धरानको बेतिथि कहिल्यै हटेन ।(सम्पादकीय )

  • प्रकाशित मितिः बैशाख 29, 2076
  • 218 पटक पढिएको
  • औजार संवाददाता

धरान सभ्य नगरीककोरुपमा हामी परिचित गराउन खोज्छौ । तर हुदा हुदा हामी आफै असभ्य भएर प्रस्तुत हुन्छौ । यसो भनिरहनुको मुख्य कुरा असभ्य भनेको के हो भन्ने प्रश्न उठने गर्दछ । धरानमा बेलाबेलामा यस्ता कार्यक्रमहरु हुने गर्दछन जुन धरानेको असभ्य परिचय दिने गर्दछ । धरानमा हामी भव्य पार्टी गर्ने भन्दै आफनै घर अगडीको सडक बन्द गरेर विवाह लगायतका कार्यक्रमहरु गर्ने गर्दछौ । यसबाट बाटोमा आवतजावत गर्नेहरुलाई ठुलो समस्या हुने गर्दछ भने अत्याआवश्यक सवारी साधनहरु हिडन नपाउदा ठुलो समस्या हुने गर्दछ । दमकल, एम्वुलेन्स लगायतका सवारी साधन निर्वाध संचालन हुन दिनुपर्छ । यसरी सडकनै बन्द गरेर कार्यक्रम गर्नु ठिक होईन । यस्ता गतिविधि गर्ने नगरबासीलाई धरान उपमहानगरपालिकाले सचेत गराउनुपर्ने हो । र गर्नु पनि पर्छ । तर पछिल्लो समय धरानको पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले धरान सडक उत्सव भईरहेको छ । यो उत्सव पनि धरानको अत्याआवश्यक दमकल दौडिने बाटोमा बाटोनै छेकेर सडक महोत्सव गर्नु कत्तिको ठिक ? धरानको पर्यटन प्रर्वद्धन यसो ग¥यो भने हुन्छ त ? आयोजकले यसबारेमा बेलैमा सचेतता अपनाउनुपर्छ । हिजो धरानका विभिन्न ठाउहरुमा बाटोनै छेकेर विवाह लगायतका कार्यक्रम गर्दै आएकोमा फेरी धरानमा सडकनै बन्द गरेर सडक उत्सव गर्नु राम्रो होईन ।

धरान सडक उत्सव भईरहदा कमसेकम अत्याआवश्यक दमकल जस्तो सवारी साधन निर्वाधरुपमा संचालन हुन सक्ने गरी कार्यक्रम गर्नुपर्छ । अहिले भईरहेको ठाउमा दमकल राखिने धरान उपमहानगरपालिकाको अगडीनै यसरी सडक उत्सव संचालन भईरहनुले फेरी पनि धरानको पर्यटनको नाममा हामी धराने आफैले असभ्यता प्रस्तुत गरीरहेकाछौ । विदेशका धेरै ठाउमा स्ट्रीट फेस्टीभल हुन्छन् । सडकमै मेला बजार लाग्ने गर्दछ । तर केही समयमा आफै त्यो ठाउ खाली गराईन्छ । तर धरानको सवालमा त्यसो हुन सकिरहेको छैन । तीन दिनको नाममा हप्ता दिन सम्म सडक अवरोध हुनेगरेको छ । त्यसैले धरान सडक उत्सव आयोजकहरुले पनि सडकको विकल्प खोज्नुपर्ने देखिन्छ । सडकनै बन्द गरेर यस्तो कार्यक्रम गर्नुको साटो कुनै खुल्ला स्थानमा त्यही नाम दिएर महोत्सव गर्न राम्रो हुनेछ ।

धरानको मुख्य सडक त्यसै पनि अव्यावस्थित पार्किङले लथालिङग भईरहेको अवस्थामा सडकनै कव्जा गरेर यस्तो उत्सव आयोजना गर्नुहुदैन । यदी त्यही ठाउमा कही आगलागिको घटना भयो र कार्यक्रम स्थल भित्रका घरमा विरामी परे भने के गर्ने ? यसबारेमा समयमै सोच विचार गरेर मात्रै यस्तो कार्यक्रमहरुको आयोजना गर्नुपर्छ । यसरी सडक अतिक्रमण गरेर कार्यक्रम आयोजना गर्नु धरानेहरुको असभ्य परिचय दिनुहो ।

त्यसैले धरान उपमहानगरपालिकाले पनि सडक कव्जा गर्ने कार्यक्रम गर्नमा समयमै विचार पुराउन जरुरी छ । भोली यस्तै कार्यक्रम अरुले पनि गर्ने भने के गर्ने ? यसबारेमा धरान उपमहानगरपालिकाले पनि बेलैमा सचेतता अपनाउनुपर्छ । सडक कव्जा गरेर कार्यक्रम गर्ने गलत तथा असभ्य कार्य तुरुन्त बन्द हुनुपर्छ ।


चितवनमा शालिकरामका पक्षमा पनि जुलुस, रविका पक्षधरले गाडी ताेडफाेड गरे

चितवन । टेलिभिजन पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धानका लागि चितवन प्रहरीको हिरासतम

‘चाडो बजेट खर्च गर्न निर्देशन’

बिराटनगर । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले उपलब्धि देखिनेगरि समयमै शतप्रतिशत बजेट खर्च गर्न

चुनावमा होमियो नेकपा, धरानमा बृहत कार्यकर्ता भेला

धरान । यही मंसिर १४ गते उपनिर्वाचन हुने निश्चित भएसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चुनावी अभियानमा हो