनुभूति हुनेगरि अझै धेरै काम गर्नु छ यसैले समय तालिका अनुसार दत्तचित्त भएर बजेट कार्यान्वयन गराउनुहोस् । समिक्षा कार्यक्रममा प्रदेशका अर्थमामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोका अनुसार बिनियोजन भएको बजेट खर्च गर्न कुनै माथिल्लो निकायबाट अख्तियारी लिन नपर्ने र सोझै निकासा बुझेर तल्ला निकायहरुले खर्च गर्न पाउनेछन् । उनले चालु बर्षमा शतप्रतिशत बजेट प्रभावकारी रुपमा खर्च हुने बिश्वास गरे ।

मन्त्री आङबोले भने, –‘संघियता कार्यान्वयनको पहिलो बर्ष भएकोले बिभिन्न समस्याले गर्दा हामीले बजेट अपेक्षित बजेट खर्च गर्न सकेनौ तर अब त्यस्तो हुनैछैन ।’ एक नम्बर प्रदेशका प्रमुख प्रदेश सचिव सुरेश अधिकारीका अनुसार एक नम्बर प्रदेशका सबै मन्त्रालय र निकायहरुले आफुले खर्च गर्ने बजेटको समय तालिका निर्माण गरेर बजेट खर्च गर्नुपर्नेछ । प्रदेश सरकार मातहतका सबै मन्त्रालय र योजना आयोग, प्रदेश सभा सचिवालय, प्रदेश लेखा नियन्त्रण, प्रदेश न्यायधिबत्ताको कार्यालयले गत बर्षको बजेट खर्च समिक्षा गर्दै चालु बर्षको बजेट कार्यान्यनकालागि समय तालिका अनुसारको योजना प्रस्तुत गरेका थिए ।


संविधान पूर्ण कार्यान्वयको आवश्यकताः संविधान दिवसकाे शुभकामना !

धरान । एक नं. प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले संविधानको पूर्ण कार्यान्वयन आजको आवश्यकता भएको ब

नेकपा विवाद झनै चुलियो प्रदेश एक नेकपामा पनि तालाबन्दी

इटहरी । कमरेड पार्टीमा हाम्रो पनि लगानी छ, श्रीमती र छोराछोरीलाई दिने किसिमको अंश नसम्झिनु पार्टीलाई । ६०&

'सर्बोच्चका वकिल गर्जिए के लोकतन्त्रामा ठुला मान्छेको बिरोध गर्नै पाइन्न' ? (भिडियो हेर्नुहोस)

बरिष्ठ अधिवक्ता विष्णु प्रसाद भट्टराईले राष्ट्रपति कुनै धार्मिक क्रियाकलापमा सहभागी हुने अधिकार नभएको