धरानकाे विश्वकर्मा मन्दिर अगाडी दुर्घटना एककाे मृत्यु

  • प्रकाशित मितिः जेठ 20, 2076
  • 12137 पटक पढिएको
  • औजार संवाददाता

धरान । सोमबार बेलुका धरान–८ स्थित विश्वकर्मा मन्दिर छेउमा दुर्घटना हुँदा एक युवतीको घटनास्थलमा नै मृत्यु भएको छ ।

विश्वकर्मा मन्दिर नजिकैकाे दुर्घटनामा मृत्यु हुने विपिकी स्टाफ नर्स भएकाे खुल्याे


मारेकटहरे धनकुटा घर भएकी २५ वर्षिय कविता तुम्बाको मृत्यु भएको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रहरी पोष्टले जानकारी दिएको छ । को २६ प ८५१ नं. को स्कुटीमा इटहरीबाट धरान आउदै गरेकी तुम्बा सडकमा रोकेर राखिएको ना ६ ख ४३४५ नं. को ट्रकको पछाडी छिरेकी थिइन् । घटनास्थलमा रहेका स्थानीयका अनुसार ट्रकमा डिजेल सकिएपछि त्यतिकै रोकेर राखिएको थियो भने ट्रकको पछाडी भागमा लाइट रिफ्क्टर समेत नभएको र इण्डिकेटर समेत नबाली सडकमा नै पार्क गरि राखिएको थियो ।

accident truck


उपनिर्वाचनमा साढे ४ लाख मतदाता

काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनमा साढे ४ लाख मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले सार्

तत्काल नतिजा दिन सक्ने नेतृत्व आवस्यक

तपाई निकै वर्ष राजनीतिमा ओझेलमा पुर्न भयो नी, किन ? मलाई पहिलो संविधान सभाको निवार्चनमा पाटीले उम्मेद्धवा

'धरानकाे विकासकाेलागि कांग्रेसकाे बिकल्प छैन'

सुजेन्द्र तामाङ सुनसरी जिल्लाको युवा नेता हुन् । उनी नेपाली काँग्रेस जिल्ला कार्य समितीको सचिव एवम् प्