उपमहानगरपालिका अन्तर कर्मचारी ब्याटमिन्टन प्रतियोगिता सुरु

  • प्रकाशित मितिः श्रावण 17, 2076
  • 116 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरान उपमहानगरपालिका अन्तर कर्मचारी ब्याटमिन्टन प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।
धरान नगर खेलकुद विकास समितिको आयोजनामा भएको ब्याटमिन्टन प्रतियोगितामा ३४ जना खेलाडीको सहभागीता रहेको समिति संयोजक सुवास राईले बताए । उनका अनुसार पुरुष डबल र महिला सिंगल विधामा स्पर्धा भइरहेको छ । पुरुष डबलका विजेताले नगद रु १० हजार, उपविजेताले ६ हजार र तेस्रो हुनेले २ हजार साथै महिला सिंगल तर्फको विजेताले ४ हजार, उपविजेताले २ हजार र तेस्रो हुनेले १५ सय नगद पुरस्कार प्राप्त गर्ने राईले बताए ।
ब्याटमिन्टन प्रतियोगिता संघिय इकाइ प्रहरी कार्यालयको ब्याटमिन्टन कोर्टमा भइरहेको छ भने फाइनल शनिबार हुने आयोजक समिति संयोजक सुवास राईले बताए ।


चितवनमा शालिकरामका पक्षमा पनि जुलुस, रविका पक्षधरले गाडी ताेडफाेड गरे

चितवन । टेलिभिजन पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धानका लागि चितवन प्रहरीको हिरासतम

‘चाडो बजेट खर्च गर्न निर्देशन’

बिराटनगर । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले उपलब्धि देखिनेगरि समयमै शतप्रतिशत बजेट खर्च गर्न

चुनावमा होमियो नेकपा, धरानमा बृहत कार्यकर्ता भेला

धरान । यही मंसिर १४ गते उपनिर्वाचन हुने निश्चित भएसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चुनावी अभियानमा हो