छुट्टाछुट्टै दुर्घटनामा २ को मृत्यु

  • प्रकाशित मितिः बैशाख 6, 2076
  • 212 पटक पढिएको
  • औजार संवाददाता

१ नम्बर प्रदेशको मोरङ र भोजपुर जिल्लामा बिहीवार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको म्रत्यु भएको छ । मोरङको बुढीमगंगा गाउँपालिका-३ मा ना २ ख ५३५२ नम्बरको ट्रकको ठक्करबाट ना ४६ प २५८५ नम्बरको मोटरसाईकलमा सवार चालक सुनसरीको गढी गाउँपालिका-२ बस्ने बर्षको २५ को सन्तोष साहको मृत्यु भएको हो । कोशी राजमार्ग अन्तर्गत दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मोटरसाईकललाई बेलुका पौने ७ बजे पछाडीबाट ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते मोटरसाईकल चालक साहलाई उपचारको लागि टिचिङ अस्पताल टंकीसिनुवारी पठाईएकोमा उपचारको क्रममा बेलुका सवा ७ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ । ठक्कर दिने ट्रक र चालक सुनसरी रामधुनी नगरपालिका-१ बस्ने बर्ष ३० को दिपेन बि.क. लाई उक्त कार्यालयको नियन्त्रणमा राखिएको छ ।

त्यसैगरी भोजपुरको हतुवागढी गाँउपालिका-९ मा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बेलुका पौने ७ बजे सापिङटारबाट ज्यामिरे तर्फ दाउरा लोड गरेर जाँदै गरेको को २ त ८७१४ नम्बरको ट्याक्टर आँफै अनियन्त्रित भई सडकबाट अन्दाजी ३५ मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा ट्याक्टरमा सवार वर्ष ३५ की शान्ति मगरको घटनास्थलमा नै मृत्यू भएको इलाका प्रहरी कार्यालय घोरेटारले जनाएको छ । मृतकको शव कानूनी प्रकृया पश्चात परिक्षणको लागि जिल्ला अस्पताल पठाईएको छ भने ट्याक्टरका चालक सोही स्थान बस्ने वर्ष ३६ को मेघराज राईलाई प्रहरीको नियन्त्रणमा राखिएको उक्त कार्यलायले जनाएको छ ।

 


संविधान पूर्ण कार्यान्वयको आवश्यकताः संविधान दिवसकाे शुभकामना !

धरान । एक नं. प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले संविधानको पूर्ण कार्यान्वयन आजको आवश्यकता भएको ब

नेकपा विवाद झनै चुलियो प्रदेश एक नेकपामा पनि तालाबन्दी

इटहरी । कमरेड पार्टीमा हाम्रो पनि लगानी छ, श्रीमती र छोराछोरीलाई दिने किसिमको अंश नसम्झिनु पार्टीलाई । ६०&

'सर्बोच्चका वकिल गर्जिए के लोकतन्त्रामा ठुला मान्छेको बिरोध गर्नै पाइन्न' ? (भिडियो हेर्नुहोस)

बरिष्ठ अधिवक्ता विष्णु प्रसाद भट्टराईले राष्ट्रपति कुनै धार्मिक क्रियाकलापमा सहभागी हुने अधिकार नभएको