प्रहरीले चलाएको 'मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु'

  • प्रकाशित मितिः श्रावण 28, 2076
  • 360 पटक पढिएको
  • औजार संवाददाता

प्रहरीले चलाएको मोटरसाइकलको ठक्करबाट सोमबार साँझ सप्तरीमा एक साइकल यात्रीको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय भारदहमा कार्यरत प्रहरी जवान रोशन थापाले चलाएको को ३४ प ८३३७ नम्बरको मोटरसाइकलको ठक्करबाट अग्निसाइर कृष्णासवरण गाउँपालिका-१, घोघिदहका ६५ वर्षीय मोतिलाल चौधरीको मृत्यु भएको हो। ३० वर्षीय थापा सुनसरीको इनरुवा नगरपालिका-२, कुसुमगाछि निवासी हुन्।

पूर्व जाँदै गरेको थापा सवार मोटरसाइकलले अग्निसाइर कृष्णासवरण गाउँपालिका-१, जण्डौलमा सडकमै रहेको गाईलाई ठक्कर दिएपछि अनियन्त्रित भएर साइकलयात्रीलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

बम
मोटरसाइकलको ठक्करबाट घाइते भएका चौधरी र गाई दुवैको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका इन्स्पेक्टर मकेन्द्र मिश्रले जानकारी दिए। थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

-एजेन्सी


चितवनमा शालिकरामका पक्षमा पनि जुलुस, रविका पक्षधरले गाडी ताेडफाेड गरे

चितवन । टेलिभिजन पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धानका लागि चितवन प्रहरीको हिरासतम

‘चाडो बजेट खर्च गर्न निर्देशन’

बिराटनगर । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले उपलब्धि देखिनेगरि समयमै शतप्रतिशत बजेट खर्च गर्न

चुनावमा होमियो नेकपा, धरानमा बृहत कार्यकर्ता भेला

धरान । यही मंसिर १४ गते उपनिर्वाचन हुने निश्चित भएसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चुनावी अभियानमा हो