इटहरीमा ११ वर्षिया बालिका बलात्कृत, आराेपी लिम्बू पक्राउ

  • प्रकाशित मितिः चैत्र 10, 2075
  • 1887 पटक पढिएको
  • औजार संवाददाता

इटहरी । सुनसरीको इटहरीमा ११ वर्षिया बालिकालाई चैत ९ गते बलात्कार गर्ने इटहरी उपमनपा ३ का ५० वर्षिय देवीबहादुर लिम्बुलाई प्रहरीले गिरफतार गरेको छ ।
बालिकालाई खानेकुराको प्रलोभन देखाई जवरजस्तीकरणी गरेको आरोपमा ५० बर्षीय लिम्बुलाई चैत ९ गते नै गिरफतार गरी चैत १० गते आज म्याद थप गरि अनुसन्धान थालिएको छ । पीडित पक्षका उजुरीको आधारमा उनलाई इलाका प्रहरी कार्यालय इटहरीले गिरफतार गरेको थियो ।
स्थानीयले उनलाई नियन्त्रणमा लिने क्रममा भागेपछि प्रहरीको सहयोगमा गिरफतार गरिएको थियो । लिम्बुले एक बालिकालाई एक बर्षदेखिलगातार जवरजस्तीकरणी गर्दै आएको बताइएको छ । अन्य दुई बालिकालाई पनि जवजस्र्ती करणीको प्रयास गरे पछि रहस्य खुलेको छ । पीडित बालिकाहरुका परिवारले इलाका प्रहरी कार्यालय इटहरीमा लिम्बु बिरुद्ध किटानी जाहेरी दिए पछि उनलाई पक्राउ गरि म्याद थप गरिएको इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर बुद्धि चौलागाईले जानकारी दिए ।


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे