चुनावमा होमियो नेकपा, धरानमा बृहत कार्यकर्ता भेला

  • प्रकाशित मितिः श्रावण 22, 2076
  • 3386 पटक पढिएको
  • औजार संवाददाता

धरान । यही मंसिर १४ गते उपनिर्वाचन हुने निश्चित भएसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चुनावी अभियानमा होमिएको छ ।
बुधबार धरानको सदन सभाहलमा अगुवा कार्यकर्ता भेलाको आयोजना गर्दै नेकपाले कार्यकर्तालाई चुनावी अभियानमा लाग्न निर्देशन दिएको छ । सदन सभाहलमा पूर्व नेकपा एमालेका कार्यकर्ताहरु भेला भएका थिए । ‘नेकपाको एकिकरण तल्लो तहसम्म आइनपुगेको र धरान उपमहानगरको सपथ भइनसकेकोले पूर्व नकेपा एमाले सम्बद्ध कार्यकर्ताहरुको मात्र भेला गर्नुपरेको’ तत्कालिन एमाले धरान उपमहानगर सचिव राजमणी निरौलाले बताए । निरौलाले ‘उपनिर्वाचन घोषणा भइसकेको र समयावधी ३ महिना मात्र भएकोले धरानमा मेयर निर्वाचित गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारी पार्टीलाई भएकोले अहिले तत्कालिन एमालेकै कार्यकर्ताहरुको मात्रै भएपनि भेला बोलाउनु परेको’ बताए ।
भेलालाई सम्बोधन गर्दै नेकपा एक नं. प्रदेश सदस्य तथा सुनसरी जिल्ला सचिव रमेशकुमार बस्नेतले नेकपाको एकिकरण प्रकृया सुरु भएसँगै २ वर्षदेखि तल्लो तह संगठन विहिन भएको अवस्थामा कार्यकर्ता अलमलिएको र पार्टीको नीति निर्देशन तल्लो तहसम्म नपुगेकोले अहिले कार्यकर्ता भेला आवश्यक रहेको बताए । बस्नेतले धरानको विकास गर्न स्व.तारा सुब्बाको भिजनलाई सार्थक पार्ने जिम्मेवारी नेकपाका सम्पूर्ण कार्यकर्ताको भएको भन्दै अब टोल–टोल, वडा–वडामा अभियान सुरु गर्न निर्देशन दिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा धरानका अध्यक्ष नारायण सुवेदीले धरानमा नेकपाकै जनप्रतिनिधीको नेतृत्वमा उपमहानगरपालिका भएको र जनप्रतिनिधीले गरेको कामलाई विपक्षीले तोडमोड गरेर भ्रम सिर्जना गरेको भन्दै त्यसतर्फ नलाग्न कार्यकर्तालाई आह्वान गरे । धरान अध्यक्ष सुवेदीले धरानको खानेपानी आयोजनाको काम ९५ प्रतिशत सम्पन्न भएको र अहिले घर घरमा खानेपानी वितरण हुने अवस्था आइपुग्दा विपक्षी दलले जनतामा खानेपानी असफल भएको भन्दै भ्रम फैलाएको भन्दै त्यस तर्फ सचेत हुन आग्रह गरे ।
कार्यक्रममा नेकपा जिल्ला सदस्य मुरारी सुवेदीले नेकपाको नेतृत्वमा भएका कामहरुको बारेमा जानकारी गराएका थिए । उनले ५ वर्षकालागि चुनिएका जनप्रतिनिधीले २ वर्षमा धेरै काम गरेको र यही रफ्तारले काम गर्दा अबको ३ वर्षमा धरान एक नं. प्रदेशकै समृद्ध सहर बन्ने दाबी गरे । उनले विगतदेखि नै बामपन्थीको नेतृत्वले धरानलाई समृद्धी तर्फ डोहो¥याएको स्मरण गर्दै नेकपा बाहेकको कुनै पनि दलले धरानको नेतृत्व गर्नै नसक्ने बताए ।


उपनिर्वाचनमा साढे ४ लाख मतदाता

काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनमा साढे ४ लाख मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले सार्

तत्काल नतिजा दिन सक्ने नेतृत्व आवस्यक

तपाई निकै वर्ष राजनीतिमा ओझेलमा पुर्न भयो नी, किन ? मलाई पहिलो संविधान सभाको निवार्चनमा पाटीले उम्मेद्धवा

'धरानकाे विकासकाेलागि कांग्रेसकाे बिकल्प छैन'

सुजेन्द्र तामाङ सुनसरी जिल्लाको युवा नेता हुन् । उनी नेपाली काँग्रेस जिल्ला कार्य समितीको सचिव एवम् प्