डेंगु नियन्त्रणमा स्थानिय निकायको ध्यान पुगेन(सम्पादकीय)

  • प्रकाशित मितिः जेठ 1, 2076
  • 348 पटक पढिएको
  • औजार संवाददाता

धरान उपमहानगरपालिकामा गएको कात्र्तिक महिनामा डेंगुका बिरामी देखिए । त्यतिबेला डेंगु नियत्रणका लागि केही क्षेत्रमा धुवा उडाईयो । तर फेरी पनि यो रोग देखा पर्न सक्छ भनेर जनचेतना जगाइएन भने सर्वसाधरणलाई सूसूचित पनि गरिएन । तर एक्कासी बढ्दो गर्मीसंगै फेरी ६ महिना पछि धरानमा डेंगु देखिएको छ । यसले गर्दा धरानबासीमा एक प्रकारको त्रास फैलिएको छ ।
अहिलेसम्म धरानमा दुई बालक सहित एक महिलामा गरी जम्मा तीन जनामा डेंगु भएको अस्पतालले पुष्टि गरीसकेको छ । एक जना बालिकामा भने लक्षण डेंगुकै भए पनि रिपोर्टमा डेंगु प्रमाणित भएको छैन । धरान उपमहानगरपालिकाको वडा नं. १५ मा यो रोग देखा परेको छ । डेंगुका बिरामी धरानमा देखिएपछि धरान उपमहानगरपालिकाले डेंगु प्रभावित क्षेत्र धरान १५ मा मंगलबारदेखि फगिङ गर्न सुरु गरेको छ । तर यो फगिङ त्यस्तो खासै प्रभावकारी नभएको बताइदै आएको छ । फगिङ गर्नुपर्दा सबै तिर एकै पटक गर्दा मात्रै यसको प्रभाव पर्न सक्छ । तर दिन बिराएर गरिने फगिङले लामखुट्टटेको नियन्त्रण असम्भव हुने बताइएको छ । एक पटक यसरी धुवा उडाउने पद्धतिको नियन्त्रण फगिङ गर्न पहिलो फायरमा ४ हजार जति खर्च हुन्छ भने धरान पुरै फगिङ गर्न हजार फायर लाग्ने बताइएको छ ।

फगिङको पहिलो फायरमा ४ हजार लागे पनि अरु फायरमा कम खर्च लाग्ने बताईन्छ । धरान उपमहानगरपालिकाले यो फगिङ गर्ने कामलाई तिब्रता दिएर नगरका सबै भागमा फगिङ गर्न सक्यो भने मात्रै डेंगु रोग सार्ने एजिप्ट एजिप्टाई जातको लामखुट्टे नष्ट हुन्छन् । यदी होईन भने धरान उपमहानगरपालिकाको पैसा धुवामा उडाउने बाहेक केही देखिँदैन । डेंगुले विश्वका विभिन्न ठाँउमा ठूलै महामारी लिएको घटनाहरु हामीले सुन्दै आएका छौ । यसले गर्दा डेंगुलाई स्थानिय निकायले कम आक्नु हुँदैन । रोग हो भोली यसले माहामारी रुप पनि लिन सक्छ । यस्तो रुप लिनु भन्दा पहिले पूर्व तयारी गर्न अत्यन्तै आवश्यक रहेको छ । धरान जस्तो ठाँउमा लामखुट्टेको टोकाईबाट हुने रोग डेंगु देखा पर्नु सर्वसाधरणको पनि कमीकमजोरी हो । घर वरीपरि सफा सुगर राख्नुका साथै लामखुट्टे जन्य किरा फट्यग्रा बस्ने ठाँउको विनास गरी सफा राख्न सकियो भने यस्तो रोगको सिकार बन्नुपर्देन । विषेश गरेर सफा पानीमा फुल पार्ने यो लामखुट्टेको नियन्त्रण नै पहिलो समाधान हो ।

हामीले सफा राखे पनि घरको गमला, कुलर र एसी जस्ताको पानीमा यो लामखुट्टेले अण्डा पार्ने भएकोले सफा जमेको पानीमा बढी ध्यान पु¥याउनुपर्छ । यो संगै पुरै शरिर ढाक्ने कपडा लगाउनुपर्छ । यसो गरियो भने पनि यो रोगबाट बच्न सकिन्छ । तर पनि धरान उपमहानगरपालिकाले यो डेंगु रोगको नियन्त्रणका लागि निकै गम्भिर भएर लागि पर्नुपर्छ । समय समयमा फगिङ गर्नुका साथै समुदायलाई समेत सुसुचित राख्न अत्यन्तै जरुरी भएको छ । स्थानिय निकायका जनप्रतिनिधिहरुले पनि डेंगु नियन्त्रणमा निकै गम्भिर भएर लाग्नुपर्छ । धरान उपमहानगरपालिकाले फितलो होईन निकै गम्भिर भएर डेंगु नियन्त्रणमा लाग्नुपर्छ ।


धरानको नवनिर्वाचित नगर प्रमुखद्वारा पदभार ग्रहण - करको दर पुनरावलोकन गर्ने उद्घोष

धरान । धरान उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख तिलक राईले पदभार ग्रहण गरेका छन् ।बुधबार दिउँसो पदभ

वडाध्यक्ष सुवेदीले पदभार ग्रहण गरे

धरान । उपनिर्वाचनबाट निर्वाचित भएका धरान उपमहागरपालिकाका ७ नं. वडाका वडाध्यक्ष जीवनराज सुवेदीले पदभार ग

आज धरानका नवनिर्वाचित मेयरले कार्यभार सम्हाल्ने - नराम्रा काम रोक्दै राम्रो काम गर्ने प्रतिबद्धता

धरान । उपनिर्वाचन मार्फत् निर्वाचित भएका धरानका मेयर तिलक राईले आज (बुधबार) धरान उप महानगरपालिकाको कार्य