‘व्यापारीलाई हेर्ने नजर बदलिनुपर्छ’

  • प्रकाशित मितिः जेठ 27, 2076
  • 164 पटक पढिएको
  • औजार संवाददाता


राजु शाह (एशोसिएट तर्फका उम्मेदवार)

एशोसिएट तर्फका उम्मेदवार हुन् राजु शाह । एशोसिएट अर्थाट् ठूला व्यापारी । शाहको बाबा इन्टरप्राइजेज नामको हार्डवेयर पसल, मनकामना ट्रेडर्स नाममको खाद्यान्न पसल र मनकामना ढुवानी सेवा धरानमा विगत लामो समयदेखि चलि आएको व्यापार हो । खास गरी उनका बुवा राजेन्द्र शाहले व्यापार व्यवसायको सुरुवात गरेका हुन् । बुवाको एउटा व्यवसायलाई अहिले राजु शाहले सम्हालेका हुन् भने उनले व्यवसाय सम्हालेपछि अरु २ वटा व्यवसाय थपेका हुन् ।
एशोसिएट तर्फका उम्मेदवार भनेपछि धरानका ठूला व्यापारी भनिरहन परेन । उनले व्यवसायमा केही पोलिसि परिवर्तन गरे भने पनि धरानको पुरै व्यवसायमा त्यसले अर्थ राख्छ । अझ भनौ उनले गर्ने व्यवसायले धरानमा राम्रै प्रभाव पार्छ । राजु शाह भन्छन् ‘सुनसरी उद्योग वाणिज्य संघमा एशोसिएट तर्फ दर्ता हुने फर्महरुलाई १० गुणा बढी शुल्क तिराउने तर त्यो १० गुणा बढी शुल्क तिरे वापतको सुविधामा भने केही तल माथी नगर्ने नियम छ, त्यसले गर्दा हामीलाई मार परिरहेको छ यसलाई परिवर्तन गर्न जरुरी छ ।’ उनी उद्योग वाणिज्य संघमा गएर विशुद्ध व्यापारीका लागी काम गर्ने मनसाय व्यक्त गर्छन् । उनी भन्छन् –‘धरानमा व्यवसायीका लागी आवश्यक पर्ने मजदुर भेटिदैनन् भेटीए पनि अग्रिम रुपमा पैसा लिने र भाग्ने समस्या अत्याधिक छ यसले गर्दा व्यवसायीलाई ठूलो समस्या पर्छ ।’ त्यसैले गर्दा उनी मजदुरको व्यवस्थापन गर्नुपर्छ भन्ने राय राख्छन् । ‘मजदुरलाई उचित पारिश्रमिक दिएर जिम्मेवार बनाउनु हाम्रो दायित्व हो, संघको दायित्व हो मैले जितेर गए भने म यो समस्यालाई उठान गरेर टुंगोमा पु¥याउछु ।’
उनी धरानमा व्यापारीलाई हेप्ने परिपाटी रहेको औल्याएका छन् । उनी दुःखेसो गर्छन् ‘हामी उवा संघ हाम्रो साझा संस्था भन्छौ तर हामी मारमा पर्दा राम्रो एक्सन लिन सक्दैन । व्यापारीलाई हेप्ने परिपाटीका कारण धेरै भन्दा धेरै उधारोमा जाने र पछि उठाउन नसक्ने स्थिति बन्छ । नदिउ भने पनि धम्कि आउँछ, व्यापार गर्नैप¥यो तर अब भने उधारोले व्यापारी डुब्नु हुँदैन ।’ अब यसका लागी पनि अवारनेश कार्यक्रम चलाउने र त्यस्तो कार्य गर्नेलाई निरुत्साहित गर्ने हो भने विस्तारै यो समस्या हट्ने उनी विश्वास गर्छन् । युवा जोशका साथ उवा संघमा गएर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफुलाई मतदान गरी विजयी गराउन उनी आह्वान गर्छन् ।


भूमिसुधार ऐन पनि आइसक्यो लगत पनि उठाइयाे अब कार्यविधि आएपछि सुकुम्बासीलाई धनीपूर्जा

धरान, ३ मंसिर । नेकपाका जिल्ला सदस्य तथा निर्वाचन परिचालन कमिटि धरानका सह संयोजक मुरारी सुवेदीले कार्यवि

पार्टीको सेटिङले खानेपानी अलपत्र ः समाजवादी उम्मेद्धवार

समाजवादी पार्टीका मेयर उम्मेदवार गजेन्द्र इस्बोले धरानमा समस्या रहेकाे मध्ये खानेपानी रहेकोले तत्काली

जनता भन्छन् ‘अरुका कुरा सुन्ने मात्र हो, भोट त सूर्यमा पक्का छ’

धरान । धरान उपमहानगरपालिकाको मेयरका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार प्रकाश राईको घरदै