'व्यापारमा लगानी मैत्री वातावरणको आवश्यक छ'

  • प्रकाशित मितिः जेठ 27, 2076
  • 160 पटक पढिएको
  • औजार संवाददाता

व्यापारी, व्यवसायी तथा उद्योगीहरुको साझा संगठन सुनसरी उद्योग वाणिज्य संघको जेठ २७ गते हुन लागेको नयाँ कार्यसमिती चयनका लागि बराह ज्वेलरी ईण्डष्ट्रिज प्रालि धरान शाखा प्रमुख मानबहादुर दियालीले पनि आफ्नो उम्मेदवारी दिएका छन् । अघिल्लो कार्य समितीमा सदस्यका रुपमा विजयी भई धरानको व्यापार व्यवसायको प्रवद्र्धनका लागि अहंम भुमिका निर्वाह गर्ने दियालीले पुनः संघको जिम्मेवारी निर्वाह गर्न आफ्नो उम्मेदवारी दिएका छन् ।
वाणिज्य तर्फको उम्मेदवार रहेका दियालीले उद्योग, व्यवसायको हक हित, विकाश र प्रवद्र्धनका लागि बनाउनु भएको योजना र निर्वाचनको तयारीका विषयमा गरिएको कुराकानी प्रस्तुत गरिएको छ ।

संघको कार्यसमितिका लागि पुनः उम्मेदवारी दिदै हुनुहुन्छ किन ?
व्यापार व्यवसायसँगै विगतको समय सिकाई र अनुभवमा नै खेर गयो आगामी दिनमा सिकेका कुराहरुलाई संगठीत र संस्थागत रुपमा लैजानका लागि मैले उम्मेदवारी दिएको हुँ । उद्योग, व्यापार व्यवसाय र उद्योगीहरुको समस्या कुनै एक व्यक्ति वा फर्मले मात्र समाधान गर्न नसकिने रहेछ संस्थागत रुपमा पहल गर्दा तमाम उद्योगी व्यवसायीको समस्या समाधान गर्न र आगामी आउने दिनहरुका लागि नीति निर्माण गरि धरानलाई समृद्धी शहर बनाउन आफ्नो एकल दृष्टिकोण भिजन प्लानबाट मात्र सम्भव नभएकोले बराह बिजनेस गु्रप अन्तर्गत विभिन्न व्यवसायिक युनिटहरुमा २५ बर्ष देखी व्यापार व्यवसाय एवम् सामाजिक कार्यक्रमहरुमा सक्रिय सहभागीता रहदै आएको हुनाले सामुहिक रुपमा मात्र सम्भव र संस्थागत भएकोले मैले उम्मेदवारी दिएको हुँ ।

निर्वाचनको तयारी कस्तो छ ?
उद्योग वाणिज्य संघ सुनसरीमा आवद्ध व्यवसायीहरुसंग आफ्नो उम्मेदवारीको जानकारी सहित दैनिक भेटघाट भईरहेको छ । भेटघाटका क्रममा उहाहरुबाट सकारात्मक सहयोग गर्ने प्रतिवद्धता सहित हौसला प्रदान गरि रहनुभएको छ ।

तपाईको कार्यकालमा गरेका भुमिकाको विषयमा जानकारी गराई दिनु न ?
मेरो कार्यकालको अवधीमा कार्यसमितिले गरेका महत्वपूर्ण निर्णयहरुलाई सकारात्मक कार्यान्वयन गर्दै सुनसरी उद्योग वाणिज्य संघको हरेक गतिविधीहरुमा सक्रिय सहभागीता रह्यो । त्यसैगरि करदाता शिक्षा कार्यक्रम, सि.सि क्यामेरा जडान, विभिन्न निकायहरुसंग अन्तरकृया भेटघाट लोकल गाईड पर्यटन प्रवद्र्धन कार्यक्रम, यातायात एवम् टूाफिक व्यवस्थापन सम्बन्धी अन्तरक्रिया कार्यक्रम, प्राविधीक एवम् व्यवसायिक शिक्षा तालिम, निर्वाचन पर्यवेक्षण, समृद्धी आयोजना संचालन बारे अन्तरक्रिया कार्यक्रम, वाढी पिडितहरुलाई राहत वितरण कार्यक्रम, स्वास्थ्य जनचेतना कार्यक्रम, प्रादेशीक महोत्सव–२०७४, हस्तकला तालिम, कृषि उत्पादन र आर्गनिक खेती र स्थानीय उत्पादनलाई प्रोत्साहन गरि बजारीकरण एवम् निर्यात प्रवद्र्धनमा सकारात्मक सहयोगी भुमिका रह्यो ।

धरानको उद्योग व्यवसायको अवस्थालाई कसरी नियाल्नु भएको छ ?
धरानको व्यापार व्यवसाय दिन प्रतिदिन खस्कदो अवस्थामा रहेको छ । विशेष गरि आन्तरिक एवम् वाह्य पर्यटकहरु भिœयाउन र शान्ती सुरक्षा सहित रात्रीकालीन बजारहरु खुलाउँदा खस्कदो व्यापार व्यवसायलाई माथी उकास्न सहयोग मिल्नेछ त्यसैगरि स्थानीय वस्तुगत व्यवसायिक संघ–संस्था, संघीय प्रदेश र स्थानीय सरकारसंगको सहकार्य एवम् समन्वयमा नीजि क्षेत्रलाई साझेदार संस्थाको रुपमा विकास गरि व्यवसायिक क्षेत्रको समग्र विकासका लागि लगानी मैत्री वातावरणको आवश्यकता रहेको छ ।

उद्योगी व्यवसायको समस्या समाधान गर्न तपाईको भुमिका कस्तो रहन्छ ?
उद्योगी व्यवसायको विकास र धरानको समृद्धीलाई व्यवसायीको सम्मान र अधिकारको लागि निरन्तर लागी रहने छु । वैज्ञानिक कर प्रणालीलाई कार्यान्वयन गर्न मेरो महत्वपूर्ण भूमिका रहने छ । उद्योगी व्यापारी, व्यासायीहरुको सुख–दुखमा मेरो सदैव साथ एवम् समन्वय रहनेछ । साथै धरानको खस्कदै गएको व्यापार व्यवसायलाई माथि उकास्न योजनाबद्ध ढंगले अघि बढ्ने छु ।

अन्त्यमा उद्योगी व्यवसायीका लागि के भन्नु हुन्छ ?
यसपाली पनि वाणिज्य तर्फको सदस्य पदमा उम्मेदवारी दिएको छु । मैले इमान्दारीपूर्वक संघमा रहेर व्यापार व्यवसायसंगै सामाजिक अभियन्ताको रुपमा सकृय काम गरेको छु । यि सबै कुरालाई हेरेर पनि आदरणिय उद्योगी, व्यवसायी र व्यापारी मतादाता महानुभावहरुले मलाई मतदान गरिदिनुहुनेछ भन्ने विशेष आग्रह गर्छु र प्रतिबद्धता पनि जनाउदछु कि म तपाईहरुले दिनभएको मत खेर जान दिने छैन । आफुले अघिल्लो कार्यकालमा भएका सिकाई र अनुभवलाइ्र्र उद्योग, व्यापार , व्यवसायीक विकास र धरानको समृद्धीलाई व्यवसायीको सम्मान र अधिकारको लागि निरन्तर यो क्षेत्रको हितमा प्रतिवद्ध रहनेछु ।


चितवनमा शालिकरामका पक्षमा पनि जुलुस, रविका पक्षधरले गाडी ताेडफाेड गरे

चितवन । टेलिभिजन पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धानका लागि चितवन प्रहरीको हिरासतम

‘चाडो बजेट खर्च गर्न निर्देशन’

बिराटनगर । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले उपलब्धि देखिनेगरि समयमै शतप्रतिशत बजेट खर्च गर्न

चुनावमा होमियो नेकपा, धरानमा बृहत कार्यकर्ता भेला

धरान । यही मंसिर १४ गते उपनिर्वाचन हुने निश्चित भएसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चुनावी अभियानमा हो