धरानका एक कुसल व्यवसायी जीवी खड्का

  • प्रकाशित मितिः बैशाख 24, 2076
  • 659 पटक पढिएको
  • औजार संवाददाता

धरानका जीवी खड्का एक कुसल व्यवसायी हुन् । २०१८ साल संखुवासभाको मादी मुलखर्कमा जन्मिएका खड्का स्वर्गीय र त्नबहादुर खड्का र स्व. जानुकादेवी खड्काको एक मात्र छोरा हुन् । मादीमुलखर्कमा उनको बाल्यकाल बित्न पाएन अर्थात् २ वर्षको उमेर हुँदा नै तराई झरे । मोरङको उर्लाबारीबाट उनको प्रारम्भिक शिक्षा शुरु भयो । राधिका प्राविबाट उनको प्रारम्भिक शिक्षा सुरु भएको हो । बसाई सराईकै क्रमको उनको सुनसरीको चक्रघट्टीबाट एसएलसी दिए ।

त्यो बेलाको एसएलसीलाई फर्केर हेर्दा
मैले २०३९ सालमा एसएलसी दिएको हुँ । अहिले जस्तो थिएन । मेहनत गरेर अध्ययन गरी परीक्षामा सहभागि भइन्थ्यो । विद्यार्थी थोर र पढाई एकदमै अनुशासित हुने । विद्यार्र्थीले डर मान्ने गरेका थियौं । गुरुहरुप्रति आदरभाव गथ्र्यौ । हाम्रो पालाको एसएलसीमा १÷२ जना मात्रै फेल हुने । चिट चोर्ने त चलनै थिएन । प्रश्न पत्र पनि अहिले जस्तो धेरै आउँदैन थियो । कडा मेहनत र अनुशासित पढाईकै कारण परीक्षामा उतीर्ण प्रायः सबै विद्यार्थी उतीर्ण हुन्थ्यो । कक्षा ६, ७ मा पुगेपछि आफुलाई दम्भ हुने, ठूलो भएको भान हुन्थ्यो । विद्धान भएको महसुस हुन्थ्यो । कक्षा १० मा पग्नेलाई हामी गुरु नै मान्थ्यौं । त्यो बेला अहिलेको जस्तो ट्युसनको व्यवस्था थिएन । टुकी बालेर गाउँमा कक्षा १० मा पढ्नेहरुसँग सिक्न जान्थ्यौं ।
हामी आदर गथ्यौं, पढेलेखकाहरु कमै हुने भएकाले पनि गाँउमा आदर गरिन्थ्यो । निकै कष्ट थियो । ३,४ घण्टाको बाटो हिडेर स्कुलसम्म पुग्नु पर्ने बाध्यता थियो । खाजाको लागि घरबाट लगेको चिउरा, सख्खर हुन्थ्यो । घरसम्म आइपुग्न कठिन हुने तर पनि संघर्ष गरेर पढिन्थ्यो त्यो बेला ।

उच्च शिक्षामा राजनीतिक प्रभाव
जब म २०३८ सालतिर हो, महेन्द्र मोरङ क्याम्पसमा उच्च शिक्षा पढ्न गए । विद्यार्थी जीवन , त्यो बेला क्याम्पस पढ्न जाँदा त्यहीबाट राजनीतिक प्रभाव प¥यो । त्यो बेला अखिल र नेवि संघ मार्फत् विद्यार्थी जीवनमा राजनीतिक प्रभाव प¥यो । तर अखिलमा लाग्नेलाई तत्कालिन सरकारले कडा गथ्र्यो । धरपकड गर्ने र यातना दिने गथ्र्यो । तर नेवि संघ समर्थित विद्यार्थीलाई भने प्रहरी प्रशासनले पनि समर्थन नै गरेको थियो । अखिलमा लागेकोले हामी विद्यार्थीलाई पढाई छाडेर ज्यान बचाउनु पर्ने स्थिती भयो । हामीसँगैका अग्रज विद्यार्थी नेतृत्वलाई सेनाले संगिनी घोचेर मा¥यो । त्यसैले हामी अखिल विद्यार्थीलाई डर भयो । सुरुमा राजनीतिक के हो भन्ने कुरा थाहा थिएन । क्याम्पसको विद्यार्थी राजनीतिबाटै कम्युनिष्ट राजनीतिमा लागियो, पछि गएर कम्युनिष्ट राजनीति राम्रो लाग्यो ।

म ट्रकको मुन्सी भएर काम गरे
अखिलमा लागेका विद्यार्थीलाई त्यसरी प्रहरी्र प्रशासनले दबदबा गरेपछि म २०३८ सालतिर वीरगञ्ज हानिँए । त्यो बेला त्रिशुली नदीमा जलविद्युत आयोजना बन्दै थियो । आयोजनामा नै काम गरें । रक्सौलबाट ट्रकमा सामान लोड गरी जलविद्युत आयोजना स्थलमा सामान अनलोड गर्ने काम गरे । सामानको श्रेस्ता राखेर मैले आयोजना स्थलसम्म ल्याएर बुझाउने ट्रकको मुन्सी भएँ । २०४०।४१ सालतिर आम माफी भएछ । त्यसपछि म गाउँ चक्रघट्टी फर्किए ।

गोरु जोत्दा सधैं अघि, गाडागोरुको ड्राइभर
जब घर आएँ । त्यो बेला सुनसरीको चक्रघट्टीमा मेरो परिवार । खेती किसान गर्नुपथ्र्यो । किसानको छोरो खेती किसानमा लागें । खेतमा जति हलगोरुले जोतपनि म अगाडि नै हुन्थ्यो । कसैले मलाई नभेट्ने । त्यो बेलाको यातायातको साधान नै गोरुगाडा हुने । सामान ढुवानीको लागि गोरुगाडा नै प्रयोगमा हुन्थ्यो । बाँस लोड अनलोडको लागि कोशी टप्पु, भरौल लगायतका स्थानमा गोरुगाडा चलाएर पनि जीवनमा संघर्ष गरियो ।

संघर्षै संघर्षका मोडहरु
कुरा २०४० साल तिरको हुन सक्छ । सुनसरी मोरङ सिचाई आयोजना अन्र्तगत नहर विस्तारको काममा म पनि लागें । त्यो बेला आयोजनाको हेड क्वाटर हालको झुम्का कारागारमा थियो । हालको झुम्का कारागार आयोजनाकै संरचना हो । सो आयोजनामा मैले दिनको १२ रुपैया पारिश्रमिक पाउने गरी काम गर्न थाले । म मेकानिक भए । नट बल्टु कस्ने अपरेटरको रुपमा काम गरे । आयोजना चाइनिज कम्पनीको थियो । चतरा नहरको काम सकेपछि मलाई केही दम्भ भयो ।
मासिक १० रुपैया पारिश्रमिक पाउँदा साह्रै खुशी लाग्थ्यो मलाई । ३ वर्षसम्म आयोजानमा रहेर काम गरे । सम्भवतः २०४३ सालतिर यहाँको कामको अनुभव थियो । म फेरी मस्र्याङ्दी जल विद्युत परियोजनामा काम गर्न गएँ । मलाई सिँचाई आयोजनामा काम गर्दा चाइनिज कम्पनीले सर्टिफिकेट दिएको थियो । त्यही सर्टिफिकेट लिएर म मस्र्याङ्दी जल विद्युत परियोजनामा काम गर्न गए र काम पनि पाएँ । तर काम जोखिम थियो । सुरुङ खान्नु पर्ने । जापनीजसँग काम गर्ने मौका पाए । वर्कसपको काम पाएँ । सुरुङ सम्बन्धी विश्वमा नै राम्रो काम गर्ने कम्पनी थियो । परियोजनामा मेकानिक भएर काम गरें । ३ तिरबाट ठुल्ठुला सुरुङ खन्नु पर्ने , ५ वटा हेभी मेसिनको काम जोखिमै जोखिम हुने, हेल्पर सहित काम गर्नु पर्नेथियो । कुनै बेला के हुन्छ थाहा नहुने । कडा कामले म अचानक बिरामी भएँ । विरामी नभएको भए मलाई सो परियोजनाबाट म जापान जाने मौका पाउने थिए । तर बिरामी भएर नै म काम गर्न सकिन । सुरुङ खन्दाको धुवाँ धुलोले मेरो शरिर भित्र असर परेछ ।
त्यसैले चिकित्सकको सल्लाह बमोजिम घर आएर ६ महिना औषधी उपचार गरे । औषधी उपचार पछि म त्यतिकै आराम गरेर नबस्ने मान्छे । घरमा नै बस्न सकिन । त्यसैले तेह्रथुमको बसन्तपुरमा गएर किराना पसल खोले । त्यो बेला सामान ढुवानी गर्न सहज थिएन । यातायातको सुबिधा थिएन । भर्खरै बजार सुरु भएको थियो । हिलेबाट ढाकरमा सामान बोकेर लानु पर्ने थियो । व्यापार व्यवसायी राम्रै चल्यो । १२ वर्ष जति बसन्पुरमा बसे । तर २०५४ सालतिर म धरान १५ स्थित ज्ञानचक्षु नजिकै फेरी किरान पसल खोले । तर मलाई खुद्रा पसलमा त्यति मन लागेन । छिमेकीलाई पसल जिम्मा लगाए बिना पैसा नै दिए । अहिले छिमेकी पनि त्यही पसलबाट अहिलेसम्म राम्रो व्यापारी भएको छ ।

निरन्तर ट्रक ढुवानी व्यवसायी
२०५४ सालदेखि किराना पसल छाडेर म ट्रक ढ्वानीको व्यवसायमा लागेको हुँ ।
धरान आएँ , परिवार भएको मान्छे, परिवार चलाउनको कठिन भएपछि म फिरन्ते ढ्ुवानी तिर लागेको हुँ । निरन्तर पूर्व पश्चिममा ट्रक ढुवानी गर्ने व्यवसाय सुरु गरे । तर त्यो बेला काम पनि पाइन्थ्यो । पैसा पनि कमाई हुन्थ्यो । सबै सामान सस्तो थियो । निरन्तर नेपालको पूर्व पश्चिमको शहर घुमेपछि मलाई अब हाम्रै पहाडी क्षेत्रतिर सामान ढुवानी गर्न मन लाग्यो । त्यसैले धरानदेखि पहाडी क्षेत्र तिर ढु्वानी सुरु गरे । त्यही बेलादेखि मलाई अब ढुवानी व्यवसायीलाई व्यवस्थित गर्न पर्छ भन्ने सोँच पनि आयो । त्यही भएर २०५४ सलामा कोशी ट्रक व्यवसायी संघलाई फेरी व्यवस्थित गर्नुपर्छ भनेर संगठित र सस्थागत गर्ने काम भयो । म संघको सदस्य भएर काम गरे । हुन त संघ २०३६ सालमा नै गठन भएको थियो तर व्यवस्थित भने थिएन । त्यसैले संघलाई संस्थागत गर्दै इटहरीमा हामीले जग्गा समेत खरीद गर्न सफल भयौं । तर पछि गएर संघमा केही समस्याहरु आए । अर्थात् संघ नै विभाजन तिर गयो । तर पछि पुनः संस्थागत रुपले २०५७ सालदेखि संघको कोर्डिनेटर भएर काम गर्ने जिम्मेवारी पाए । संघमा मैले राम्रो काम गरेको मूल्यांकन भएछ । मलाई मोटरसाईकल अथवा मोबाइल फोन मध्ये एक दिएर पुरस्कार दिने भयो । तर मैले त्यो बेला मोबाइल नै ठिक हुन्छ भनेपछि मोबाइल पाएँ र अहिले पनि म त्यही संघले मलाई पुरस्कृत गरेको मोबाइल नै बोकेर हिँडेको छु । अहिले पनि म यही व्यवसायीमा छु । समग्र व्यवसायीको समस्या र हितलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर निरन्तर लागि रहेको छु ।

समस्याहरु
यो व्यवसायी नभई पनि नहुने । सानो ठूलो सबैलाई यातायातको साधान चाहिन्छ नै । यातायात क्षेत्र समृद्धिको पहिलो आधार नै हो भन्दा दुई मत नहोला । यो क्षेत्रका समस्याहरु धेरै छन् ।
ढुवानी गरेर गयो तर उधारो हुने, भाडा नपाइने समस्या अहिले पनि छ । सिस्टम छैन । प्रतिष्पर्धाको समय आएको छ । सरकारले व्यवसायलाई व्यवस्थि तगर्न सकेको छैन । ट्रक व्यवसायीको घरबार जाने स्थित छ । दुर्घटना भएपछिको अवस्थामा घरबार जाने स्थिती भएपछि व्यवसायीले पेशा नै छाडेर भाग्नु पर्ने हुन्छ । विमाले दिने रकमले मात्रै पुग्दैन । दुर्घटना भएपछि घाइतेको उपचार गर्दा गर्दै ३०, ४० लाख नै सकिने अवस्था पनि आउँछ । कसरी व्यवसायी टिक्न सकिन्छ । राज्यलाई कर बुझाउने हामी नै हो । तर सरकारले व्यवसायीबाट कर मात्रै लिएर भएर व्यवसायीलाई व्यवस्थित खै बनाएको ? सरकारले बाटोको बर्गिकरण गरेको छैन । भाडादर कायम छैन् । भ्रममा परेर गाडी खरिद गर्ने क्रम बढ्दो छ । पहाडी क्षेत्रमा सञ्चालन हुने बाटो मर्मत छैन र गाडी बिग्रिएपछि मर्मत सम्भारले व्यवसायीको ढाड सेक्छ । व्यवसायीलाई घाटै घाटा छ ।

सरकारले सिण्डिकेट बुझेको छैन
वास्तबमा सिण्डिकेट के भन्ने कुरा नै बुझेको छैन । कस्तोलाई सिण्डिकेट भनिन्छ ? हामी ढुवानीको लागि जहाँ पनि पुग्नु पर्छ । ढुवानी गर्नेको टुंगो हँुदैन । ठेला कुदाउनको सिण्डिकेट हुन्छ र ? सामान अनगिन्ती लगाएर जहाँ पनि पुग्नु पर्छ ।
हामी ठेलावाला हो । सरकारले सिण्डीकेटको नाममा विकल्प दिन सकेन । ल्याएर मात्रै हुन्छ । टेम्पोवालाको एउटा टेम्पो छ, अब उस्ले कम्पनीमा गएर दर्ता गर्न सक्छ त ? उस्ले चालकलाई कसरी स्थायित्वको नियुतिm पत्र दिन सक्छ ? अहिलेको यो प्रतिष्पर्धात्मक समय छ ,टेम्पो धनीले कति नै कमाउँछ, यहाँ व्यवसायी नै स्थायी छैन । खै त सरकारले व्यवसायी स्थायित्व गर्ने र व्यवस्थापन गर्ने नीति ल्याएको ? गरिखाने मान्छेलाई प्राली किन चाहियो र ? कठोर कानुन सरकारले ल्याएर पेशा छाड्ने अवस्थामा पुगेका छोै । चालक र गाडी धनीको सम्बन्ध नङ र मासुको हुन्छ । चालक पनि चाहन्छ गाडी धनीले धेरै कमाओस् अनि न उस्को पनि आम्दानी बढ्छ । अब गाडी धनीले नै कमाउन सकेन भने कसरी चालकलाई तलब भता दिन सक्छ । सरकारले जुन नीति ल्याएको छ, यो नीतिले चालक र गाडी धनी बीच नै समस्या उत्पन्न गराउँदैछ । पहिला व्यवसायीलाई व्यवस्थित कसरी गर्ने भनेर नीति ल्याउनु पर्छ , अनि हामी व्यवसायी सुरक्षित भएपछि हाम्रो चालकहरुलाई सो प्रणाली अनुसार जान सकिन्छ ।


भूमिसुधार ऐन पनि आइसक्यो लगत पनि उठाइयाे अब कार्यविधि आएपछि सुकुम्बासीलाई धनीपूर्जा

धरान, ३ मंसिर । नेकपाका जिल्ला सदस्य तथा निर्वाचन परिचालन कमिटि धरानका सह संयोजक मुरारी सुवेदीले कार्यवि

पार्टीको सेटिङले खानेपानी अलपत्र ः समाजवादी उम्मेद्धवार

समाजवादी पार्टीका मेयर उम्मेदवार गजेन्द्र इस्बोले धरानमा समस्या रहेकाे मध्ये खानेपानी रहेकोले तत्काली

जनता भन्छन् ‘अरुका कुरा सुन्ने मात्र हो, भोट त सूर्यमा पक्का छ’

धरान । धरान उपमहानगरपालिकाको मेयरका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार प्रकाश राईको घरदै