अमेरिका : 'टेक्ससमा गोली प्रहारबाट २० जनाको हत्या'

  • प्रकाशित मितिः श्रावण 19, 2076
  • 340 पटक पढिएको
  • औजार संवाददाता

अमेरिकाको टेक्सस राज्यमा भएको बन्दुक आक्रमणमा परेर कम्तीमा २० जनाको मृत्यु भएको र २६ जना घाइते भएका बताइएको छ।

एल पासो सहरमा भएको उक्त घटनालाई टेक्ससका गभर्नरले आफ्नो प्रान्तका लागि ूइतिहासकै सबैभन्दा घातक दिन मध्येको एक रहेकोू बताएका छन्।

घटना अमेरिका र मेक्सिकोको सिमानाभन्दा केही पर रहेको वालमार्ट स्टोरमा भएको हो ।

प्रहरीले एक जना २१ वर्षीय युवालाई हिरासतमा लिएको छ।

संदिग्ध व्यक्ति ड्यालस सहरका बासिन्दा हुन्, जुन एल पासो भन्दा एक हजार ४६ किलोमिटर पूर्वतिर पर्छ।
अमेरिकी सञ्चार माध्यमहरूले उनको नाम प्याट्रिक क्रुसिअस रहेको बताएका छन्।

घटनामा परेका पीडितहरूको नाम भने हालसम्म खुलाइएको छैन।

मेक्सिकोका राष्ट्रपतिले आफ्ना तीन जना नागरिकको मृत्यु र ६ जना घाइते भएको बताएको रोयटर्स समाचार संस्थाले जनाएको छ।

पछिल्लो एक सातामा अमेरिकामा भएको यो दोस्रो बन्दुक आक्रमण हो।

यसअघि क्यालिफोर्निया राज्यमा गोली लागेर तीन जनाको मृत्यु भएको थियो।

टेक्ससमा भएको घटनालाई अमेरिकाको पछिल्लो कालखण्डको आठौँ घातक बन्दुक आक्रमणका रूपमा अर्थ्याइएको छ।

-एजेन्सी


धरानको नवनिर्वाचित नगर प्रमुखद्वारा पदभार ग्रहण - करको दर पुनरावलोकन गर्ने उद्घोष

धरान । धरान उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख तिलक राईले पदभार ग्रहण गरेका छन् ।बुधबार दिउँसो पदभ

वडाध्यक्ष सुवेदीले पदभार ग्रहण गरे

धरान । उपनिर्वाचनबाट निर्वाचित भएका धरान उपमहागरपालिकाका ७ नं. वडाका वडाध्यक्ष जीवनराज सुवेदीले पदभार ग

आज धरानका नवनिर्वाचित मेयरले कार्यभार सम्हाल्ने - नराम्रा काम रोक्दै राम्रो काम गर्ने प्रतिबद्धता

धरान । उपनिर्वाचन मार्फत् निर्वाचित भएका धरानका मेयर तिलक राईले आज (बुधबार) धरान उप महानगरपालिकाको कार्य