इटहरी आर्मी क्याम्प अगाडी ठूलो परिमाणमा लागूऔषध पक्राउ

  • प्रकाशित मितिः चैत्र 12, 2075
  • 1459 पटक पढिएको
  • औजार संवाददाता

सुनसरी  । सुनसरीको ईटहरी उप-महानगरपालिका-४ आर्मी क्याम्प अगाडीबाट प्रहरीले सोमवार लागूऔषध कारोवारमा संलग्न १ जनालाई पक्राउ गरेको छ । लागूऔषध कारोवारमा संलग्न रहेको भन्ने विशेष सुराकीको आधारमा इलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित लागूऔषध सहित मोरङ बवियाविर्ता-६ घर भई हाल ईटहरी उप-महानगरपालिका-२ मा डेरा गरी बस्ने वर्ष ३१ को जितेन्द्र राजवंशीलाई पक्राउ गरेको हो ।

राती ८ बजे राजवंशीको कोठामा खानतलासी गर्ने क्रममा लुकाई छिपाई राखेको प्रतिबन्धित लागूऔषध नाइट्रोसन ट्याब्लेट १ हजार ८ सय चक्की, Tricare -५ हजार ८ सय ५३ क्याप्सुल, स्वासपेन-८ सय ५० ट्याब्लेट, स्पास्मोप्रोक्सिभोन ट्याब्लेट-५ सय ८५ क्याप्सुल र CTZ-७४ ट्याव्लेट बरामद गरेको हो । बरामद लागूऔषध सहित पक्राउ परेका राजवंशीलाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे