गलबन्दी च्यातियो, अन्ततः शम्भु राईको जीत

  • प्रकाशित मितिः असार 9, 2076
  • 19406 पटक पढिएको
  • औजार संवाददाता

अन्ततः शम्भु राईको जीत भएको छ । गायन र संगितको क्षेत्रमा चर्चाभन्दा मिहेनतमा विश्वास गर्ने शम्भु राईको ‘आउ नाचौं साथी हो कम्मर कसेर’ गीतको संगित गलबन्दी च्यातियो बोलको गीतसँग लय भाका हुबहु भएको ठहर कला क्षेत्रका संघसंस्थाहरुबाट हुन थालेको छ ।

गलबन्दी च्यातियोका संगितकारले नियतवश लय भाका हुबहु बनाएको ठहर किराती नव सांस्कृतिक केन्द्रले गरेको छ । अध्यक्ष राकेश किरातीले प्रेस विज्ञप्तिमार्फत् चलाखीपूर्ण ढंगले लय भाका मिलाएको ठहर गरेको हो ।

कला क्षेत्रमा चोरी चकारीका कारण सृजनाहरु ऋपमान र असुरक्षित भएको भन्दै चर्चित हुने प्रवृत्रि र लोभ लालचले सृजनशिलता नै शुन्य हुने खतरा बढेकोतर्फ सचेत गराइएको छ । शम्भु राईलाई क्षतिपूर्ति सहित न्याय प्रदान गर्न माग समेत गरिएको छ ।

यसअघि गलबन्दी च्यातियो बोलको गीतका संगितकार प्रकाश सपूतले लय भाका संयोगले मिल्न गएको स्वीकारिसकेका छन् । उनले नियतवश नभई संयोगले मात्र भएको दाबी गरेका थिए ।

bigyapti

-एजेन्सी


धनकुटा ७ मा टोलटोल सम्म कांग्रेस

धरान, १७ साउन, धनकुटाको टोल टोल सम्म नेपाली कांग्रेसको सदस्यता वितरण गरी सवै टोलहरुमा टोल समिति गठन गरी नय

सभामुखद्वारा इदउल अजहाकाे अवसरमा शुभकामनमा

धरान । १ नं. प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले एक शुभकामना सन्देश जारी गर्दै इद उल अजहाको अवसरमा शुभक

काँग्रेस केन्द्रीय महिला विभाग सचिवमा धरानकी लक्ष्मी खतिवडा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय महिला विभागमा सच