विमान अपहरण काण्डमा बनेकाे वृत्तचित्र धरानमा प्रदर्शन

  • प्रकाशित मितिः श्रावण 18, 2076
  • 1457 पटक पढिएको
  • औजार संवाददाता

धरान । नेपाली कांग्रेस धरान नगर समितिको आयोजनामा ‘प्रजातन्त्रका लागी अपहरण’ नामक वृत्तचित्र शनिबार धरानमा प्रदर्शन गरिएको छ ।
नेपालमा प्रजातन्त्र प्राप्तीका लागाी ऐतिहासिक ‘विमान अपहरण काण्ड’ को विषयमा बनाइएको वृत्तचित्र शनिबार विहान धरानको गणेश टाकिजमा प्रदर्शन गरिएको थियो । शाहवंशिय राजाको निरंकुशता विरुद्ध नेपाली कांग्रेसले संघर्ष गरेको समयमा पार्टी चलाउन तथा संघर्ष सफल बनाउन पैसा आवश्यक भएपछि विमान अपहरण गरेर ३० लाख लुटिएको थियो । तत्कालीन कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाको योजनामा कांग्रेस नेता दुर्गा सुवेदी, बसन्त भट्टराई र नगेन्द्र ढुंगेलले २०३० जेठ २८ गते विमान अपहरण गरेका थिए । विमान अपहरण गरेर नेपाल राष्ट्र बैंक विराटनगर शाखाले काठमाडौ पठाएको ३० लाख भारु लुटिएको थियो ।
लुटिएको रकमले कांग्रेसले प्रजातान्त्रीक आन्दोलन सफल गर्न र सशस्त्र संघर्ष गर्न हतियार खरिद गर्न प्रयोग गरेको थियो । धरानमा भएको वृत्तचित्र प्रदर्शनी हेर्न प्रदेश सांसद् चन्द्रप्रसाद श्रेष्ठ, कांग्रेस धरान सभापति तिलक राई, सचिवद्वय श्याम पोखरेल र युवराज शंकर लगायत संघिय समाजवादी फोरमका धरान अध्यक्ष ताजुव लिम्बू लगायत सञ्चारकर्मी, कांग्रेसका नेता कार्यकर्ता लगायत उपस्थित थिए । वृत्तचित्र हेर्नका लागी साथ दिन विमान अपहरणमा प्रत्यक्ष संलग्न भएका बसन्त भट्टराई समेत सहभागी भएका थिए । वृत्तचित्रलाई जगत नेपालले लेखन निर्देशन गरेका हुन् भने सम्पादन मानबहादुर थापाले गरेका हुन् । वृत्तचित्रमा विमान अपहरण गर्ने तीनै जनाको अनुभव राखिएको छ भने स्व. गिरिजाप्रसाद कोइरालाको भनाइ समेत समेटिएको छ । त्यस्तै गरी वृत्तचित्रमा विमान अपहरण गरेर फारविसगंज पु¥याउदा विमान प्रत्यक्ष देखेका स्थानीयको भनाई, विमानका चालक, सहचालक तथा यात्रुहरुको भनाइ समेत राखिएको छ ।


धरानको नवनिर्वाचित नगर प्रमुखद्वारा पदभार ग्रहण - करको दर पुनरावलोकन गर्ने उद्घोष

धरान । धरान उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख तिलक राईले पदभार ग्रहण गरेका छन् ।बुधबार दिउँसो पदभ

वडाध्यक्ष सुवेदीले पदभार ग्रहण गरे

धरान । उपनिर्वाचनबाट निर्वाचित भएका धरान उपमहागरपालिकाका ७ नं. वडाका वडाध्यक्ष जीवनराज सुवेदीले पदभार ग

आज धरानका नवनिर्वाचित मेयरले कार्यभार सम्हाल्ने - नराम्रा काम रोक्दै राम्रो काम गर्ने प्रतिबद्धता

धरान । उपनिर्वाचन मार्फत् निर्वाचित भएका धरानका मेयर तिलक राईले आज (बुधबार) धरान उप महानगरपालिकाको कार्य