‘प्रतियोगिताले व्यत्तित्व विकासमा सहयोग गर्छ’

  • प्रकाशित मितिः जेठ 2, 2076
  • 324 पटक पढिएको
  • औजार संवाददाता

आयोजक धरान जेसीजले छैठौं संस्करणका लागि बैशाख ८ गतेदेखि अडिसन लिएर तयारी थालिएको छ । विभिन्न अडिसनबाट ३० जनालाई अन्तिम छनौट गरी आयोजकले उनीहरूलाई विभिन्न तालिम प्रदान गरिरहेको छ । अन्तिम छनौटमा परेका ३० जनालाई ¥यामवक÷क्याटवक, उद्घोषणकला, प्रभावकारी भाषणकला, लाइफस्किल, बेसिक मेकअप, डाइनिङ इटिकेट, विपद् व्यवस्थापन, प्राथमिक उपचार कोर्ष, आधारभूत पत्रकारिता तालिम, उत्प्रेरणा, महिला अधिकार, महिला स्वास्थ्य चेतनालगायतका तालिम प्रदान गरिरहेको छ । त्यसबाहेक फोटोसेसन, औद्योगिक क्षेत्र भ्रमण, शैक्षिक प्रतिष्ठान भ्रमण, पर्यटन प्रवद्र्धनलगायतका कार्यक्रममा प्रतियोगीहरुलाई अवसर दिइरहेको छ । प्रतियोगिताको विजेताले नगद ४० हजार रुपैयासहित प्लस टुसम्मको पूर्ण छात्रवृति जित्नेछन् । त्यस्तै फस्ट रनरअपले नगद ३५ हजार रुपैयाँ र सेकेण्ड रनरअपले नगद ३० हजार रुपैयाँसहित विभिन्न उपहार जित्नेछन् । व्यक्तिगत उपाधीतर्फ मिस ट्यालेन्ट, मिस व्युटिफूल, मिस फ्रेण्डसिप, मिस क्याटवक, मिस फोटोजेनिक, मिस डिसिप्लिन, मिस वेष्ट ड्रेसअप, मिस पर्सनालिटी, मिस पपुलर, मिस एक्टिभ प्रदान गरिँदै छ । टप १० मा पर्न सफल सहभागीले ५० प्रतिशत छुटमा प्लस टु अध्ययन गर्न पाउने छन् । विजेताले नेपाल जेसीजको आयोजनामा हुने ‘मिस टिन’ मा सहभागी हुन पाउने छन् ।
यसै सन्दर्भमा प्रतियोगितामा सहभागी विष्णु मेमोरियल स्कुलकी छात्रा कुसुम कटवालसँग औजार दैनिकले गरेको कुराकानीको सम्पादीत अंश ।

मिस एसईईमा सहभागी हुँदा कस्तो महशुस भइरहेको छ ?
मिस एसईईमा सहभागी हुँदा एकदमै खुशी लागिरहेको छ । आफुलाई अझ निखार्ने र विभिन्न ट्रेनिङमा सहभागी हुँदा विद्यालयमा नपाइने शिक्षा समेत पाइरहेकोले हामी जस्ता एसईईको लेभलमा अध्ययन गरिरहेका विद्यार्थीलाई धेरै भन्दा धेरै कुरा सिक्ने अवसर प्राप्त भएको छ । यसले मलाई खुसी लागेको छ ।

के–के कुरा सिक्नु भयो त ?
मैले यो प्रतियोगितामा सहभागी हुँदै गर्दा उद्घोषणकला, भाषणकला, मेकअप, डाइनिङ इटिकेट, आधारभूत पत्रकारिता तालिम, महिला अधिकारको विषय, महिला स्वास्थ्य चेतनालगायतका तालिम प्राप्त गरे । त्यसबाहेक प्रतिष्ठित व्यक्तित्वसँगै रहेर फोटोसेसन, औद्योगिक क्षेत्र भ्रमण, शैक्षिक प्रतिष्ठान भ्रमण, पर्यटन प्रबवद्र्धनलगायतका कार्यक्रममा प्रत्यक्ष सहभागी हुँदा धेरै कुरामा ज्ञान पाएकी छु ।

यस्ता तालिमले तपाईलाई खास के कुरामा ज्ञान दियो र के पाउनु भयो ?
खासमा भन्ने हो भने मेरो कन्फिडेन्स लेभल धेरै बढेको छ । हाम्रो समाजिक दायित्व के हो भनेर बुझ्न पाए । को सँग कसरी बोल्ने भन्ने कुराको ज्ञान पाए । समग्रमा म स्कुल र घर भित्रै रहेछु तर अहिले स्कुल र घर भन्दा समाज एकदमै फराकिलो रहेछ यो कुरा बुझे ।

प्रतियोगिताको ताज जित्नुहुन्छ ? कस्तो लागेको छ ?
प्रतियोगिताको ताज जित्ने नै भने सहभागी भएकी हुँ । र म मात्र हैन मेरा सहकर्मी सबै साथीहरु जित्नकै लागी प्रतियोगितामा सहभागी भएका हुन् । सबै साथीहरु ट्यालेन्ट हुनुहुन्छ । हामी सबै सिकिइरहेका पनि छौ । कम्पिटिसन टफ हुन्छ । अब प्रतियोगिता हो, जित्ने एक जनाले नै हो । त्यसैले यसै भन्न सकिन्न ।

मिस एसईई एक ब्युटि कन्टेष्ट पनि हो । ब्युटि कन्टेष्टलाई समाजले त्यति राम्रो दृष्टिले हेर्दैन, कसरी बुझ्नु हुन्छ ?
हो । अहिले पनि समाजमा ब्युटि कन्टेष्टलाई राम्रो नजरले हेरिदैन । तर ब्युटि कन्टेष्ट भन्ने वित्तिकै खराब हुँदै होइन । यो भनेको मानिसले आफ्नो कला, क्षमता र सिपलाई निखार्ने हो । अहिलेको जमानामा मानिस ट्यालेन्ट हुन जरुरी छ । जुनसुकै क्षेत्रमा किन नहोस् मानिस कन्फिडेन्स हुन जरुरी छ । त्यसैले ब्युटि कन्टेष्टले हामीलाई बिगार्ने होइन व्यत्तित्व विकास गर्ने काम गर्छ । र यसरी नै बुझ्न म अनुरोध पनि गर्छु ।

के हेरेर विजयी घोषणा हुन्छ जस्तो लाग्छ तपाईलाई ?
कन्फिडेन्स लेभल हेरीन्छ । कसरी प्रस्तुत भएको छ, सामाजिक धारणा, विभिन्न ट्यालेन्टहरु, व्यत्तित्व लगायतलाई हेरेर निर्णय होला ।

परिवारको साथ कस्तो छ ?
मलाई परिवारले ठूलो साथ दिनु भएको छ । मैले गर्ने हरेक काममा सधै हौसला दिइरहनु हुन्छ । यसले मलाई अघि बढ्न सधै प्रेरित गर्छ । उहाँहरुको सपोर्टले नै म यो प्रतियोगितामा सहभागी भएकी हुँ ।

भविष्यमा के गर्ने योजना छ ?
मैले भर्खरै एसईई दिएकी छु । अब म प्लस टु साइन्समा गर्ने योजनामा छु । त्यसपछि नेपाली सेनाको जागिर खाएर देशको सेवा गर्ने इच्छा छ । मलाई आर्मी हुन बाबाले प्रेरित गर्नु भएको छ । र म आफु पनि आर्मीलाई देख्दा, आर्मीको ड्रेसमा देख्दा मलाई त्यसले एक प्रकारबाट आकर्षण गर्छ ।

अन्त्यमा के भन्न चाहानुहुन्छ ?
म यस औजार दैनिक पत्रिका मार्फत् आम पब्लिकलाई ब्युटि कन्टेष्ट र महिला माथि हेर्ने दृष्टिकोण सकारात्मक पारिदिनुहुन अनुरोध गर्दछु । साथै उहाँहरुलाई म के भन्न चाहान्छु भने यस्ता प्रतियोगितामा सहभागी भएपछि केही न केही ट्यालेन्ट र क्षमतामा बृद्धि अवश्य हुन्छ । त्यसैले आफ्ना छोराछोरीलाई यस क्षेत्रमा आउन प्रेरित गर्नुहोस् ।


उप निर्वाचन मार्फत काँग्रेसको नेतृत्व धरानवासीले चाहेका छन् (भिडियो सहित)

       अहिले धरान उप निर्वाचनमय भएको छ । राजनीतिक दलहरु चुनावी मैदानमा होमिएका छन् । आ–आफ्नो उम्मेद्

भूमिसुधार ऐन पनि आइसक्यो लगत पनि उठाइयाे अब कार्यविधि आएपछि सुकुम्बासीलाई धनीपूर्जा

धरान, ३ मंसिर । नेकपाका जिल्ला सदस्य तथा निर्वाचन परिचालन कमिटि धरानका सह संयोजक मुरारी सुवेदीले कार्यवि

पार्टीको सेटिङले खानेपानी अलपत्र ः समाजवादी उम्मेद्धवार

समाजवादी पार्टीका मेयर उम्मेदवार गजेन्द्र इस्बोले धरानमा समस्या रहेकाे मध्ये खानेपानी रहेकोले तत्काली