‘धरानको उपकरण विराटनगरमा जोडेको होइन’

  • प्रकाशित मितिः श्रावण 28, 2076
  • 1249 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरानको कृषि उपज बजार स्थलमा स्थापना हुने विषादी मापन प्रयोगशाला दशै अगाडी सञ्चालनमा आउने एक नं. प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सचिव हस्तबहादुर विष्टले पहाडी क्षेत्रबाट तरकारी आउने मुख्य नाकाको रुपमा रहेको धरानमा विषादी मापन प्रयोगशाला स्थापना गर्ने प्रदेश सरकारको निर्णय अनुसार धरानको कृषि उपज बजारमा प्रयोगशाला स्थापना हुने बताए । उनले धरानमा स्थापना हुने प्रयोगशलामा रहने उपकरणहरुको ‘स्पेसिफिकेशन’ तयार भइरहेको भन्दै १५ दिन भित्र स्पेसिफिकेशन तयार गरी टेण्डर आह्वान गरिने बताए । उनले टेण्डरबाट उकरण खरिद गरेर दशै अगाडी नै धरानमा प्रयोगशाला स्थापना गरिसक्ने मन्त्रालयका सचिव हस्तबहादुर बिष्टले दाबी गरे । उनले प्रयोगशालासँगै ‘कोल्ड रुम’ समेत धरानमा बनाइने उनले बताएका छन् ।
धरानमा बन्न लागेको प्रयोगशलाका लागी खरिद गरिएको उपकरण विराटनगर भन्सारमा जडान गरिएको भनेर भइरहेको प्रचार बारे सचिव विष्टले गलत भएको बताए । धरानकालागि उपकरण खरिद गर्न टेण्डर नै आह्वान नभएको भन्दै विराटनगरमा जडान गरेको भन्नु सरासर गलत भएको उनले बताए । उनले मन्त्रालयले विराटनगरमा ‘बालि संरक्षण प्रयोगशाला’ निर्माण गरेको र सो प्रयोगशालामा कृषि बालि सम्बन्धी विभिन्न प्रयोग मात्रै हुने बताए । बालि प्रयोगशाला र विषादी मापन प्रयोगशाला बेग्ला बेग्लै भएकोले धरानका लागी खरिद गरेको उपकरण विराटनगरमा जोड्नै नमिल्ने उनले बताए । बालि प्रयोगशालामा प्रदेश भरीका बालिको परिक्षण हुने र त्यसबारे अध्ययन गरी किराको प्रकोप, विषादीको अवस्था लगायतको व्यवस्थापन गर्ने काम हुने विष्टले बताए ।
धरानको प्रयोगशालाकालागि खरिद गरेको उपकरण विराटनगरमा जडान गरेको भन्दै नेपाली कांग्रेसका सुनसरी सचिव सुजेन्द्र तामाङले फेसबुकबाट असन्तुष्टि जनाएका थिए । त्यस्तै गरी विभिन्न व्यक्तित्वले सामाजिक सञ्जालमा त्यसको विरोध समेत गरेका थिए भने मिडियाहरुमा समेत उक्त समाचार प्रकाशन÷प्रसारण भएको थियो ।
कृषि उपज बजार धरानका व्यवस्थापक लक्ष्मण भट्टराईले भने गत असार भित्रै कृषि बजारमा प्रयोगशाला सञ्चालनमा आइसक्नु पर्नेमा अझै कहिले सञ्चालनमा आउने भन्ने टुंगो नलागेको बताए । प्रयोगशाला सञ्चालनको लागी कृषि बजारले भवन निर्माण सम्पन्न गरिसकेको उनले बताए । प्रयोगशला सञ्चालनमा आएपछि धरान लगायत एक नं. प्रदेशका बजारमा पूर्वी पहाडी क्षेत्रबाट आउने तरकारीको विषादी मापन गरेर बजाजरमा स्वस्थ तरकारी जाने उनले बताए ।


धरानको नवनिर्वाचित नगर प्रमुखद्वारा पदभार ग्रहण - करको दर पुनरावलोकन गर्ने उद्घोष

धरान । धरान उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख तिलक राईले पदभार ग्रहण गरेका छन् ।बुधबार दिउँसो पदभ

वडाध्यक्ष सुवेदीले पदभार ग्रहण गरे

धरान । उपनिर्वाचनबाट निर्वाचित भएका धरान उपमहागरपालिकाका ७ नं. वडाका वडाध्यक्ष जीवनराज सुवेदीले पदभार ग

आज धरानका नवनिर्वाचित मेयरले कार्यभार सम्हाल्ने - नराम्रा काम रोक्दै राम्रो काम गर्ने प्रतिबद्धता

धरान । उपनिर्वाचन मार्फत् निर्वाचित भएका धरानका मेयर तिलक राईले आज (बुधबार) धरान उप महानगरपालिकाको कार्य