नेपाल लोकतान्त्रीक किरात लिम्बू संघकाे बैठक धरानमा, महासचिवमा याम सुब्बा, काेषाध्यक्ष नरेश इवारम

  • प्रकाशित मितिः श्रावण 10, 2076
  • 453 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरानमा भएको नेपाल लोकतान्त्रीक किरात लिम्बू संघ केन्द्रीय कमिटिको चौथो पूर्ण बैठकले याम सुब्बालाई महासचिवको जिम्मेवारी दिएको छ ।
यस अघि संघको महासचिव तारा सुब्बा रहेका थिए । तारा सुब्बाको निधन भएपछि महासचिव पद रिक्त रहेको थियो । संघका कोषाध्यक्ष रहेका इटहरीका याम सुब्बालाई महासचिवको जिम्मेवारी दिएपछि कोषाध्यक्षको जिम्मेवारी भने केन्द्रीय सदस्य नरेश इवारमलाई दिएको छ । त्यस्तै गरी हर्कजंग एभेङलाई केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी दिइएको छ । उनी अहिले केन्द्रीय सदस्य समेत रहेका छन् ।
त्यस्तै गरी नेकपा एमालेको भातृ संगठनको रुपमा रहेको नेपाल लोकतान्त्रिक किरात लिम्बू संघ र माओवादीको भातृ संगठन किरात लिम्बूवान राष्ट्रिय मुक्ति मोर्चाबीच एकिकरण गर्नकाल गाी सम्पूर्ण जिम्मेवारी संघका केन्द्रीय अध्यक्ष त्रिवेणी चोङबाङलाई जिम्मेवारी दिइएको छ । संघकोे बैठकले दुई संघको एकिकृत नाम ‘लिम्बुवान राष्ट्रिय मोर्चा’ प्रस्ताव गर्ने निर्णय गरेको संघका केन्द्रीय सदस्य टिकाराम माङ्लेनले बताँए ।


संविधान पूर्ण कार्यान्वयको आवश्यकताः संविधान दिवसकाे शुभकामना !

धरान । एक नं. प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले संविधानको पूर्ण कार्यान्वयन आजको आवश्यकता भएको ब

नेकपा विवाद झनै चुलियो प्रदेश एक नेकपामा पनि तालाबन्दी

इटहरी । कमरेड पार्टीमा हाम्रो पनि लगानी छ, श्रीमती र छोराछोरीलाई दिने किसिमको अंश नसम्झिनु पार्टीलाई । ६०&

'सर्बोच्चका वकिल गर्जिए के लोकतन्त्रामा ठुला मान्छेको बिरोध गर्नै पाइन्न' ? (भिडियो हेर्नुहोस)

बरिष्ठ अधिवक्ता विष्णु प्रसाद भट्टराईले राष्ट्रपति कुनै धार्मिक क्रियाकलापमा सहभागी हुने अधिकार नभएको