भोजपुरका पहिरो पीडितलाई युएईबाट सहयोग

  • प्रकाशित मितिः श्रावण 24, 2076
  • 145 पटक पढिएको
  • टीकाराम बस्नेत

युएई । वर्षायामको समयमा भोजपुर जिल्लाका विभिन्न स्थानमा पहिरोका कारण ज्यान गुमाएका परिवालाई वैदेशिक रोजगारीका लागी युएईमा रहेकाहरुले सहयोग संकलन सुरु गरेका छन् ।
भोजपुर घर भइ युएईमा रहेका नेपालीहरुको संस्था हातेमालो सेवा समाज युएईले पहिरो पीडितहरुलाई राहत दिनकालागि सहयोग संकलन सुरु गरेका छन् । अहिलेसम्म ३ हजार दिराम सहयोग उठिसकेको छ । अहिलेसम्म पहिरो पीडितहरुलाई कतैबाट सहयोग तथा राहत नआएकोले हातेमालो सेवा समाज युएई को आकस्मिक बैठक बसी पहिरोमा परी ज्यान गुमाउनेहरुको परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको अध्यक्ष भीम थापाले बताए । उनले युएईमा रहेका नेपालीहरुलाई आफ्नो अभियानमा सहयोग गर्न समेत अपिल गरेका छन् । भोजपुर हातेमालो सेवा समाजले विभिन्न समयमा दैबिक प्रकोप तथा पीडितलाई सहयोग गर्दै आएको र आगामी दिनमा पनि गर्ने बरिष्ट उपाध्यक्ष छिरिङ्ग शेर्पाले बताए ।
भोजपुर जिल्लामा पहिरोमा परी असार २८ गते ट्याम्के मैयुङ्ग गाउँपालिका वाड नं ९ लेखरक ओइराङका १४ वर्षीया बालक जनक विक, रामप्रसाद राई गाउँपालिका–७ बासीखोराका ६६ वर्षीया जगतबहादुर राई र रामप्रसाद राई गाउँपालिका–५ मानेभञ्ज्याङका स्थानीय कुमार राईकी श्रीमती मन कुमारी राई ३५ वर्षीया, १७ वर्षीया छोरा शिव कुमार राई, १५ वर्षीय छोरा शक्ति कुमार राईको ज्यान गएको थियो ।


धरानको नवनिर्वाचित नगर प्रमुखद्वारा पदभार ग्रहण - करको दर पुनरावलोकन गर्ने उद्घोष

धरान । धरान उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख तिलक राईले पदभार ग्रहण गरेका छन् ।बुधबार दिउँसो पदभ

वडाध्यक्ष सुवेदीले पदभार ग्रहण गरे

धरान । उपनिर्वाचनबाट निर्वाचित भएका धरान उपमहागरपालिकाका ७ नं. वडाका वडाध्यक्ष जीवनराज सुवेदीले पदभार ग

आज धरानका नवनिर्वाचित मेयरले कार्यभार सम्हाल्ने - नराम्रा काम रोक्दै राम्रो काम गर्ने प्रतिबद्धता

धरान । उपनिर्वाचन मार्फत् निर्वाचित भएका धरानका मेयर तिलक राईले आज (बुधबार) धरान उप महानगरपालिकाको कार्य