नेयमार भित्र्याउन 'बार्सिलोना भन्दा रियल अगाडि'

  • प्रकाशित मितिः श्रावण 27, 2076
  • 354 पटक पढिएको
  • औजार संवाददाता

ब्राजिलियन स्टार खेलाडी नेयमारलाई अनुबन्धित गर्न बार्सिलोना भन्दा रियल अघि रहेको चर्चा चलेको छ ।

रियलले नेयमारलाई लिनका लागि पिएसजीसँग छलफल गरेको खुलासा भएसँगै उनी रियल जाने समाचारहरु प्रकाशन हुन थालेका हुन् । पिएसजीका अध्यक्ष नासर अल-खे नेयमार रियललाई दिनका लागि तयार भएको समाचारहरु आइरहेका छन् ।

रियल चाहिँ ग्यारेथ बेल, जेम्स रोड्रिगिज र इस्को पीएसजीलाई दिन तयार रहेको बताइएको छ । पिएसजीका गोलरक्षक बुफोन इटालियन क्लब युभेन्ट्समा अनुबन्धित भएपछि नाभास र थिवाउट कोउर्टोज मध्य एकको बारेमा पनि छलफल भइरहेको जनाइएको छ ।

बार्सिलोनाले गरेको इभान राकिटिक र फिलिप्पे काउटिन्हो सहितको प्रस्तावको तुलनामा रियलको प्रस्ताव ठूलो भएकोले रियल र पीएसजीबीच सहमति हुन सक्ने अनुमान गरिएको हो। पिएसजी नेयमारलाई कम्तिमा पनि २०० मिलियन युरोमा बेच्न चाहन्छ । २०० मिलियन युरो दिन नसकेमा एक खेलाडी र बाँकी रकम दिए पनि हुने उसको प्रस्ताव छ ।

पिएसजीको उक्त प्रस्ताव रियलका लागि स्वीकार्य छ । तर, बार्सिलोना भने नेयमारसँग आफ्ना खेलाडी मात्र साट्न चाहन्छ ।

-एजेन्सी


चितवनमा शालिकरामका पक्षमा पनि जुलुस, रविका पक्षधरले गाडी ताेडफाेड गरे

चितवन । टेलिभिजन पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धानका लागि चितवन प्रहरीको हिरासतम

‘चाडो बजेट खर्च गर्न निर्देशन’

बिराटनगर । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले उपलब्धि देखिनेगरि समयमै शतप्रतिशत बजेट खर्च गर्न

चुनावमा होमियो नेकपा, धरानमा बृहत कार्यकर्ता भेला

धरान । यही मंसिर १४ गते उपनिर्वाचन हुने निश्चित भएसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चुनावी अभियानमा हो