अविरल वर्षाले जनकपुर डुबानमा, 'मुख्यमन्त्री र प्रहरी कार्यालय नै जलमग्न' (फोटोफिचर)

  • प्रकाशित मितिः असार 27, 2076
  • 332 पटक पढिएको
  • औजार संवाददाता

बुधबार रातिदेखि परिरहेको वर्षाले जनकपुर उपनगरपालिकाको अधिकांश क्षेत्र जलमग्न भएको छ । दुई दिनदेखि निरन्तर शुक्रबार बिहानसम्म वर्षा हुँदा जनकपुरको २५ वडा पूरै जलमग्न भएको छ भने धनुषाको दक्षिणी क्षेत्र बढी प्रभावित भएको छ ।


एसियाली विकास बैंकको एकीकृत सहरी विकास परियोजनाद्वारा नगरमा भइरहेको सडक स्तरोन्नति कार्यक्रममा ढल व्यवस्थापन नगरेका कारण पानीको निकास हुन नसकी नगरका अधिकांश क्षेत्र पस्दा जलमग्न भएका हुन् ।

janakk
वर्षाले जिल्ला प्रहरी कार्यालय र संघीय प्रहरी कार्यालय, जनकपुर अञ्चल अस्पताल, जनकपुरको प्रमुख चौक रामानन्द द्वार ९चौक०, मुख्यमन्त्री कार्यालय, धनुषाको जिल्ला प्रशासन कार्यालय जलाशयमा परिणत भएको छ भने नगरका मुख्य सडक जलमग्न भएपछि आवागमनमा समेत समस्या भएको छ ।

janakkl
त्यस्तै करोडौं रुपैयाँ खर्चेर निर्माण गरिएको जनकपुर अञ्चल अस्पतालको नव निर्मित भवनको आकस्मिक कक्षमा समेत पानी जनमेको छ । आकस्मिक कक्षको छत चुहिएका कारण पानी जमेको हो ।

यसैगरी लगातारको भारी वर्षाका कारण जनकपुरको ऐतिहासिक बाह्रबिघा रंगभूमी मैदान, उद्योग वाणिज्य संघ, भानु चोक, मिल्स एरिया, मुरली चोकदेखि विश्वकर्मा चोक, कदम चोक, सरकारी कार्यालय क्षेत्रका सडक र परिसर समेत जलमग्न भएको हो ।

janakkk
जनकपुर मिथिलाको प्राचीन एवं ऐतिहासिक नगरीका रुपमा परिचित जनकपुरमा खाल्टाखुल्डी सडक, ढलको उचित निकास र फोहर व्यवस्थापन मुख्य समस्याका रुपमा रहेको छ । लगातार १४ घण्टा भएको मुसलधारे वर्षाका कारणले गर्दा सडक जलमग्न बनेको छ ।

-एजेन्सी


उपनिर्वाचनमा साढे ४ लाख मतदाता

काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनमा साढे ४ लाख मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले सार्

तत्काल नतिजा दिन सक्ने नेतृत्व आवस्यक

तपाई निकै वर्ष राजनीतिमा ओझेलमा पुर्न भयो नी, किन ? मलाई पहिलो संविधान सभाको निवार्चनमा पाटीले उम्मेद्धवा

'धरानकाे विकासकाेलागि कांग्रेसकाे बिकल्प छैन'

सुजेन्द्र तामाङ सुनसरी जिल्लाको युवा नेता हुन् । उनी नेपाली काँग्रेस जिल्ला कार्य समितीको सचिव एवम् प्