आरक्षण माग्दै धरानमा सिठ्ठि जुलुस

  • प्रकाशित मितिः असार 30, 2076
  • 1009 पटक पढिएको
  • औजार संवाददाता

धरान । नेपाल आदिवासी जनजाति महासंघ नगर परिषद् धरानको अगुवाईमा लोक सेवा आयोगमा पाउदै आएको जातिय आरक्षणको माग गर्दै धरानमा सिटी जुलुस निकालिएको छ ।
धरान उपमहानगरपालिकाको कार्यालय अगाडीबाट सिठ्ठी फुक्दै निस्केको जुलुस छाताचोक हुँदै भानुचोक आइपुगेको थियो । पहिलादेखि नै नेपाल आदिवासी जनजाति, दलित, मुस्लिम, अपाङ्ग, महिला र पिछडा वर्गहरुले लोकसेवा आयोगमा पाउँदै आएको आरक्षण सिटहरु कटौती गरेर लोक सेवा आयोगले कर्मचारी नियुक्त गर्न विज्ञापन निकालेकोले त्यसका विरुद्ध आफुहरु आन्दोलीत भएको नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष सुवास हुक्पा चोङवाङले बताए ।
आदिवासी जनजाती महासंघले आन्दोलनका विभिन्न कार्यक्रमको घोषणा गरेको छ । आन्दोलनको कार्यक्रम अन्तर्गत ३० गते सिटी जुलुस, ३१ गते जुलुस सहित ¥याली प्रदर्शनी, साउन २ र १० गते नेपाल बन्द गरी थप आन्दोलनका कार्यक्रमहरू अगाडी बढाइने चोङबाङले बताए । सिटी जुलुसमा जनजाति, आदिवासी, दलित, अपाङ्ग, मधेशी, मुस्लिम, पिछडा वर्गका अगुवाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा संघीय लिम्बुवान मञ्चका सुनसरी अधयक्ष सरस्वती सुबबा, संघीय समाजवादी धरान नगर अध्यक्ष ताजुव लिम्बू, दलित अभियन्ता रमेश गजमेर, महासंघका पूर्व अध्यक्ष सुजेन्द्र तामाङलगायतले बोलेका थिए ।


‘अभूतपूर्व एकताका कारण धरानमा चुनाव जित्न सफल’ : सभापति देउवा

धरान । पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले अभुतपूर्व एकताका कारण धरानमा नेपाली

स्वर्गीय मेयर राईसँग जोडेर मेरो गलत प्रचारवाजी भयोः नेता आचार्य

धरान । नेपाल कम्यूनिष्ट पाटीका केन्द्रिय स्थायी कमिटी सदस्य एव्म १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्यले दि

‘कम्युनिष्टले देश कब्जा गर्न खोजे’

दमक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिस्टहरूले देश कब्जा गर्न खोजेको आरोप लगाए