विर्तामोड - ७, ८ र ९ वडाको संयुक्त 'कार्यालयमा बिहानै बम बिस्फोट'

  • प्रकाशित मितिः श्रावण 27, 2076
  • 286 पटक पढिएको
  • औजार संवाददाता

झापाको विर्तामोड नगरपालिकाका दुई वडाको संयुक्त कार्यालयमा सोमबार बिहानै बम बिस्फोट भएको छ । बिहान साढे ४ बजे विर्तामोड नगरपालिका वडा नम्बर ७, ८ र ९ को संयुक्त कार्यालयमा बम बिस्फोट भएको हो ।

बिस्फोटका कारण कार्यालयमा रहेका कम्प्युटरसहितका उपकरण तथा कागजात नष्ट भएका छन् । यस्तै झ्यालका सिसा फुटेका छन् । कार्यालयको ५० मिटर वरपर रहेका घरका झ्यालका सिसा पनि फुटेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

बिस्फोट भएको बम प्रेसर कुकर बम हुन सक्ने आशंका प्रहरीले गरेको छ । अहिले सुरक्षा व्यवस्था कडा पारिएको डिएसपी श्रेष्ठले बताएका छन् ।

बम बिस्फोट कसले गराएको भन्ने यकिन नभए पनि देशका विभिन्न स्थानमा स्थानीय तहका कार्यालयमा लक्षित गरी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बिस्फोट गराइरहेकाले यो बिस्फोटमा पनि उसकै संलग्नता हुन सक्ने अनुमान प्रहरीको छ ।

wadaa

-एजेन्सी


चितवनमा शालिकरामका पक्षमा पनि जुलुस, रविका पक्षधरले गाडी ताेडफाेड गरे

चितवन । टेलिभिजन पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धानका लागि चितवन प्रहरीको हिरासतम

‘चाडो बजेट खर्च गर्न निर्देशन’

बिराटनगर । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले उपलब्धि देखिनेगरि समयमै शतप्रतिशत बजेट खर्च गर्न

चुनावमा होमियो नेकपा, धरानमा बृहत कार्यकर्ता भेला

धरान । यही मंसिर १४ गते उपनिर्वाचन हुने निश्चित भएसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चुनावी अभियानमा हो