टिभीकी चर्चित श्वेता तिवारीका श्रीमानले सौतेनी छोरीलाई कुटे, 'मुद्दा दर्ता'

  • प्रकाशित मितिः श्रावण 27, 2076
  • 1998 पटक पढिएको
  • औजार संवाददाता

टिभीकी चर्चित नायिका श्वेता तिवारी धेरै समयदेखि पर्दाबाट गायब छिन् । उनी आफ्नो परिवारसँग समय बिताइरहेकी छिन् । तर पछिल्ला केही समयदेखि श्वेता र उनका श्रीमान्बीच खटपट भइरहेको खबर सार्वजनिक भइरहेका छन् । खबरका अनुसार श्वेता एकपटक पुनः घरेलु हिंसाको शिकार भएकी छिन् र अभिनवले आफ्ना सौतेनी छोरी पलकमाथि पनि हात उठाएका छन् ।

श्रीमानले छोरीलाई कुटेः

एक वेबसाइटका अनुसार गत वर्ष श्वेता र अभिनवबीच केही समस्या चलिरहेको छ । तर दुबैले यो कुरा स्विकार गरेका थिएनन् । जहाँ श्वेता यसबारे चुप लागेर बसिन् भने अभिनवले यसलाई अस्विकार गरे । तर अभिनवले रिसमा श्वेताकी छोरी पलकलाई पनि थप्पड हानेको बताइएको छ । त्यसपछि श्वेता सिधा पुलिस स्टेशन पुगे ।

धेरैजसो नशामा रहन्छन् अभिनवः

वेबसाइटले आफ्नो स्रोतको हवाला दिँदै पुलिस स्टेशनमा श्वेता आफ्नी छोरीसँगै रोइरहेकी थिइन् र चिच्याइरहेकी थिइन् । त्यतिबेला उनकी आमा पनि सँगै भएको बताइन्छ । श्वेताले पुलिसलाई अभिनव धेरैजसो रक्सीको मातमा मात्र भइरहेका जानकारी दिएकी छिन् । उक्त घटनापछि अभिनवलाई आइतबार करिब १ बजे पुलिस स्टेशन पुर्याइयो । त्यसपछि उनीहरु चारैजना करिब ४ घण्टासम्म त्यहाँ बसे । यद्यपि, अन्त्यमा श्वेताले आफू कानूनी लडाईं नलड्ने र यो मामलालाई घरमा नै सुल्झाउने कोसिस गर्ने भन्दै पुलिस स्टेशनबाट बाहिरिएको बताइन्छ ।

यद्यपि, एक अन्य वेबसाइटका अनुसार यो मामलामा अभिनवविरुद्ध मुद्दा दर्ता भएको छ जसमा अभिनवले श्वेताकी छोरी पलकका लागि अभद्र भाषासमेत प्रयोग गरेको थिए । श्वेताले अभिनवमाथि छोरीमाथि अभद्र टिप्पणी गरेर र अक्टोबर सन् २०१७ मा आफ्नो मोबाइलमा मोडलका अश्लील तस्बिर देखाएर उनको ९पलकको० शालीनता नष्ट गरेको आरोप लगाइन् ।

स्मरण रहोस्, श्वेताको पहिलो विवाह राजा चौधरीसँग भएको थियो तर यो विवाहमा पनि उनी घरेलु हिंसाको शिकार भइन् ।

-एजेन्सी


चितवनमा शालिकरामका पक्षमा पनि जुलुस, रविका पक्षधरले गाडी ताेडफाेड गरे

चितवन । टेलिभिजन पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धानका लागि चितवन प्रहरीको हिरासतम

‘चाडो बजेट खर्च गर्न निर्देशन’

बिराटनगर । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले उपलब्धि देखिनेगरि समयमै शतप्रतिशत बजेट खर्च गर्न

चुनावमा होमियो नेकपा, धरानमा बृहत कार्यकर्ता भेला

धरान । यही मंसिर १४ गते उपनिर्वाचन हुने निश्चित भएसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चुनावी अभियानमा हो