पैसा नदिएर छोरालाई अपहरण गरेर मारिदिन्छु भनेर धम्कि दिने पक्राउ

  • प्रकाशित मितिः जेठ 10, 2076
  • 247 पटक पढिएको
  • औजार संवाददाता

महानगरीय अपराध महाशाखाले अपहरणपछि हत्या गर्ने धम्की दिएर फिरौती माग्ने दुई जनालाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले कैलालीका २४ वर्षीय लोकेन्द्र शाही र २० वर्षीय रुवि ठाकुरलाई बिहीबार साँझ गौशालाबाट पक्राउ गरेको छ । उनीहरुले सिन्धुपाल्चोकका सीताराम कार्कीलाई फोन गरेर पैसा नदिए छोरालाई अपहरण गरी गोली मारिदिन्छु भन्दै धम्की दिने गरेका थिए । पटक पटक धम्कि दिएपछि कार्की प्रहरीकोमो पुगेका थिए ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले बुद्धनगरमा औषधि पसल सञ्चालन गरेका कार्कीसँग पाँच लाख मागेको र रकम नदिए छोरालाई अपहरण गरी हत्या गर्ने धम्कि दिएको उजुरी परेको बताए ।

महाशाखाले कार्कीलाई धम्क्याउन प्रयोग भएको मोबाइल र सीमकार्डसमेत बरामद गरेको छ । पक्राउ परेका दुवै जनासँग आवश्यक अनुसन्धान भइरहेको महाशाखाले जनाइएको छ ।

-एजेन्सी


उप निर्वाचन मार्फत काँग्रेसको नेतृत्व धरानवासीले चाहेका छन् (भिडियो सहित)

       अहिले धरान उप निर्वाचनमय भएको छ । राजनीतिक दलहरु चुनावी मैदानमा होमिएका छन् । आ–आफ्नो उम्मेद्

भूमिसुधार ऐन पनि आइसक्यो लगत पनि उठाइयाे अब कार्यविधि आएपछि सुकुम्बासीलाई धनीपूर्जा

धरान, ३ मंसिर । नेकपाका जिल्ला सदस्य तथा निर्वाचन परिचालन कमिटि धरानका सह संयोजक मुरारी सुवेदीले कार्यवि

पार्टीको सेटिङले खानेपानी अलपत्र ः समाजवादी उम्मेद्धवार

समाजवादी पार्टीका मेयर उम्मेदवार गजेन्द्र इस्बोले धरानमा समस्या रहेकाे मध्ये खानेपानी रहेकोले तत्काली