हड्डीबाट मल बनाउने मेसिन थन्कियो, मल बनाउन गाह्राेः सञ्चालक

  • प्रकाशित मितिः श्रावण 28, 2076
  • 344 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरानमा मासु काटेर निस्किएको हड्डीबाट मल बनाउनको लागि खरिद गरेको एक लाखको ‘बोन कटर मेसीन’ प्रयोगबिहीन भएको छ ।
भर्खरै धरान उपमहानगरपालिका र स्थानीय ‘लघु धरान कम्पोष्ट मल उत्पादन केन्द्र समुह’ले संयुक्त रुपमा खरीद गरेको सो मेसीन प्रयोगबिहीन अवस्थामा पुगेको हो । दुई हप्ता अघि मात्रै सो बोन कटर मेसीन खरीद गरिएको हो । सो मेसीन धरान–८ स्थित लाङ्घाली सामुदायिक वन उपभोत्ता समुहको कार्यालय परिसरमा राखिएको छ । लघु धरान कम्पोष्ट मल उत्पादन केन्द्र समुहलाई हड्डीबाट मल बनाउनको लागि प्रदान गरिएको छ । मेसीन जडान गरिए पनि हड्डीबाट मल उत्पादन हुन सकेको छैन । धरान उपमहानगरको ६० प्रतिशत र समुहको ४० प्रतिशतको लगानीमा सो मेसीन खरीद गरिएको थियो ।
दैनिक पशुबध गरी निस्किएको हड्डीजन्य वस्तुलाई उचित व्यवस्थापन र त्यसलाई कम्पोष्ट मल बनाउने उद्देश्यले बोन कटर मेसीन संयुक्त रुपमा खरीद गरिएको थियो । लघु धरान कम्पोष्ट मल उत्पादन केन्द्र समुहका अध्यक्ष गोपाल श्रेष्ठले उक्त मेसीनले उद्देश्य अनुरुप काम नगरेपछि त्यसै थन्किएको बताए । उनले भने, ‘मेसीनलाई भोल्टेज पुग्दैन, कम भोल्टेज छ, मेसीन चलेपनि हड्डी लगाएपछि रोकिन्छ ।’ श्रेष्ठका अनुसार उक्त मेसिनबाट मल उत्पादन गर्न पनि कठिन हुने भएको छ । मेसीनको क्षमता कम हुने भएकाले सो मेसीन प्रयोगमा ल्याउन कठिन हुने श्रेष्ठको भनाई रहेको छ । उनले भने,‘मेसीनको क्षमता कम छ, हड्डीलाई टुक्रा पारेर मसिनो बनाएर लगाउनु पर्छ, ठुला हड्डी हालेर मल बनाउन सकिदैन ।’ धरान मासु व्यवसायी संघका अध्यक्ष मदन तामाङले पनि उक्त मेसीन प्रति असन्तुष्टि जनाएका छन् । उक्त मेसिन वास्तविक रुपमा हड्डीको मेसीन समेत नभएको दाबी गरेका छन् । अध्यक्ष तामाङले भने, ‘मेसीनको क्षमता पनि कम छ, जसले गर्दा हड्डी हालेर प्रयोग समेत गर्न कठिन हुन्छ ।’ विदेशमा भने यस खालको मेसीनले खाली मासु काट्नको लागि मात्रै प्रयोग ल्याइने तामाङले बताए । धरान उपमहानगरपालिकाको आर्थिक विकास समिती संयोजक कैलाश अग्रवालले हड्डीलाई मल बनाएर अर्गानिक कृषि उत्पादनमा सहयोग पु¥याउनको लागि मेसीन भर्खरै खरिद गरेर ल्याएको बताए । उनले भने,‘यो नयाँ प्रयास हो, परिक्षणकाल नै छ, अब तत्कालै अनुगमन गरेर अघि बढ्नेछौं ।’ उनका अनुसार यस आर्थिक वर्षमा पनि अर्को मेसीन खरीद गरिने बताए ।
धरानमा पशुबध गरी दैनिक डेढ दर्जन बढी राँगा तथा पशुको दुइ क्विन्टल हड्डी हुन्छ । सो हड्डीलाई व्यवस्थापन गर्न पनि कठिनाई रहेको छ । धरानका मासु व्यवसायीहरुले पशुबध गरि त्यसबाट निस्किएको हड्डी धरान–८ स्थित लाङ्घाली सामुदायिक वन उपभोता समुहको वन क्षेत्रमा फालिने गरेको थियो । तर त्यस आसपासमा हड्डीको दुर्गन्ध फैलिएपछि स्थानीयहरु विरोध गरे । अहिले सो क्षेत्रमा हड्डी फाल्न निषेध गरिएको छ । मासु व्यवसायीहरुले भने धरानमा व्यवस्थित बधशालाको माग गर्दै आइरहेका छन् ।


चितवनमा शालिकरामका पक्षमा पनि जुलुस, रविका पक्षधरले गाडी ताेडफाेड गरे

चितवन । टेलिभिजन पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धानका लागि चितवन प्रहरीको हिरासतम

‘चाडो बजेट खर्च गर्न निर्देशन’

बिराटनगर । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले उपलब्धि देखिनेगरि समयमै शतप्रतिशत बजेट खर्च गर्न

चुनावमा होमियो नेकपा, धरानमा बृहत कार्यकर्ता भेला

धरान । यही मंसिर १४ गते उपनिर्वाचन हुने निश्चित भएसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चुनावी अभियानमा हो