के सरकारी क्षेत्रबाट अलकत्रा आयात सम्भव छ? यस्ताे भन्छ अध्ययन प्रतिवेदन

  • प्रकाशित मितिः बैशाख 15, 2076
  • 530 पटक पढिएको
  • औजार संवाददाता

हाल निजी क्षेत्रले मात्रै आयात गर्दै आएको अलकत्रा (बिटुमिन) सरकारी क्षेत्रबाट आयात तत्काल सम्भव नभएको एक अध्ययनले देखाएको छ।

पेट्रोलियम पदार्थको आयात गर्दै आएको नेपाल आयल निगमले अलकत्रा आयात गर्ने भन्दै त्यसको सम्भाव्यता अध्ययन गरेको थियो। निगमको एक अध्ययन कार्यदलले तयार पारेको प्रतिवेदनले तत्काल अलकत्रा आयात गर्न नसकिने निष्कर्ष निकालेको हो।

अलकत्रा व्यापारका लागि बजारको मोडालिटी र आर्थिक सम्भाव्यता अध्ययन गर्न निगमले तत्कालीन नायव कार्यकारी निर्देशक नागेन्द्र शाहको संयोजकत्वमा एक कार्यदल गठन गरेकाे थियाे। कार्यदलमा अर्थ शाखा प्रमुख रवीनचन्द्र अधिकारी र आपूर्ति वितरण विभाग प्रमुख वीरेन्द्र गोइत सदस्य थिए।

निगमले हाल पेट्रोलियम पदार्थ आयात गरिरहेको भारतीय सरकारी कम्पनी इन्डियन आयल कर्पाेरेसन (आइओसी) बाट गुणस्तरीय अलकत्रा आयात गर्ने खोजेको थियो। नेपालमा विद्युतीय सवारी साधनको प्रयोग बढ्दै जाँदा पेट्रोलियम पदार्थको आयात घट्ने र निगमले पेट्रोलियम पदार्थ आयातमा मात्र सीमित नभई अरु क्षेत्रमा पनि हात हाल्ने सोचसहित यो अध्ययन गरेको थियो। 

कार्यदलले निगममार्फत अलकत्रा आयात सम्भव छ/छैन भनेर प्रारम्भिक चरणको अध्ययन गरेको हाे। तर, बजारको सम्भाव्यता अध्ययन गरी अहिले कुन प्रकृयाबाट कति परिमाणमा अलकत्रा आवश्यकता छ र आगामी दिनमा व्यापारलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरामा भने निगमको अध्ययन स्पष्ट देखिँदैन।

आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार अलकत्रा खरिदका लागि निगमले आइओसीसँग प्रस्ताव गरेको थियो। तर, आइओसीले नेपाललाई कति परिमाणमा कुन गुणस्तरको अलकत्रा चाहिएको हो भन्नेमा पहिला आफैं स्पष्ट हुन भनेपछि निगम यसबाट पछि हटेको उनको भनाइ छ।

‘हामीले निगममार्फत अलकत्रा आयात गर्नका लागि पहल गरेका थियौं। तर, आयात गरेको अलकत्रा बिक्रीवितरण गर्न सकिन्छ/सकिँदैन भनेर बजार अध्ययन गर्दा निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसकिने देखिएपछि पछि हट्यौं’, भट्टराईको भनाइ छ।

सडक, विमानस्थललगायत संरचनामा कुन गुणस्तरको अलकत्रा प्रयोग गर्ने भनेर कुनै स्टाण्डर्ड नहुँदा कम गुणस्तर भएको अलकत्रा प्रयोग हुँदै आएको छ। निजी क्षेत्र तथा विभिन्न ठेकेदार कम्पनीमार्फत आयात भइरहेको भन्दा बढी गुणस्तर भएको अलकत्रा आयातका लागि निगमले व्यवसायिक योजना बनाएको थियो। निगमले उच्च गुणस्तरको अलकत्रा ल्याउँदा सस्तो मूल्यमा पाइने कम गुणस्तरको अलकत्रासँग प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ। सोही कारण निगमले तत्काललाई यो योजना कार्यान्वयन नगरेको नायब कार्यकारी निर्देशक भट्टराई बताउँछन्।

निजी क्षेत्रले न्यून गुणस्तरको अलकत्रा आयात गर्ने र त्यसको प्रयोगबाट सडकको गुणस्तर पनि कम हुने गरेको छ। सरकारी स्वामित्वको संस्थानबाट आयात गर्दा गुणस्तर कायम गर्न सजिलो हुने भन्दै निगमले त्यसको सम्भाव्यता अध्ययन गरेको थियो। तर, आयातित अलकत्राको बजार खोज्न समस्या हुने देखिएपछि निगम यो योजनाबाट पछि हटेको हो।

सरकारी आयोजना निर्माणका लागि आवश्यक पर्ने अलकत्रा निगममार्फत नै खरिद गर्नुपर्ने गरी मापदण्ड बनाएर अघि बढ्दा आफ्नो बजार विस्तारका लागि सजिलो हुने निगमको भनाइ छ। नेपालको सडक स्तरोन्नति र विमानस्थलको निर्माण द्रुत गतिमा भइरहेकोले गुणस्तरीय अलकत्राको व्यापारमा सरकारी आयोजनाले सघाउनुपर्ने भट्टराईकाे मत छ। निगमले काठमाडौं तराई द्रुतमार्ग (एक्सप्रेस वे) निर्माणका लागि चाहिने अलकत्रा आयातका लागि छलफलसमेत गरेको थियो। तर, सेनाले चासो नदेखाएपनि त्यसमा काम अगाडि बढ्न भने सकेन।

ठूला आयोजनाबाट निगमसँग अलकत्रा आयतको लागि माग भइ आएको खण्डमा आवश्यक पर्ने अलकत्रा ल्याउन निगम तयार रहेको उनले स्पष्ट पारे। ‘निर्माण आयोजना र सडक विभागबाटै अलकत्रा ल्याउन प्रस्ताव आए गुणस्तरयुक्त अलकत्रा ल्याउन हामी तयार छौं। तर, हामीले ल्याएको वस्तु कसले किन्ने भनेर यकिन नहुँदै काम सुरु गरिहाल्ने कुरा भएन’, उनले भने।

निर्माण भइरहेका र निर्माण हुने आयोजनालाई आवश्यक पर्ने अलकत्राको अनुमानको परिमाण निगमसँग माग भएको अवस्थामा आयात गर्नको लागि सहज हुने उनको विश्वास छ। अहिले एउटा चिनियाँ ठेकेदार कम्पनीले नारायणघाट–बुटवल सडकखण्ड विस्तारका क्रममा आवश्यक पर्ने गुणस्तरीय अलकत्रा उपलब्ध गराइदिन निगमसँग छलफलसमेत गरको छ। यसरी कुनै ठेकेदार कम्पनीले आफूलाई चाहिने परिमाण र गुणस्तरका बारेमा निगमसँग सहकार्य गरेर आयात गर्न सकिने गरी भने तत्काल काम गर्न सकिने निगमको भनाइ छ।

प्रशोधनपछि निकालिएको पेट्रोलियम पदार्थको बाँकी भाग नै अलकत्रा हो। हाल नेपालमा अलकत्रा भारतलगायत तेस्रो मुलुकबाट आयात हुने गरेको छ। करिब २५ वर्ष पहिले निगमले ‘अलकत्रा डायल कम्पनी’को स्थापना गरी अलकत्राको व्यापार गर्ने तयारी गरेपनि तत्कालीन सरकारले सो उद्योग निजी क्षेत्रलाई बिक्री गरेको थियो।

निगमले करीब अढाई दशकपछि 'फ्री अलकत्रा' आयातको लागि प्रकृया थालेको थियो। तर, बजारमा निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न नसकिने अवस्था देखिएपनि निगमले तत्काल यो काम सुरु नगर्ने निष्कर्ष निकालेको हो

-एजेन्सी


दुवै अध्यक्ष प्रफुल्ल मुद्रामा निस्किए: के नेकपाको संकट टर्यो ?

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको संकट समाधान उन्मुख देखिएको छ । नेकपा अध्यक्ष तथा प

नेकपा विवाद: फुटकाे संघारबाट ‘अस्थायी युद्धविराम’ तर्फ

‘फेरियो छलफलको ढाँचा’सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपालाई विग्रहको बाटोमा डोर्‍याएको देखिए

नेकपाका जिल्ला अध्यक्ष तथा सचिवको संयुक्त विज्ञप्तीः 'पार्टी फुट्न हुन्न'

धरान । नेकपाको शिर्ष नेताहरुमा चुलिएको चरम मतभेदका कारण पार्टी फुट्ने चर्चा चलिरहेका बेला एक नं. प्रदेशक