विद्यार्थीलाई होटल म्यानेजमेन्ट सम्बन्धी शिक्षा

  • प्रकाशित मितिः जेठ 31, 2076
  • 543 पटक पढिएको
  • औजार संवाददाता

धरान । एसईई दिएर बसेका विद्यार्थीहरुलाई होटल म्यानेजमेन्टको अध्ययन सम्बन्धी परामर्श कक्षा तथा प्रत्यक्ष अवलोकन गराईएको छ ।
स्टार वल्र्ड एकेडेमीमा ब्रिज कोर्ष गरी रहेका विद्यार्थीहरुलाई धरान इन्टरनेशनल कलेज अफ होटल म्यानेजमेन्टले होटल म्यानेजमेन्ट अध्ययन र त्यसको भविष्यका बारेमा समेत जानकारी गराएको छ । शुक्रबार कलेजको अवलोकन गर्न आइपुगेका विद्यार्थीहरुलाई होटल म्यानेजमेन्ट, कलिनरी आर्टस् (पाक शिक्षा) को बारेमा जानकारी गराइएको कलेजका सिइओ लोकेन्द्र श्रेष्ठले बताए । ९० जनाको संख्यामा रहेका विद्यार्थीहरुलाई होटल म्यानेजमेन्ट अध्ययन गरिरहेका विद्यार्थीहरुले समेत पढाइका बारेमा ज्ञान बाडेका थिए । उनीहरुलाई प्रत्यक्ष रुपमा होटल म्यानजेमेन्टका प्राक्टीकल कक्षाहरु, खानेकुरा पकाउने कला देखाइएको थियो ।
विद्यार्थीहरुलाई होटल म्यानेजमेन्ट अध्ययनका विषयमा प्रकाश पार्दै सिइओ श्रेष्ठले अहिले विश्वमा नै पर्यटन उद्योगको वृद्धि हुने क्रम तिब्र गतिमा भइरहेको, अहिलेका मानिसहरु विभिन्न स्थानमा घुम्न रुचाउने गरेको र नयाँ नयाँ परिकारहरुको स्वाद लिने बानीको विकास भइरहेकोले पर्यटन उद्योगको बृद्धि तिब्र रुपमा भएको बताएका थिए । उनका अनुसार नेपाल पनि विश्व पर्यटन उद्योगको महत्वपूर्ण गन्तव्य भएको भन्दै यस उद्योगमा दक्ष जनशक्तिको माग उच्च रहेको बताउँदै विद्यार्थीहरुलाई होटल म्यानेजमेन्ट पढ्दा बेरोजगार हुनुनपर्ने धारणा राखेका थिए ।


उपनिर्वाचनमा साढे ४ लाख मतदाता

काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनमा साढे ४ लाख मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले सार्

तत्काल नतिजा दिन सक्ने नेतृत्व आवस्यक

तपाई निकै वर्ष राजनीतिमा ओझेलमा पुर्न भयो नी, किन ? मलाई पहिलो संविधान सभाको निवार्चनमा पाटीले उम्मेद्धवा

'धरानकाे विकासकाेलागि कांग्रेसकाे बिकल्प छैन'

सुजेन्द्र तामाङ सुनसरी जिल्लाको युवा नेता हुन् । उनी नेपाली काँग्रेस जिल्ला कार्य समितीको सचिव एवम् प्