रोनाल्डोलाई रियलमा सधै सम्झिरहने छु

  • प्रकाशित मितिः श्रावण 15, 2076
  • 503 पटक पढिएको
  • औजार संवाददाता

स्पेनिस महारथी क्लब रियल मड्रिडमा अध्यक्ष फ्लोरेन्टिनो पेरेजले आफ्नो पूर्व खेलाडी क्रिस्टियानो रोनाल्डोलाई सधै सम्झिरहने बताएका छन् । उनले रोनाल्डोलाई आफ्नो पूर्व खेलाडी र विश्वको उत्कृष्ट गरी दुई आधारमा सधै सम्झिरहने बताएका हुन् ।

‘म उनलाई सधै सम्झिरहने छु । किनकी म रोनाल्डोको फ्यान हु र उनी विश्वकै उत्कृष्ट खेलाडी पनि हुन् ।’ मार्साले प्रदान गरेको ‘लेजेन्ड्री लाइफटाइम अचिभमेन्ट अवार्ड’ समारोहमा पेरेजले भने, ‘उनी एक महान खेलाडी हुन् र म उनीसँग मेरो सम्बन्ध राम्रो छ । तर, रियल, बार्सिलोना र युभेन्ट्समा उनको बारेमा धेरै आलोचना भए । जुन प्रेसले गरेको थियो ।’

उनले थपे, ‘रोनाल्डोले युभेन्ट्सलाई लगातार आठौं सिरी ए उपाधि दिलाउन महत्वपूर्ण भुमिका खेले । जहाँ उनले एक खेलाडीको रुपमा आफुलाई मजबुद गर्नका लागि रियल छोडेका हुन् ।’

६ वर्ष प्रिमियर लिग क्लब म्याचेस्टर युनाइटेडमा बिताएका रानाल्डाले पनि युनाइटेड भन्दा रियललाई बढी सम्झिने बताएका छन् । ‘म रियललाई युनाइटेड भन्दा बढी सम्झिन्छु । किनकी यो मेरो जीवनको परिस्थितीसँग गाँसिएको विषय छ । जहाँ मेरा बच्चा जन्मे र हुर्के ।’

रियलमा नौ वर्ष बिताएका रोनाल्डो गत सिजन १०० मिलियन युरोमा इटालीयन सिरी ए च्याम्पियन युभेन्ट्स पुगेका थिए । उनले रियलमा रहँदा दुई ला लिगा र चार च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

गत सिजन पाँच पटकका बालोन डि’ओर विजेता रोनाल्डो विनाको रियलले निराशाजनक आफ्नो सिजनको अन्त्य गर्यो । च्याम्पियन्स लिगमा शीर्ष १६ मा आयाक्ससँग पराजित भएको रियल ला लिगामा च्याम्पियन बार्सिलोना भन्दा १९ अंकले पछि परेको थियो ।

-एजेन्सी


चितवनमा शालिकरामका पक्षमा पनि जुलुस, रविका पक्षधरले गाडी ताेडफाेड गरे

चितवन । टेलिभिजन पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धानका लागि चितवन प्रहरीको हिरासतम

‘चाडो बजेट खर्च गर्न निर्देशन’

बिराटनगर । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले उपलब्धि देखिनेगरि समयमै शतप्रतिशत बजेट खर्च गर्न

चुनावमा होमियो नेकपा, धरानमा बृहत कार्यकर्ता भेला

धरान । यही मंसिर १४ गते उपनिर्वाचन हुने निश्चित भएसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चुनावी अभियानमा हो