‘समाजलाई म केही दिन चाहान्छु’

  • प्रकाशित मितिः बैशाख 26, 2076
  • 243 पटक पढिएको
  • औजार संवाददाता

जुद्ध लोहोनी, समाजसेवी

मानिसलाई सन्तुष्टि कहिले मिल्छ होला ? हेर्दा सामान्य लाग्ने यो प्रश्नको उत्तर दिन एकदमै कठिन छ । यो विश्वमा सन्तुष्टि मिल्ने मानिस नगन्य मात्रामा हुन्छन् । हुन त मानिसले कुनै कुरामा सन्तुष्टि मानेको भए अहिलेको आधुनिक युग सायदै हुन्थेन होला । तर मानिसले सन्तुष्टि खोज्छ । यस्तै सन्तुष्टि खोजिरहेका छन् समाजसेवी जुद्ध लोहोनी । उनीसँग घर, परिवार, सम्पत्ति, जागिर सबै चिज छ । उनको परिवारका सबै विदेशमा छन् । श्रीमती र छोरा अमेरिकामा छन् । उनी पनि बेला–बेला अमेरिका पुग्छन् ।
२०२५ सालमा मोरङको बाहुनीमा जन्मेका लोहोनीले आइएसम्मको अध्ययन पुरा गरेका छन् । माविसम्मको अध्ययन गाँउको स्कुलमा गरेका उनले उच्च शिक्षा भने बिराटनगरको महेन्द्र मोरङ क्याम्पसमा हाँसिल गरेका हुन् । उनी २० वर्षको हुँदा नेपाल प्रहरीको जागिरे समेत भए । १७ वर्ष उनले प्रहरीमा जागिर खाए । प्रहरीमा जागिर खाँदा उनी असईसम्म भए । तर द्वन्द्वकालमा उनलाई जागिर छोड्न बाध्य पारियो । उनको परिवार धरानमा हुँदा परिवारमाथी बारम्बार धम्कि आएपछि उनले बीचमै जागिर छोडे ।

सामाजिक अभियन्ता
जागिर छोडेपछि उनी सामाजिक अभियन्ता भएर हिडे । उनको बाल्यकाल मोरङको बाहुनीमा नै बितेको भएपनि उतीबेलै उनको घर धरानमा पनि थियो । अहिले उनी धरान–८ मा बस्दै आएका छन् । धरालाई लागुऔषध दुव्र्यशन मुक्त पार्ने अभियानमा उनी होमिए । लागुऔषध विरुद्ध जनचेतना जगाउनेदेखि लिएर उनले युवाहरुलाई ड्रग्सबाट निकाल्ने काम गरे । उनले काठमाडौमा रहेको सुधार केन्द्र नार्काेनोन नेपालका अभियन्ताहरुलाई धरानमा ल्याएर विभिन्न अभिमुखिकरण कार्यक्रम समेत गरे । उनी समाजलाई दुव्र्यशन मुक्त बनाउन चाहान्छन् ।

राजनीतिमा समेत सक्रिय
जुद्ध लोहोनी सानैदेखि सामाजिक काम गर्न रुचाउने भएकोले राजनीतिबाट परिवर्तन सम्भव देखे । उनी राप्रपाको धरान नगर अध्यक्ष हुन् तर अहिले पाटीले कमिटि विघटन गरेकोले पदमा भने छैनन् । उनी धरानलाई समुन्नत बनाउन चाहान्छन् । राजनीतिबाट समाज परिवर्तन गर्न सम्भव भएपनि इमान्दार नेताहरुको कमीले गर्दा राजनीति जनताको नजरबाट गिर्दै गएको उनलाई लागेको छ । उनी विभिन्न समयमा भएका निर्वाचनमा उम्मेदवार भएपनि विजयी हुन भने सकेनन् । अझै पनि उनी राजनीति र समाज सेवामा लागिरहने बताउँछन् ।

धरान हरेक हिसाबले उत्कृष्ट
उनले धरान देश कै उत्कृष्ट स्थान भएको मान्छन् । धरानमा गर्न सके हरेक क्षेत्रमा सम्भावना भएको देख्छन् । विशेष गरी धरानमा धार्मिक पर्यटनको विकास गर्न सके साच्चै धरान स्वर्ग बन्छ र स्वर्ग जाने द्वार बन्छ । सनातन धर्मग्रन्थहरुमा लेखिएको धरानको महिमा बुझेर पर्यटकलाई आकर्षित गर्न सके धार्मिक पर्यटनको ठूलो सम्भावना रहेको छ । पिण्डेश्वर, विष्णुपादुका, बुढासुब्बा, दन्तकाली जस्ता स्थानमा विशाल संरचना निर्माण गर्ने र पर्यटकलाई कम्तिमा तीनदिन अड्याउन सक्ने हो भने मात्र पनि धरान समृद्ध बन्न समय लाग्दैन । त्यतिमात्र नभइ सुन्दर सहर धरान हावापानी र मौसम अनि भू बनोट समेत उत्कृष्ट छ ।

राजनीतिमा मैले सकिन
राजनीतिले आमूल परिवर्तन ल्याउछ तर मैले सकिन । मैले भनेको कसैले सुन्दैन । मसँग धेरै योजना छन् । धरानलाई विकास गर्ने, समाजको विकास गर्ने योजना छ तर मैले भनेको कसले सुन्ने । सानो ठाउमा रहेर मैले भनेको कसैले सुनेनन् । तर सकेको काम भने म गरिरहन्छु । निरन्तर गर्छु, लागुऔषध मुक्त समाज निर्माण गर्न सधै लागिरहनेछु । वृद्धवृद्धाको सेवामा म सधै लागिरहने छु ।

सेक्युरिटी कम्पनीमा ५ सय बढीलाई रोजगार
लोहोनीले सेक्युरिटी कम्पनी खोलेर अहिले ५ सय भन्दा बढीलाई रोजगारी दिदै आएका छन् । प्रहरी सेवामा रहदाको अनुभवले उनी सम्मिलित दर्पण सेक्युरिटी कम्पनीले अहिले ५ सय बढीलाई रोजगारी दिएको छ । कम्पनीले ब्यक्ति, फर्म, व्यापारीक घराना, कार्यालय जस्ता स्थानमा सेवा दिदै आएको छ । उनी कम्पनीलाई बहुराष्ट्रिय मापदण्डको बनाउने योजनामा छन् ।

समाजलाई केही दिने चाहाना छ
मानिस जन्मेपछि मर्नुपर्छ यो शास्वत सत्य हो । मानिसको जीवन लिएर धरतीमा आएपछि समाजको लागी धरतीको लागी र भन्ने नै हो भने अरुका लागी पनि केही गर्नुपर्छ । मैले जेष्ठ नागरिकको सेवा गर्नका लागी जेष्ठ नागरिक कुञ्ज नामक संस्था दर्ता गरी सकेको छु । त्यसको भवन निर्माणका लागी जग्गा खोज्ने काम भइरहेको छ । सेक्युरिटी कम्पनीबाट कमाएको पैसाले जेष्ठ नागरिक कुञ्ज सञ्चालन गर्ने योजना छ । कम्तिमा म पाँच वर्ष भित्र जेष्ठ नागरिक कुञ्जलाई सञ्चालनमा ल्याएर जेष्ठ नागरिकको सेवा गर्ने चाहाना छ । दुःख पाएका, समाज तथा परिवारले हेला गरेका र कसैको साहारा नपाएका वृद्धवृद्धालाई ल्याएर सेवा गर्ने इच्छा छ ।

राष्ट्रको मायाले विदेशिन सकिन
मेरा परिवार छोराछोरी सबै अमेरिकामा छन् । उनीहरुको व्यवसाय उतै छ । मलाई पनि बोलाउछन् । तर स्वदेशको मायाले म जान सक्दिन । मलाई स्वदेशमा नै केही गर्ने इच्छा छ । सेक्युरिटी कम्पनी चलाइरहेको छु । समाज सेवामा लागी रहेको छु । आफुले कमाएको पैसाले अब वृद्धवृद्धाको सेवा गर्ने इच्छा छ । फेरी राम्रो गीत धेरै सुनौ भन्ने आहान जस्तै आफुले जे गरिरहेको छ त्यही नै गर्न मन लागिरहदो रहेछ । म त चाहान्छु समाज दुव्र्यसन मुक्त होस् । दुःख पीर मुक्त होस् ।

आफ्नो लागी मात्रै गर्दा समाज बिग्रिएको हो
हरेक मानिसले आफु र आफ्नाहरुको लागी मात्रै सोच्ने गरेकोले समाज समुन्नत नभएको हो । आफु कसरी बाँच्ने भनेर मानिस सधै चिन्तित हुन्छ तर अरुलाई पनि कसरी बचाउने भनेर मानिस कहिल्यै सोच्दैन । आफुले नै सबैथोक प्राप्त गर्न त चाहान्छ नै तर अरुका लागी पनि जोगाइदिनु पर्छ भन्ने सोच हुँदैन । हामी सधै सामाजिक भएर बाँच्नु पर्छ ।


भूमिसुधार ऐन पनि आइसक्यो लगत पनि उठाइयाे अब कार्यविधि आएपछि सुकुम्बासीलाई धनीपूर्जा

धरान, ३ मंसिर । नेकपाका जिल्ला सदस्य तथा निर्वाचन परिचालन कमिटि धरानका सह संयोजक मुरारी सुवेदीले कार्यवि

पार्टीको सेटिङले खानेपानी अलपत्र ः समाजवादी उम्मेद्धवार

समाजवादी पार्टीका मेयर उम्मेदवार गजेन्द्र इस्बोले धरानमा समस्या रहेकाे मध्ये खानेपानी रहेकोले तत्काली

जनता भन्छन् ‘अरुका कुरा सुन्ने मात्र हो, भोट त सूर्यमा पक्का छ’

धरान । धरान उपमहानगरपालिकाको मेयरका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार प्रकाश राईको घरदै