साइनाे

  • प्रकाशित मितिः जेठ 25, 2076
  • 180 पटक पढिएको
  • जनकऋषि राई चाम्लिङ

उसले छोरालाई ‘नमस्ते’ गर्न लगाउँदा मेरो पहिलो उपस्थिति थियो,त्यो घरमा । त्यो उपस्थिति पनि उसैले कर गरेर भएको हो । साँच्चै भन्ने हो भने म पनि चाहन्थे कि उसले मलाई उसको घर लान कर गरोस् र म उसको घर जान सकुँ । त्यसपछि मेरो उपस्थिती त्यस घरमा निरन्तर रहोस् । उसले मलाई घर लान किन मरिहत्ते गरिन्,म उसको मनोविज्ञान बुझिरहेको थिएँ । सायद,उनीले पनि बुझेकी थिईन् होली । चिनजान नै नभएको एक्लो घरमा म किन आउन राजी भएँ । हाम्रो भेट खासै पुरानो पनि होइन । अझ भनौं न चिनेको नै महिना दिनमात्र भएको थियो । महिना अगाडिसम्म न त देखादेख थियो न त कुनै औपचारिक चिनजान । सात पुस्ता केलाउँदा पनि कुनै साइनो सम्बन्ध नपर्ने । तर, घनिष्ठ बनिसकेका थियौं(एउटा मनोविज्ञानले) । मैले यत्तिमात्र सहयोग गरेको थिएँ । उनीलाई कि, उसको छोराको शल्यक्रियामा मैले रगत दिएको थिएँ । त्यसबेला रक्त सञ्चार सेवामा रगत अभाव थियो । चौकको क्लबले मेरो मोबाइल नम्बर दिएपछि उनीले मसँग रगतको याचना गरेको थिइन् । रगत अभावको समयमा मैले दिएको रगतले उनको छोराको ज्यान पनि बचेको थियो । भन्न त त्यसबेला नै भनेकि थिइन्‘तपाईंले रगत दिनु भयो अब त तपाइँ पनि त्यसको बुबा बन्नुभो ।’ निकै कर गरेर एक बोतल वियर खान लगाएर फलपूmल किनेका झोला मेरो हातमा थमाइदिएकि थिइन् । यही नै हो महिना दिन अगाडिको भेट । त्यसपछि फोनमा कुराकानी हुने गथ्र्यो । श्रीमान बिदेशमा भएको, अहिलेसम्म घरखर्च नपठाएको, आपूm पनि विदेश जान लागेकोले पासपोर्टसम्म बनाएको कुरा ।


ò ò ò


आज पहिलो उपस्थिति हो मेरो त्यस घरमा । बेलुकीको खाना खानेगरि बोलाएको हुनाले अलि साँझ पारेर कोठामा पुगेको थिएँ । बोलाएको समयभन्दा आधा घण्टा ढिलो गरेर पुग्दा उनको कोठाको बत्ति बलिसकेको थियो । त्यो हाम्रो पहिलो औपचारिक भेटमा मलाई पत्याएकी थिइनन् रे म अविवाहित भन्ने कुरा । उनले ढोकाबाटै भनिन्‘भाउजूले आउन दिनु भएन कि क्या हो ?’ मलाई के लाग्यो भने उसले यो कुरा उनीसँगै डेरागरि बस्ने उनको छिमेकीलाई सुनाउनको लागि पनि थियो कि उसको घरमा बेलुकी अविवाहित केटा आउनु छिमेकीको लागि फुर्सदमा गफ गर्ने मेलो बन्थ्यो । ...सायद, यही भएर पनि उसले मेरो ढिलो अनुपस्थितिलाई भाउजुसँग जोडेर सम्बोधन गरिन् । यसो गर्दा छिमेकीलाई कइरन हुन्थ्यो(हाम्रो साइनोको) । मैले रगतमात्र दिएँ तर देखेको थिइन उसको छोरा कस्तो छ ? उनीले छोरालाई बोलाईन् र भनिन्‘नमस्ते गर, अङ्कललाई ।’ पाँच वर्षको छोरो दौडेर आयो । र, आमासँग ढेसिएर लाज मानीमानी उभियो । बालक स्वभाव उसले आप्mनै लयमा जिब्रो निकाल्दै आमाको लुङ्गीको फेर समातेर लुकेर हे¥यो । अहँ, तर नमस्ते गरेन । उनी मतिर हेरेर भन्दै थिइन्‘हेर्नु न दाइ, यो त जंगली छ । मान्छे नै नदेखे जस्तो ।’
मैले गोजीबाट ‘जंक फुड’ को पोका नानीलाई दिएँ । उभिरहेको आमाको लुङ्गीको फेरबाट नै आफुलाई लुकाउँदै नानीले मेरो हातबाट थुतेर लग्यो । उसले यति छिटो त्यो पोका थुत्यो कि मैले अनुमान नै गरेको थिइन् । नानी पोको बोकेर दौड्दै बाहिरियो । मलाई उसको थुताई मजा लाग्यो एउटा बालसुलभ व्यवहार । म पनि सानोमा एकदमै लजालु थिएँ रे आमाले भन्नु भएको कुरा(पाहुना आउँदा साइनो अनुसार ढोगेर भागिहाल्थेँ रे पाहुनाले ल्याइदिएको खानेकुरा भाइलाई थाप्न पठाउँथे रे मलाई मेरो पुरानो कुराको सम्झना गराईदियो उसकी नानीले । नानी दौडेर बाहिर गएपछि अलिक जिस्किने पारामा भनिन्‘ऊ..ऽ..ऽ...त्यस्तो पो छ है तपाइँको छोरो ।’ उनी पनि हाँस्दै बाहिरिइन् । अनुभूत गरिन् होली, नबोल्ने कुरा बोलेँ भनेर ।
झ्यालमा झुण्डाएको फोटो हेरेर अनुमान गरेँ फोटो श्रीमानश्रीमतीको हो । नानीसँग ठ्याक्क अनुहार मिल्दोरहेछ, उनको श्रीमानको । मैले वातावरण मेरो अनुकुल बनाउनको लागि जिज्ञासा राखें,‘नानीको बाऊ उहाँ नै हो भन्ने कुरामा दुईमत छैन । अनुहार ठ्याक्क मिल्छ ।’
‘त्यो फटाहासँग अनुहार मिलेपनि त्यसको जस्तो बिहोरा नमिलोस् मेरो छोराको ।’यसरी ‘त्यो’ शब्द भनेर सम्बोधन गर्दा उनीहरुबीच सम्बन्ध राम्रो नभएको अनुमान गरेँ । दुई वर्ष भयो रे श्रीमान विदेशिएको, दुई वर्षमा चार पटक गरेर जम्माजम्मी एक लाख पैतिस हजार पठाईदिएको रे इत्यादि । उनी भन्दै थिइन् ‘नानीलाई पढाउनु प¥यो, घरभाडा तिर्नु प¥यो, दुःख बिराम पर्छ त्यसको एकलाखले पुग्छ । कति दुःख खपेर बसेको छु ।’
उनीले मेरो अनुहारमा हेरेर अलिक लजाएजस्तो गरि मुसुक्क हाँसिन् । यो हाँसो उनी आफैले बोलिसकेको ‘कति दुःख खपेर बसेको छु’ भन्ने शब्दपछिको मौनतालाई तोड्नको लागि थियो । किन हाँसिन् ? भन्ने कुरा पहिले त बुझिनँ । पछि अनुमान गरे।उनले बोलेको ‘कति दुःख खपेर बसेको छु’ भन्ने शब्दले उनलाई बढी लज्जावोध गराएको थियो । सायद, त्यही भएर पो हाँसेकी हुन् कि ?

ò ò ò


‘उहाँ नै त हो नी मेरो छोरालाई रगत दिने ।’ उसले पल्लो कोठाको अधबँैसे महिलासँग मलाई चिनाइ दिई । मैले नमस्ते गरेँ, ति महिलाले पनि उसैगरि फर्काइन् । दुईबीच अलिक टाढाको साइनो अनुसार सासु बुहारी पर्ने रहेछ, ति अधबैसें
महिलाको सम्बोधनबाट थाहा पाएँ । ति महिलाले भनेकि थिइन्‘हेर्नु न नानी, भतिजो विदेश गएको खोजखबर पनि छैन । यस्तो बेला धन्न मेरो नातिको जिऊ जोगाईदिनु भयो ।’ पहिलो आगमन भनेर होला मेरो लागि वियर ल्याईदिएकि थिइन् । मैलेपनि हार्दिकता साट्न अर्काे गिलास मागेर अधबैँसे महिलालाई पनि दिएँ, ति महिलाले ‘पर्दैन’ भन्दै थिइन् । अधबैँसे महिलाले मेरो बारेमा यतिधेरै सोधखोज गरे कि मैले त्यसरी सोधखोज हुन्छ भनेर कल्पनानै गरेको थिइन । उनी कुराकानीको सिलसिलामा यो पनि भन्न छुटाउँदैनथे कि ‘मेरो त बानी नै यस्तो हो, नरिसाउनु है ।’
मैले ती महिलालाई सुरुमा त ठानेँ यी त हनुमान ढोकाको केरकार शाखाको हवल्दार हुन् कि क्या हो ? तर, जतिबेला उहाँले कुरा गाँठो पार्नुभो त्यसपछि भने मेरो सारा शङ्का हट्यो । मैले त सोचेको थिएँ यी महिलाले श्रीमान् नभएको घरमा आउनुको
उदेश्यलाई शङ्का गरेर सोधेको होलाजस्तो लागेको थियो । कुरालाई गाँठो पार्दै भनेकि थिइन्‘हेर्नु न नानी, के पर्छ पर्छ परदेशको माम्लो ? तपाइँ खोटाङकै ‘रोदुङ’१ रहेछ, मेरो माइती पनि खोटाङ नै हो । मेरो माइती गाउँको मान्छे भएपछि नानी त मेरो माइती नै हो नि केही सारोगारो प¥यो भने तपाइँलाई सम्झन्छौँ है ।’ ती महिलाले अनेकथरि सोधेर साइनो लाउन खोजेपनि साइनो नपरेपछि मलाई ‘गाउँले माइती’ भनेका थिए । मैले पनि किराती संस्कार अनुसार नै ‘नाना’२ मानें र नमस्कार गरे । नानाले भन्दै हुनुहुन्थ्यो, ‘बाटोमा भेट्दा बोल्नु है नानी ।’ राति नौ बजेसम्म गफिएर बस्यौं । त्यसबेलासम्म ती अधबैँसे महिला आप्mनो कोठामा गइसकेकि थिइन् । म पनि विदा मागेर जुत्ता लगाउँदै थिएँ,लोड सेडिङको कारणले विजुली गयो । उसले सुस्तरी भनिन्‘एकछिन बस्नु न । लाइन आएपछि जानु ।’अधबैसें महिला पनि मैन बत्ति बालेर बाहिर निस्कदैँ भनिन्,“नानी लाइन पनि गयो,एकछिन बस्नु लाइन आएपछि जानु ।’ त्यसपछि अधबैसें महिलाले हकार्दै उनलाई भनिन्,‘पारुको आमा तिमी त कस्तो मान्छे, पाहुनालाई बाहिर राखेको ।’ ‘उहाँले जान्छु भनेपछि के गर्नु त ?’ ‘त्यो त तिमीले पो जान्नुपर्छ । फेरिफेरि काम लाग्ने मान्छेलाई एकैपटकमा काबु बनाउँछ ।’ मतिर हेरेर बोलिन् ,‘नानी, अहिलेको आइमाइसँग नि नानी सोमत नै हुँदैन ।’ मैले त्यसबेला थाहा पाएँ छोराको नाम पारु रहेछ । मेरो अनुमानमा पारुहाङ नाम होला सजिलोको लागि पारुमात्र भनिएको होला । नामको सवालमा बाँकी थियो,सोध्ने कुरा । मैले अनेक गर्दा पनि उसले नाम भनेकि थिइनन् । ‘भेटमै भनौंला’ भनेर टारेकी थिइन् । आजभने नाम सोध्ने मौका जुरेको थियो । मैले नाम सोधें, उसले उसैगरि भनिन्“किन चाहियो र नाम ? तपाइँलाई जे प्यारो लाग्छ त्यहि नै भन्नु नि ।’ वर्षाै देखिको निकट्ताजस्तो लाग्ने शब्दले मलाई अलिक बढि हौस्यायो । उनले चलाउँदै गरेको मोबाइल थुतँे र नाम हेरेँ ( स्वस्तिका ।
उनीले भनिन्,“अर्काको थुत्न त जान्ने हुनुहुँदोरहेछ ?’ उनले मलाई प्रयोग गरेको अघिल्ला शब्दहरु मलाई नानीको बुबा मानेको, श्रीमानलाई त्यो भनेको, दुःख खपेर बसेको छु भन्दै हाँसेको तथा थुत्न जान्ने भनेको शब्दमा मैले ‘खालि ठाउँ’ देखिरहेको थिएँ । उनका सबै कुरामा मैले किन खाली ठाउँ देखिरहँे, म आफै अचम्मित छु । उसैले जानजानी खाली ठाउँ छोडिदिएका हुन् कि मेरो अविवाहित मनोविज्ञानले मलाई त्यो खाली ठाउँ देख्ने बनाएको हो, म अलमलमा परिरहेको थिएँ ।

बाँकी अर्को हप्ता...


चितवनमा शालिकरामका पक्षमा पनि जुलुस, रविका पक्षधरले गाडी ताेडफाेड गरे

चितवन । टेलिभिजन पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धानका लागि चितवन प्रहरीको हिरासतम

‘चाडो बजेट खर्च गर्न निर्देशन’

बिराटनगर । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले उपलब्धि देखिनेगरि समयमै शतप्रतिशत बजेट खर्च गर्न

चुनावमा होमियो नेकपा, धरानमा बृहत कार्यकर्ता भेला

धरान । यही मंसिर १४ गते उपनिर्वाचन हुने निश्चित भएसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चुनावी अभियानमा हो