राष्ट्रिय लिगकाे लागि तयारी गदैेछ धरानले!

  • प्रकाशित मितिः जेठ 9, 2076
  • 514 पटक पढिएको
  • औजार संवाददाता

बाल्यकालः मेरो बाल्यकाल सामान्य जनजीवन जस्तै नै बितेको हो । पढाई, घरको काम त्यसरी बितेको हो । तर म सानैदेखि फुटबल प्रेमी नै थिए । स्कुलदेखि नै हो । भोगटेबाट फुटबल खेल्न सुरु गरेको हो । झुम्रोको बल पनि बनाएर फुटबलको अभ्यास गरेको हो । त्यो बेला खेल भनेकै फुटबल थियो । मनोरन्जनको लागि फुटबल र सिनेमा थियो । जे कुरामा पनि म अगाडि नै थिएँ । १६ वर्षको उमेरमा नै धरान टिममा खेल खेल्ने मौका पाएँ । त्यो बेला धरान मिनी ब्राजिल थियो । सानै उमेरदेखि टिम बनाउन थाले । १८ वर्षदेखि धरानको फुटबल टिमकै नेतृत्व गर्ने मैले अवसर पाएँ  । धरान म २०३६ सालमा आएको हो । मोरङमा जन्मिए । झापामा खेती थियो । बाल्यकाल त्यही नै बित्यो । पढ्नको लागि धरान आए । २०२९ सालमा यहाँ आएर पढे । कम्टिया टोल हालको धरान १० स्थित धर्मपथमा बसेर पढेको हो । कारवाहारी स्कुलमा पढे । त्यहाँ पढेर फेरी झापा गएँ । झापाबाट बसाई नै आएँ । वुवा आमासँगै धरान–१२ मा आएको हो । सयपत्री प्रिटिगं प्रेस परिवारले सञ्चालन गर्नुभयो । मामा चन्द्र प्रसाद राई । उहाँ कवि हुनु हुन्छ । अहिले समेत महेन्द्र क्याम्पसमा मेरो मामाको किताब पढाई हुन्छ । उहाँले प्रेस सञ्चालन गर्नुहुन्थ्यो । मामाको प्रेरणाबाट प्रेस सञ्चालन गरियो । तर सुखमय र मुनाफा हुन सकेन ।

धरान पछाडि पर्ने सम्भवना छ
विकासमा पनि फड्को मारेको धरान थियो । युरोपोनियन जस्तो लाग्थ्यो । एडभान्स नै थियो । यहाँ बसोबास गर्नेहरुको रहनसहनदेखि जीवन शैली नै एडभान्स थियो । भौतिक र आर्थिक हिसाबले धरान सबल थियो । तर चेतना चाहिँ कमी थियो । वैदेशिक आम्दानीको कारणले पनि आत्म निर्भर थिएन । धरानको मान्छे चेतनाको हिसाबले पछाडी परेका थिए । हिजो र आजको तुलनामा हेर्ने हो भने पूर्वको अन्य शहरभन्दा धरान धेरै नै माथि थियो । तर अहिले भने अरु सहरले धरानलाई जित्दैछ । पछाडि पर्ने सम्भावना प्रबल देखिन्छ ।

फुटबल अघि राजनीति पछि
फुटबलको क्षेत्रमा औपचारिक रुपमा राष्ट्रिय लिग प्रतियोगिता खेलको २०४२ सालदेखि हो । धरानको टिमबाट काठमाडौमा गएर खेले । त्यो बेला पूर्वाञ्चल पहिलो भएर राष्ट्रिय लिग काठमाडौमा खेले । २०४३ सालमा ८ औं नर ट्रफि कोशी अञ्चलको टिमबाट खेलेको हो । यसमा तेश्रो स्थान प्राप्त ग¥यौ । त्यही साल नै महेन्द्र गोल्डकप वीरगन्ज, महेन्द्र गोल्डकप विराटनगर, किंग वर्थडे कप, त्रिभुवन चाइलेन्ज कप, काठमाण्डौ, कोशी अञ्चलको टिमबाट खेले । २०४५ सालमा नेपाल राष्ट्रिय अण्डर–१६ को युवा टिमबाट थाइल्याण्ड खेल्न गएँ । त्यहीँ साल ९ औं राष्ट्रिय नर ट्रफि हेटौडामा बाग्मती अञ्चललाई जितेर फस्ट बिजेता भयौं । २०४६ सालमा नै आरसिटी क्लबमा आवद्ध भएर राष्ट्रिय लिग खेल्दै सुपर राष्ट्रिय लिग च्याम्पियन भइयो ।
त्यही सालमा नै भारतको सिलगढीमा व्यवसायिक फुटबलको लागि राम्रो रकम लिएर नेपालीको तर्फबाट ३ वर्ष क्याम्पेटन सिप गरेको थिए । त्यो पनि भारतको टिममा । त्यसपछि खेल जीवनलाई विस्तारै छाड्दै फुटबलको विकासको लागि पदाधिकारीको रुपमा २०५२ सालमा गठन भएको जिल्ला सुनसरी फुटबल संघको सदस्य पदबाट सुरु गरे । २०५४ सालमा जिल्ला सचिव, २०५६ सालमा केन्द्रिय सदस्य भए । २०५८ सालमा भने केन्द्रिय उपाध्यक्ष हुँदै हाल केन्द्रिय वरिष्ठ मानार्थ उपाध्यक्ष पदमा क्रियाशील छु । साथै २०५५ सालमा धरानको फुटबललाई मिनी ब्राजिलको उपनामलाई स्थापित गर्न सबै फुटबलप्रेमीहरुको सर सल्लाहबाट धरान फुटबल क्लब जन्माएर अन्तराष्ट्रिय बुढासुब्बा गोल्डकपको नाममा २१ औ सँस्करण सम्म नेतृत्व गरिहेको धरानको खेलाडीलाई उत्पादन गर्न धरान एकेडेमी सञ्चालन, धरानको रंगशाला निर्माणको लागि राष्ट्रिय खेलकुद परिषद् सम्म बजेट र योजनाको लागि संघर्ष र आन्दोलन समेत गर्दै अघि बढिरहेको छु । यो वर्ष पहिलो पटक एन्फाले देशभरी राष्ट्रिय लिग गर्ने विधिवत कार्यक्रममा धरान फुटबल क्लबले राष्ट्रिय लिग खेल्ने घोषणा समेत गरि युद्ध स्तरमा तयारी गर्दै आइरहेको पनि अवगत गराउँदछु ।

राजनीति क्षेत्रको जीवन यात्रा
२०४७ सालदेखि मेरो राजनीति क्षेत्रमा पनि प्रवेश हो । २ वटा फुटबलबाट राजनीति यात्रा सुरु गरेको हुँ । त्यो बेला विनोद राईले फुटबल दिनु भएको थियो । त्यसपछि राजनीति जीवन सुरु भयो । काँग्रेसमा प्रवेश गरे । २०४९ सालमा विनोद राईले धरान १२ को तदर्थ समितीको अध्यक्ष बनाउनु भयो । विधिवत रुपमा भने २०५२ सालमा धरान १२ कै वुथ सभापति भएँ । २०५४ खालमा स्थानीय निकाय निर्वाचन १२ नम्बर वडाकै वडाध्यक्षमा निर्वाचित भएँ । त्यही बेला नै पार्टीले नगर समितीको सह–सचिव जिम्मेवारी दियो । २०५६ सालमा पार्टीको नगर सचिव बने । पाटी विभाजन पछि प्रजातान्त्रिक काँग्रेसको २०५९ सालमा नगर सभापतिमा रहेर आन्दोलन गरियो । २०६४ सालमा पार्टी एकिकरणपछि सिंगो नेपाली काँग्रेसको अध्यक्ष बनेर पार्टी सञ्चालन गरे । दोश्रो कार्यकाल २०६८ सालमा निर्वाचित भएँ । निरन्तर रुपमा प्रजातन्त्रिकमा हुँदा २ कार्यकाल र एकिकरण भएपछि २ पटक गरी ४ कार्यकाल पार्टीमा निरन्तर निःस्वार्थ भावनाले नेतृत्व प्रदान गरेको हुँ ।

रानीतिक सजिलो कि फुटबल ?
फुटबल धेरै सजिलो छ । फुटबलमा एउटै विधालाई सम्बोधन गर्ने हो । तर राजनीति भनेको समग्र समेट्नु पर्छ । फुटबलमा हामी सफलता हाँसिल गर्न सक्छौ । तर राजनीतिमा समग्र सफलता हाँसिल गर्न सकेका छैनौ । राजनीतिक भनेको गाह्रो ठाउँ हो । तर अहिले भने राजनीति परिपक्व हुँदै आएको छ । राजनीतिले नै प्रशिक्षित गराउँछ भन्ने लाग्छ ।

समग्र खेल जगतको भविष्य
एन्फाको इतिहाँसमा नै पहिलो पल्ट निर्वाचित समितीहरु बन्यो । यो एक कार्यकालमा हामीले विगतको गणेश थापाको २० औं वर्षको फुटबलको नेतृत्वलाई च्यालेन्ज सहित भुमिका निर्वाह गरेर नेतृत्व परिवर्तन नै गरियो । अब हामीलाई यो एक कार्यकाल न्युनतम मेचीदेखि महालकाली, तराई हिमाल पहाड र देशभरका क्लबका खेलाडीहरुले खेलकर्मीहरुले, न्युनतम खेलबाट नै उच्च जीवन यापन गर्न सक्ने बनाउने योजना सहित कामहरु भैरहेका छन् । नाम दाम कमाउन सक्ने त्यस्तो व्यवसायकिकरण फुटबल र रोजगारीमुखी फुटबलको नीति र कार्यक्रम हामीले अपनाउनेछौ । त्यही भएर यो वर्षदेखिको देशैभरी २ क्षेत्रबाट सहिद स्मारक लिगबाट ६ र एन्फा प्रेसिडेन्ट कप प्रदेशबाट ४ क्लबवीच राष्ट्रिय लिग खल्ने हामीले निर्णयसँगै सम्पूर्ण जिल्लाहरुलाई निर्देशन समेत जारी गरेका छौ । साथै हिजाको अवस्थामा बन्द रहेका एन्फा एकेडेमी धरान, एन्फाएकेडेमी फुटबल र सेन्टर काठमाण्डौमा रहको एकेडेमीलाई हामीले यो जेठभित्रमा सुरु गर्नको लागि खेलाडी समेत छनौट गरी जेठको तेश्रो हप्ताबाट बन्द प्रशिक्षण र गुणस्तरीय शिक्षा दिने व्यवस्थापन पनि गरिहेका छौ । यसै वर्ष नेपाली फुटबलले आउँदो २०२२ कतारमा हुने विश्वकपको दोश्रो चरणको छनौट खेलमा नेपालले पहिलो पटक खेल्ने जुन अवसर पाएको छ , त्यसका लागि अहिलेदेखि नै हामीले राष्ट्रिय खेलाडीहरुलाई छनौट गरि बन्द प्रशिक्षणमा विदेशी प्रशिक्षकको भुमिकाबाट कडा प्रशिक्षण दिइरहेका छौ ।

धरानको राजनीति निरासानक
धरानको राजनीति यतिबेला निरासजनक छ । नेतृत्वमा अपरिपक्वता छ । अन्यौलता भित्र राजनीति छ । धरानमा विवादित राजनीति पनि जाङ्गिएको छ । यो प्रवृतिले सम्रग हामी निकै पछाडि परिरहेको अनुभुती र एकखाले पीडाबोध भैरहेको छ । धरानको राजनीतिमा यस्तो हुनुको कारण धरानको मेयर हामीले गुमाउनु् हो । दोश्रो कार्यबाहक मेयरले सिंगो नगरपालिकालाई नेतृत्व गर्न नसक्नु हो । सरकार पक्ष र प्रतिपक्षको सहकार्य मैत्रीपुर्ण नबन्नु हो । धरानको समग्र अति आवश्यक विग योजनाहरुको छनौट र छनौट भइसकेको काम र भैरहेको कामलाई पनि मुर्त रुप दिन नसक्नु नै धरानको राजनीति पछाडि पर्नु हो । विग योजनाहरु जस्तै ः वसपार्क,केवलकार,एयर पोर्ट,सर्द सेउतीको तटवन्धन,धरानको विष्णुपादुकाको सर्दु खोलामा सानो वोर्ड चलाउने , धरानको विजयपुरबाट भेडेटार र भेडेटारबाट विष्णुपादुका डाँडा हुँदै बराहक्षेत्र सम्म केवल कार चलाउने योजना थियो । वराहक्षेत्र मन्दिरलाई लक्षित गरी केवल कार सञ्चालन विग योजना थियो । तर अहिले अन्यौलमा छ । नेतृत्वले त्यो भिजनमा काम गर्न सकेको छैन ।

राजनीतिमा पछाडि परे
आजभोली राजनीतिमा पछाडि परेको छु । मैले स्वार्थरहित राजनीति गर्न चाहेको छु । मैले राजनीति गरेर मेरो सन्ततीलाई राजनीति उपहार दिने सोच छ । तर पछाडि परेको महसुस भएको छ ।

अबको राजनीति भविष्य
म अब फेरी एक चोटी पार्टी नेतृत्वमा रहेर स्ुनसरी क्षेत्र नम्बर १ काँग्रेस र धराने जनताको सेवमा समर्पित हुने छु ।

।। जन्म 
विस २०२३ साल
।। जन्मस्थान 
मोरङको बोराबाध
।। आमाबुवा 
स्व.पृथ्वी बहादुर राई र आमा लक्ष्मी राईको साइला छोरा ।
।। प्रारम्भिक शिक्षा 
पुरानो झापाको स्कुलबाट प्रारम्भिक शिक्षा सुरु ।
महेन्द्र बहुमखी क्याम्पस धरानबाट आइएसम्मको अध्ययन ।


भूमिसुधार ऐन पनि आइसक्यो लगत पनि उठाइयाे अब कार्यविधि आएपछि सुकुम्बासीलाई धनीपूर्जा

धरान, ३ मंसिर । नेकपाका जिल्ला सदस्य तथा निर्वाचन परिचालन कमिटि धरानका सह संयोजक मुरारी सुवेदीले कार्यवि

पार्टीको सेटिङले खानेपानी अलपत्र ः समाजवादी उम्मेद्धवार

समाजवादी पार्टीका मेयर उम्मेदवार गजेन्द्र इस्बोले धरानमा समस्या रहेकाे मध्ये खानेपानी रहेकोले तत्काली

जनता भन्छन् ‘अरुका कुरा सुन्ने मात्र हो, भोट त सूर्यमा पक्का छ’

धरान । धरान उपमहानगरपालिकाको मेयरका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार प्रकाश राईको घरदै