'खलासी देखिएको भन्दै ढाड फुस्कने गरि कुटिए शिक्षक'

  • प्रकाशित मितिः श्रावण 2, 2076
  • 459 पटक पढिएको
  • औजार संवाददाता

एक साता अगाडी भोजपुर सदरमुकामस्थित सगरमाथा हायर इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल रमेशकुमार आलेले विद्यालय समयमा टाइ र कोट नलगाएको भन्दै आफ्नै शिक्षक अतित अधिकारीलाई कुटेको खवर अहिले चर्चामा छ ।

प्रिन्सिपल आलेले आफ्नै कार्यकक्षमा बोलाएर टाइ र कोट नलगाउदा खलासि जस्तो देखिएको भन्दै निहुँ खोजेर कुटपिट गरेको पीडित शिक्षक अधिकारीले बताउदै आएका छन ।
पहिले पनि धम्की दिने गरेको भन्दै पीडित क्षिकले आफ्नो गाला र ढाड फुस्कने गरि कुटपिट गरेको सञ्चार माध्ययममा बताउदै आएका छन । यता प्रिन्सिपल आलेले भने, शिक्षकको व्यवहार नै अस्वभाविक भएकाले विद्यार्थी र अभिभावकबाट समेत गुनासो आएको कारण सम्झाउन खोजेको बताउन्छन ।

विद्यालयमा टोलाउने, काम नगर्ने भएको कारण सम्झाएको मात्र हो उनले सञ्चार माध्ययम संग आफ्नो बयान दिदै आएका छन । कुटपिटको आरोप निराधार भएको उनको दाबी रहदै आएका छन ।

ताप्लेजुङ सिरिजंघा गाउँपालिका १ घर भएका २८ वर्षीय अधिकारी विगत पाँच महिनादेखि उक्त विद्यालयमा कक्षा ७ देखि १० लाई अनिवार्य गणित र ऐच्छिक गणितको शिक्षकको रुपमा कार्यरत रहदै आएका छन ।

न्यायको लागी उनले जिल्ला प्रसासनमा उजुरी दर्ता गराई सकेका पीडित शिक्षकले विद्यालयले नियुक्ति पत्र पनि नदिएको उनको गुनासो पोख्दै आएका छन ।

-एजेन्सी


चितवनमा शालिकरामका पक्षमा पनि जुलुस, रविका पक्षधरले गाडी ताेडफाेड गरे

चितवन । टेलिभिजन पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धानका लागि चितवन प्रहरीको हिरासतम

‘चाडो बजेट खर्च गर्न निर्देशन’

बिराटनगर । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले उपलब्धि देखिनेगरि समयमै शतप्रतिशत बजेट खर्च गर्न

चुनावमा होमियो नेकपा, धरानमा बृहत कार्यकर्ता भेला

धरान । यही मंसिर १४ गते उपनिर्वाचन हुने निश्चित भएसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चुनावी अभियानमा हो