ब्रेक फेल भएपछि ढाेका ‘लक’ गरे

  • प्रकाशित मितिः चैत्र 25, 2075
  • 13069 पटक पढिएको
  • औजार संवाददाता

धरान । सोमबार विहान ९ बजे धनकुटाको चौबिसे गाउँपालिका वडा नं. १ (६ नं. बुधबारे)बाट धरानका लागी छुटेको ना ६ ख २७१३ नं.काे यात्रुवाहक बस धरान जिरोप्वाइन्ट आइपुगेर दुर्घटना ग्रस्त भयो । पहाडी रुटमा चल्ने भोजपुरे एक्सप्रेसले दुर्घटना स्थल भन्दा करिब २ सय मिटर माथी अमरहाट ढाटमा २ जना यात्रु ओरालेको थियो । ढाटबाट ओरालो लागेको गाडीको ब्रेक फेल भएपछि दुर्घटना भएको हो । बसका सञ्चालक जयकुमार राईले भने –‘ढाटबाट ओरालो लागेपछि गाडिको स्पिड बढ्यो, म ढोकामै थिए । मैले चालकलाई के भयो भनेर सोधे तर बोलेनन् मैले ब्रेकफेल भएको चाल पाए र ढोका लक (लगाए) गरे । त्यसपछि गाडी ठोक्किएर पल्टिहाल्यो ।’

उनका अनुसार चालकले यात्रु तथा सडकमा भएका बटुवालाई जोगाएर सुरक्षित साथ गाडी रोक्न लिन चाहे । र सडक किनारमा भएको ढुंगामाथि गाडी चढाए तर गाडीले ढुंगा नाघेर गयो । जिरो प्वाइन्टमा आइपुगेपछि गाडी पश्चिम मोड्न खोजे तर गाडी तिब्रगतिमा भएकोले मोडिन सकेन र जिरोप्वाइन्ट चोकमा भएको फुटबलको डमिसँग ठोक्किएर गाडी पल्टियो । गाडीकाे ब्रेकफेल भएकाे थाहा पाए पछि यात्रुहरू ढाेकाबाट हाम फाल्न खाेज्ने भएकाेले पहिले नै ढाेका लक गरेकाे बताउँछन् रार्इ । 

accident


पार्टीले निर्णय गर्दैमा जाला त ओलीको प्रधानमन्त्री पद ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको जारी स्थायी समिति बैठकले केपी ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा द

नागरिकता बिधेयक खारेज गर भन्दै धरानमा चर्को नाराबाजी

धरान। सरकारले हाल पारित गरेको नागरिकता बिधेयकको बिषयलाई लिएर धरानमा चर्को बिरोध भएको छ । जनता समाजबादी प

भारतले मलाई प्रधानमन्त्रीबाट हटाउन खोज्योः ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमाथि आफूलाई सत्ताबाट हटाउन खेल खेलिरहेको आरोप लगाएका छन्