टेम्पाेमा डाडाँबजारबाट गाँजा ओसार्ने धरानका लिम्बू सहित ४ पक्राउ

  • प्रकाशित मितिः चैत्र 11, 2075
  • 2192 पटक पढिएको
  • औजार संवाददाता

धनकुटा । लागुऔषध ओसार पसारमा प्रयोग गरिएको अटो टेम्पो सहित प्रहरीले धनकुटाको डाँडाबजारबाट ४ जनालाई नियन्त्रणमा लिएको छ । आईतवार बेलुका प्रहरी चौकी डाँडाबजारबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले मोरङको सिंहदेवीबाट धरान तर्फ जाँदै गरेको को २ ह २९१० नम्बरको टेम्पोलाई रोकेर चेकजाँच गर्ने क्रममा टेम्पोको सिटमुनी लुकाई छिपाई राखेको अवस्थामा ४ किलो लागुऔषध गाँजा फेला परेको थियो ।

गाँजा फेला परेसंगै टेम्पोमा सवार व्यक्तिहरुलाई सोधपुछ गर्ने क्रममा चालक सहित ४ जनाको नै संग्लग्नता रहेको खुल्न आएपछि टेम्पो चालक धरान उप-महानगरपालिका-११ का २० बर्षीय संजय लिम्बु, मोरङको बुढीगंगा गाउँपालिका-६ का १९ बर्षीय सोनु लिम्बु, २२ बर्षीय टंक लिम्बु र बुढीगंगा गाउँपालिका-५ का २० बर्षीय सोहन चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे