'आगोको भूमि जहाँ चार हजार वर्षदेखि निरन्तर बलिरहेछ आगो' (भिडियोसहित)

  • प्रकाशित मितिः श्रावण 10, 2076
  • 423 पटक पढिएको
  • औजार संवाददाता

चार हजार वर्षदेखि निरन्तर आगो बलिरहेको छ भन्दा अनौठो लाग्न सक्छ । तर, वास्तविकताको हो । अजरवैजानको यानार डागको पहाडमा बलेको आगो चार हजार वर्षयता निभेको छैन ।

आगोको भूमि भनी चिनिने उक्त क्षेत्रमा प्राकृतिक ग्याँसको भण्डार भएकाले ग्याँस निरन्तर बलिरहेको हो । पाचौं शताब्दीमा यानार डागमा पुगेका फ्रान्सेली यात्री पार्को पोलोदेखि लेखक अलेक्जेन्डर डुमास समेतले प्राकृतिक आगोको ज्वाला देखेको उल्लेख गरिएको छ ।

वैज्ञानिक अनुसन्धानबाट त्यस क्षेत्रमा ठूलो ग्याँस भण्डार रहेकाले पहाडको छेउमा आगो बल्ने गर्छ । आगो बल्न कसरी शुरु गर्यो भन्नेबारे पनि विभिन्न भनाइ छन् ।

कतिपयले दैवि शक्तिमा विश्वास गर्छन् । जतिसुकै आँधी, हिमपात र पानीले पनि आगो निभाउँदैन । यही आगोका कारण अजरबैजानलाई अग्नि भूमि पनि भन्ने गरिन्छ ।

-एजेन्सी


चितवनमा शालिकरामका पक्षमा पनि जुलुस, रविका पक्षधरले गाडी ताेडफाेड गरे

चितवन । टेलिभिजन पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धानका लागि चितवन प्रहरीको हिरासतम

‘चाडो बजेट खर्च गर्न निर्देशन’

बिराटनगर । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले उपलब्धि देखिनेगरि समयमै शतप्रतिशत बजेट खर्च गर्न

चुनावमा होमियो नेकपा, धरानमा बृहत कार्यकर्ता भेला

धरान । यही मंसिर १४ गते उपनिर्वाचन हुने निश्चित भएसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चुनावी अभियानमा हो