के हुदैछ जनता क्याम्पस को चुनाब ? को-काे छन् स्वतन्त्र उम्मेद्वार ?

  • प्रकाशित मितिः श्रावण 13, 2076
  • 162 पटक पढिएको
  • औजार संवाददाता

जनता बहुमुखी क्याम्पसको व्यवस्थापन समिति निर्वाचनको अन्तिम नामावली प्रकाशित भइसकेकाे छ । नयाँ कार्यसमिति चयनको लागि जारी निर्वाचन प्रक्रिया अन्तर्गत अन्तिम नामावली प्रकाशित भएको हो । प्रकाशित नामावली सँगै नयाँ कार्यसमितिको लागि चुनावी प्रक्रिया सुरु भएको निर्वाचन समितिले जनाएको छ ।२७ जनाले उम्मेद्वारी दर्ता गराएकोमा पटक पटक को छलफल पश्चात १५ जनाको उम्मेद्वारी फिर्ता नभए पछि अन्तिम नामावली प्रकाशित गरि निर्वाचन प्रक्रिया शुरु भएको हो ।

१३ जना सदस्य निर्बाचन बाट,४ जना सदस्य मनोनित गरि व्यवस्थापन समितिमा १७ जना सदस्य रहने व्यवस्था गरिएको छ ।१३ जना निर्बाचित व्यवस्थापन समिति हुने भएकाले चुनाबी मैदानमा नेपाली काङ्ग्रेस, नेकपा, राप्रपा र समाजवादी पार्टीको संयुक्त प्यानल बनेको र आफु स्वतंत्रै उम्मेद्वार भएको यज्ञ बहादुर कटवालले जानकारी दिनुभयो । दलीय सहमति अनुसार १३ सदस्यीय सम्युक्त प्यानल बनेको छ । भागबण्डा अन्तर्गत काङ्ग्रेसको तर्फबाट ६, नेकपा बाट ५ र राप्रपाबाट २ जनाको उम्मेद्वारी रहेको छ ।सर्बदलीय प्यानलमा काङ्ग्रेसको तर्फबाट विकास केसी, तीर्थ पराजुली, शिवराज दाहाल, देवु निरौला, ज्योति कोइराला र प्रमोद भट्टराईको उम्मेद्वारी परेको छ ।नेकपा बाट रेवतीरमण भण्डारी, चन्द्र भट्टराई, रेवतीप्रसाद घिमिरे, ईश्वर भट्टराई, भीमप्रसाद सुवेदी , राप्रपाबाट युगप्रिय निरौला र आकाशहाङ लिम्बू , समाजबादी बाट सुहाम फेवा लिम्बु लाई मनोनित सदस्य बनाउने सर्बदलीय सहमति भएको छ ।दलीय प्यानल बाहेक स्वतन्त्र उम्मेद्वार रुपमा यज्ञ बहादुर कटवाल र हेमसागर तिम्सिना चुनावी मैदानमा देखिएका छन् । निर्वाचन समिति संयोजक गीता अधिकारीका अनुसार १४ गते मङ्गलबार बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म चुनाव हुने भएको छ ।


उपनिर्वाचनमा साढे ४ लाख मतदाता

काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनमा साढे ४ लाख मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले सार्

तत्काल नतिजा दिन सक्ने नेतृत्व आवस्यक

तपाई निकै वर्ष राजनीतिमा ओझेलमा पुर्न भयो नी, किन ? मलाई पहिलो संविधान सभाको निवार्चनमा पाटीले उम्मेद्धवा

'धरानकाे विकासकाेलागि कांग्रेसकाे बिकल्प छैन'

सुजेन्द्र तामाङ सुनसरी जिल्लाको युवा नेता हुन् । उनी नेपाली काँग्रेस जिल्ला कार्य समितीको सचिव एवम् प्