एसईई आइडल स्टेट वानको फाइनल शुक्रबार हुने

  • प्रकाशित मितिः जेठ 29, 2076
  • 200 पटक पढिएको
  • औजार संवाददाता

धरान । एसईई आइडल स्टेट वानको ग्राण्ड फाइनल यही शुक्रबार धरानको सभागृहमा सम्पन्न हुने भएको छ ।
फाइनल राउण्डमा टप १० जनाले प्रतिष्पर्धा गर्ने आयोजक फक्ताङलुङ मिडियाले जनाएको छ । कार्यक्रम एफटिएल अनलाइन टिभिमा प्रसारण भइरहेको छ । गत वैशाखमा अडिसन लिइएको एसईई स्टेट वान आइडलको विभिन्न चरण हुँदै शुक्रबार ग्राण्ड फाइनल हुन लागेको फक्ताङलुङ मिडियाका अध्यक्ष डम्बरकुमार तुम्बापोले बताए । रिदम, गला र मेघा राउण्ड हुँदै प्रतिष्पर्धीहरु ग्राण्ड फाइनलमा पुगेका हुन् । कार्यक्रमको प्रमुख अतिथि एक नं. प्रदेशका प्रदेश प्रमुख गोविन्द तुम्बाहाङ रहने आयोजकले जानकारी दिएको छ । शुक्रबार दिउँसो २ः३० बजेबाट कार्यक्रम सुरु हुने र कार्यक्रममा एसईईसँग सरोकार राख्ने सबै सरोकारवालाहरुलाई निमन्त्रणा गरिएको समेत आयोजकले जनाएको छ । कार्यक्रमलाई हिमशिखर टेलिभिजन, कृति टेलिभिजन र सिटि सिनेमाले प्रत्यक्ष प्रसारण गर्ने भएका छन् ।
आइडलको विजेताले ५० हजार नगद सहित निःशुल्क ११ र १२ कक्षा अध्ययन गर्ने मौका पाउने तुम्बापोले बताए । उनका अनुसार फस्ट रनरअपले नगद रु ३० हजार सहित ५० प्रतिशत छात्रवृत्ति, तेस्रो हुनेले २० हजार नगद सहित ३० प्रतिशत छात्रवृत्ति र टप टेन सबैलाई २० प्रतिशत छात्रवृत्तिको व्यस्था गरिएको छ । उनीहरुको इच्छा अनुसार काठमाडौको जेभियर इन्टरनेशनल कलेज, झापाको झापा मोडल स्कुल, धरानको युएन कलेज, पथरीको एभरेष्ट स्कुल लगायतका कलेजमा छात्रवृत्ति उपलब्ध छ ।
आइडलका फाइनल कार्यक्रमका बारेमा जानकारी दिन धरान स्थित युएन कलेजमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा युएन कलेजमा बिएचएम पहिलो वर्षमा अध्ययनरत विद्यार्थीहरुको प्राक्टिकल समेत गरिएको थियो । जसमा विद्यार्थीहरुले पढेको सैदान्तिक शिक्षालाई व्यवहारिक रुपमा गरेका थिए । उनीहरुले विभिन्न परिकारहरु पकाएर पत्रकार सम्मेलनमा उपस्थित अतिथीहरुलाई सर्भ गरेका थिए । फाइभ स्टारमा पकाउने तथा सर्भ गर्ने गरी विद्यार्थीहरुले युएन कलेजमा बिएचएम अध्ययन गरिरहेका छन् ।


चितवनमा शालिकरामका पक्षमा पनि जुलुस, रविका पक्षधरले गाडी ताेडफाेड गरे

चितवन । टेलिभिजन पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धानका लागि चितवन प्रहरीको हिरासतम

‘चाडो बजेट खर्च गर्न निर्देशन’

बिराटनगर । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले उपलब्धि देखिनेगरि समयमै शतप्रतिशत बजेट खर्च गर्न

चुनावमा होमियो नेकपा, धरानमा बृहत कार्यकर्ता भेला

धरान । यही मंसिर १४ गते उपनिर्वाचन हुने निश्चित भएसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चुनावी अभियानमा हो