शालिकराम पुडासैनी प्रकरण : एसपी मल्लले गरे सबै खुलासा, मोबाइलमा भेटिएको संदेश (भिडियो सहित)

  • प्रकाशित मितिः श्रावण 28, 2076
  • 1566 पटक पढिएको
  • औजार संवाददाता

काठमाडौं र पत्रकार शालिकराम पुडासैनीको मृत्यु आत्महुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान भई रहेको छ मृत्युअघि उनले रेकर्ड गरेको भिडियोमा केही मानिसका कारण आफू आत्महत्या गर्न लागेको उल्लेख भएको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार उनको मोबाइलमा रेकर्ड गरिएका दुई वटा करीब ८ मिनेट र ३ मिनेटका भिडियो फेला परेको बताईएको छ। पुडासैनीले भिडियोमा मर्नुको कारण जनाउँदै श्रीमतीलाई आफ्नो सम्पत्तिका बारेमा जानकारी दिएर परिवारसँग मिलेर बस्न आग्रह गरेको बताउनुभयो ।

सोही भिडियोका आधारमा प्रहरी अनुसन्धान गर्नुपर्ने पुडासैनीको भनाइ छ । भिडियो पाउनुअघि हत्या गरिएको आशङ्का गरिएको भए पनि भिडियो हेरेपछि आत्म हत्याका लागि दुरुत्साहन गरेको देखिएसँगै आफूहरुले शव बुझेर काठमाडौँ लगेको उहाँले बताउनुभयो । दुई महीनाअघि सम्म न्युज २४ मा कार्यरत पत्रकार पुडासैनी केही दिनदेखि माउन्टेन टेलिभिजनका कार्यरत थिए ।

-एजेन्सी


चितवनमा शालिकरामका पक्षमा पनि जुलुस, रविका पक्षधरले गाडी ताेडफाेड गरे

चितवन । टेलिभिजन पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धानका लागि चितवन प्रहरीको हिरासतम

‘चाडो बजेट खर्च गर्न निर्देशन’

बिराटनगर । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले उपलब्धि देखिनेगरि समयमै शतप्रतिशत बजेट खर्च गर्न

चुनावमा होमियो नेकपा, धरानमा बृहत कार्यकर्ता भेला

धरान । यही मंसिर १४ गते उपनिर्वाचन हुने निश्चित भएसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चुनावी अभियानमा हो